रामेछाप । रामेछापमा रहेको सीमान्तकृत माझी समुदायले एक वर्षभरि दिवङ्गत भएका पितृलाई सम्झने मौलिक कर्म श्राद्ध गर्छन् । यो समुदायले हरेक वर्ष पितृश्राद्ध तीन दिनसम्म भक्तिभावपूर्वक गर्ने गर्छन् ।
यो वर्ष बुधबारदेखि सुरु भएको श्राद्ध शुक्रबार बिहान तामाकोशीमा पितृ सेलाएपछि समापन भएको छ । माझी समुदायले श्राद्धको पहिलो दिनलाई थाल्ने, दोस्रो दिनलाई पाल्ने र तेस्रो दिन बिदा गर्ने भनिन्छ ।
कुनै कारणले श्राद्ध कर्म बुधबार रोकियो भने शुक्रबार सुरु गरेर आइतबार समापन हुने मन्थली नगरपालिका–८, जखनीटारका गणेश माझीले जानकारी दिए । “कुनै व्यक्तिको सोह्रश्राद्धको श्राद्ध सुरु नभई मृत्यु भएमा त्यही श्राद्धभित्रै उसको पनि श्राद्ध सकिन्छ, एउटा श्राद्ध सकिएपछि एक वर्षभरि मृत्यु भएका सबै पितृको श्राद्ध गर्न सोह्रश्राद्धकै बुधबार वा शुव्रmबार पर्खनु पर्छ,” उनले स्पष्ट पारे । आफन्तको मृत्यु भएका परिवारका सदस्यले श्राद्ध गर्न कुशेऔँसीदेखि चोखो खाएर बस्नुपर्ने उनको भनाइ छ ।
सोह्रश्राद्धको पूर्णिमाको दिनदेखि श्राद्धको प्रारम्भ हुन्छ । सो दिनदेखि एक वर्षसम्म रोकिएको बाजागाजा फुकाइन्छ । पितृलाई प्रसाद चढाइन्छ । प्रसाद चढाउन आफन्त र दाजुभाइ आउँछन् । उनीहरू सबैलाई प्रसाद खुवाएर बिदा गरिन्छ । त्यसपछि बुधबारबाट मुख्य कर्म सुरु हुन्छ । बुधबार बिहानैदेखि पितृको फोटो राखेर प्रसाद चढाइन्छ । प्रसाद चढाउन गाउँका सबै दाजुभाइ तथा चेलीबेटी आउँछन् । प्रसाद चढाएपछि गाउँका बुढापाका जम्मा भएर मादल बजाउँदै गीत गाएर पितृलाई सम्झन्छन् । गाउँभरिका मानिसले ल्याएको प्रसाद र सगुन बाँडिन्छ । भोज लगाएर सबै पाहुनालाई खाना खुवाई बिदा गरिन्छ । दोस्रो दिन बिहीबार बिहानै बाटो खन्ने काम हुन्छ । पितृलाई स्वर्गको यात्रा सहज होस् भनी बाटो खन्ने प्रचलन छ । त्यसपछि खुला ठाउँमा पितृको सम्झनामा पितरा बनाएर नाचगान गरिन्छ ।
पितृलाई प्रसाद र बरनी गरिन्छ । यो कर्ममा छोरी चेलीको विशेष भूमिका हुन्छ । सो दिन दिनभरि नाचगान गरी भोज लगाइन्छ । भोलिपल्ट बिहानै नदीमा गएर पितरा बगाएर पितृलाई बिदा गरेपछि श्राद्ध सकिने जखनीटारकै वीरबहादुर माझीले बताए । सोही विधि अनुसार शुक्रबार बिहान भालेको डाकोमा नदीमा लगेर पितृ सेलाउने कर्म सकिएको उनले बताए ।
शुद्ध शान्तिको भोज र श्राद्धको भोजमा पहिला पहिला राँगा वा भैँसीको मासु खुवाउने गरिएको भए पनि अहिले मासुको चलन हटाइएको छ । शोकमा परेकालाई खर्चको मार नपरोस् भनेर मन्थली नगरपालिका–८, जखनीटारका माझी समुदायले मासुको भोज हटाएका हुन् ।
परम्परादेखि मौखिक रूपमा चल्दै आएको माझी समुदायको यो संस्कार पुराना पुस्ताको मुखबाट नयाँ पुस्तामा सर्दै आएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताए । “माझी समुदायको श्राद्धको सबै कर्म गीतकै विधिबाट हुन्छ, मौखिक रूपमा सर्दै आएको यो परम्परा धार्मिक तथा सांस्कृतिक आक्रमणसँगै जोगाउन कठिन हुँदै गएको छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: