Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बाँकेका आठ स्थानीय तहले २२ करोड बढी विद्युत महसुल बुझाउन बाँकी

खबरडबली संवाददाता

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तिको महशुल बुझाउन बाँकी रहेको देखिएको छ ।

सडक बत्ति प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तिको महसुल बुझाउनुका साथै केही ठाउँमा मिटर जडान नगरेरै सडक बत्ति प्रयोग गरिएको पाइएको जनाउँदै ती स्थानमा तत्काल मिटर जडान गर्न सार्वजनिक सूचनानै जारी गरेको छ ।

विद्युत प्राधिकरणले आइतबार एक सूचना जारी गरेर बाँकेका आठवटै स्थानीय तहलाई ४५ दिनभित्र सडक बत्ति वापतको २२ करोड ८५ लाख ३१ हजार ८४ रुपियाँ विद्युत महशुल बुझाउन आग्रह गर्दै त्यसो नगरिए विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार बाँकेका केही स्थानीय तहले लामो समयदेखि सडक बत्तिको महसुल नबुझाएकाले केन्द्रबाट नै सार्वजनिक सूचनानै जारी गर्नु परेको हो ।

प्राधिकरणका अनुसार सडक बत्ति प्रयोग गरे बापत विद्युत महसुल सबैभन्दा बढी बाँकी हुनेमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ । उपमहानगरले १९ करोड ४५ लाख आठ हजार १९ रुपियाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ । सबैभन्दा कम खजुरा गाउँपालिकाले पाँच हजार ७७८ रुपियाँ महसुल तिर्न बाँकी रहेको छ ।

सोही प्रकारले डुडुवा गाउँपालिकाले एक करोड ९४ लाख ५८ हजार १९, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३६८, कोहलपुर नगरपालिकाले पाँच लाख ९८ हजार ६४४, नरैनापुर गाउँपालिकाले एक लाख २३ हजार ७५० र राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७०७ रुपियाँ सडक बत्तिको महसुल तिर्न बाँकी रहेको जनाइएको छ ।

प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानुन सम्मत नरहेकोले सो कार्य नगर्न पनि स्थानीयतहहरुलाई आग्रह गरेको छ । साथै बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्नुपर्ने जनाउँदै त्यसो नगरिए पनि कारवाही गर्ने सूचनामा जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देशभरिक ३३२ स्थानीय तहले सडक बत्ति उपयोग गरे बापत छ अर्बभन्दा बढी महशुल तिर्न बाँकी रहेकोले असुली प्रक्रिया सुरु गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending