ओखलढुंगा । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुंगामा भने तयारी मात्र थालिएको हो ।
चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुंगा जिल्ला सदरमुकामको रमाईलोडाँडा र मिलनचोक तथा शहरबाट ओखलढुंगा छिर्ने प्रमुख नाका सुनकोशीको हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन गरिन लागेकेा ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए ।
रमाईलोडाँडा र मिलनचोक आसपासमा सवारी साधनको चाप पनि बढि हुने र चाडवाडको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पर्ने समस्याको तत्काल हल गर्नका लागि भन्दै यात्रु सहायता कक्षा सञ्चालनमा ल्याउन लागिएको हो ।
त्यस्तै हर्कपुर नाका हुदै काठमाण्डौंबाट ओखलढुङ्गा लगायत सोलुखुम्बु, खोटाङ र भोजपुरका लागि समेत सवारी साधनको प्रबेश हुने भएकोले उक्त स्थानमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी प्रमुख केसीले जानकारी दिए ।
यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि यात्राको क्रममा आइपरेका कुनैपनि समस्यालाई यात्रुहरुले सहायता कक्षमा राख्न सक्नेछन् । प्रहरी प्रमुख केसीको अनुसार गाडी सञ्चालकले लिने बढि भाडाको समस्या, दुर्घटनाको जोखिम, चोरी लुटपाट, बिरामी लगायत जुनसुकै किसिमका समस्या यात्रुले भोगेमा सहायता कक्षमा गुनासो राखेर सहयोग लिन सक्नेछन् ।
काठमाडाैंबाट ओखलढुंगा प्रवेशका लागि जिल्लामा आधादर्जनबढी नाका रहेका भए पनि सदरमुकाममा दुई वटा र सिद्धिचरण राजमार्गकाे हर्कपुरमा मात्रै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईन लागेकाे हाे । जिल्ला प्रवेशका लागि रामेछापबाट साँघुटार, सिरीसे र ढाँडे प्रमुख नाकाकाे रुपमा रहेका छन् भने सिन्धुलीबाट नवलपुर घाट नाकामा पनी मूख्य नाकाकाे रुपमा रहेकाे छ । तर सदरमुकामबाट टाढा भएका कारण यी नाकाहरु प्राय सँधैभरी प्रशासनकाे नजरमा पर्ने गरेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: