Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ओखलढुंगाका तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने तयारी

खबरडबली संवाददाता

ओखलढुंगा । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुंगामा भने तयारी मात्र थालिएको हो ।

चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुंगा जिल्ला सदरमुकामको रमाईलोडाँडा र मिलनचोक तथा शहरबाट ओखलढुंगा छिर्ने प्रमुख नाका सुनकोशीको हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन गरिन लागेकेा ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए । 

रमाईलोडाँडा  र मिलनचोक आसपासमा सवारी साधनको चाप पनि बढि हुने र चाडवाडको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पर्ने समस्याको तत्काल हल गर्नका लागि भन्दै यात्रु सहायता कक्षा सञ्चालनमा ल्याउन लागिएको हो । 

त्यस्तै हर्कपुर नाका हुदै काठमाण्डौंबाट ओखलढुङ्गा लगायत सोलुखुम्बु, खोटाङ र भोजपुरका लागि समेत सवारी साधनको प्रबेश हुने भएकोले उक्त स्थानमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी प्रमुख केसीले जानकारी दिए ।

यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि यात्राको क्रममा आइपरेका कुनैपनि समस्यालाई यात्रुहरुले सहायता कक्षमा राख्न सक्नेछन् । प्रहरी प्रमुख केसीको अनुसार गाडी सञ्चालकले लिने बढि भाडाको समस्या, दुर्घटनाको जोखिम, चोरी लुटपाट, बिरामी लगायत जुनसुकै किसिमका समस्या यात्रुले भोगेमा सहायता कक्षमा गुनासो राखेर सहयोग लिन सक्नेछन् ।

काठमाडाैंबाट ओखलढुंगा प्रवेशका लागि जिल्लामा  आधादर्जनबढी नाका रहेका भए पनि सदरमुकाममा दुई वटा र सिद्धिचरण राजमार्गकाे हर्कपुरमा मात्रै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईन लागेकाे हाे । जिल्ला प्रवेशका लागि रामेछापबाट साँघुटार, सिरीसे र ढाँडे  प्रमुख नाकाकाे रुपमा रहेका छन् भने सिन्धुलीबाट नवलपुर घाट नाकामा पनी मूख्य नाकाकाे रुपमा रहेकाे छ । तर सदरमुकामबाट टाढा भएका कारण यी नाकाहरु प्राय सँधैभरी प्रशासनकाे नजरमा पर्ने गरेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending