काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलनका प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णय गरेको छ । असोज १९ गते पार्टी उपाध्यक्ष एवं जवस इन्चार्ज पम्फा भुसाल, फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा बसेको क्रान्तिकारीको बैठकले २३ औं राष्ट्रिय सम्मेलनको प्रतिनिधि चुनिएर आउने पर्ने निर्णय गरेको हो ।
यसअघि केन्द्रीय कमिटीले स्वतः मताधिकार बन्ने अधिकार खारेज भएको परिपत्रमार्फत जानकारी गराएको छ । यस्तै बैठकले संगठनभित्रको आन्तरिक विवाद हल गरेको छ । अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा २३ औं राष्ट्रिय सम्मेलन गर्ने गरी विवाद समाधान गरिएको इन्चार्ज शर्माले जानकारी दिए । उनकाअनुसार असन्तुष्ट पवन समूहलाई पहिलेकै जिम्मेवारी दिनेगरी विवाद समाधान गरेको जानकारी दिए ।
‘धेरै प्रयासपछि अखिल क्रान्तिकारी एकताबद्ध भएको छ । पञ्चा सिंहको नेतृत्वमा २३ औं सम्मेलन गर्ने र सबै प्रतिनिधि निर्वाचनबाट आउने समझदारी भएको छ । असन्तुष्ट पक्षलाई पुरानै जिम्मेवारी दिइएको छ’, शर्माले भने, ‘आयोजक कमिटीमा थोरै पदाधिकारी र सदस्य विस्तार गर्ने समझदारी भएको छ । दुवै पक्षबीच भावानात्मक सम्बन्ध भएकाले बाहिर राम्रो सन्देश गएको छ ।’
क्रान्तिकारीकी अध्यक्ष सिंहले आन्तरिक विवाद समाधान भएको जिकिर गरिन् । विगतमा भएको तिक्तता विर्सेर संगठबनलाई थप बलियो र एकताबद्ध भएर जाने उनले बताइन् । यसअघि भदौ २५ मा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएको थियो ।
साउनको तेस्रो साता काठमाडौँमा बसेको माओवादीको केन्द्रीय समितिले फ्याक्सन इन्चार्जको जिम्मेवारी शर्मालाई दिएपछि आन्तरिक विवाद मिलाउन उनले सक्रिय भूमिका खेलेका थिए । त्यस्तै बैठकले केन्द्रीय समिति निर्माणका लागि मापदण्ड पारित गरेको छ ।
यस्तो छ मापदण्ड
जसमा २२ औं सम्मेलनको प्रतिनिधि मध्येबाट केन्द्रीय समितिमा मनोनित गर्ने,२२ औं सम्मेलनअघि निर्वाचित जिल्ला अध्यक्ष, ठूला क्याम्पसका अध्यक्ष, प्रदेश पदाधिकारी, राष्ट्रिय कमिटीका पदाधिकारी छन् । यस्तै सातवटा भौगालिक प्रदेश, उपत्यका विशेष र विश्वविद्यायल कमाण्डबाट ५ जना समावेशी सहित प्रत्येक प्रदेशबाट १५/१५ जना रहने छन् ।
केन्द्रीय मापदण्डअनुसार केन्द्रीय सदस्य सिफारिस गर्दा भौगोलिक प्रदेशले प्रदेश पार्टीको रोहबरमा, संगठनको विशेष प्रदेश र विश्वविद्यालय कमाण्डले केन्द्रीय कार्यालयको रोहबरमा प्रदेश इन्चार्ज,अध्यक्ष र प्रमुख सचिवसम्मको कार्यालयको निर्णय प्रतिलिपिसहित केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै संगठनको सदस्यता वितरण मंसिरसम्म कायम गर्ने निर्णय भएको छ । महासचिव दिपेश पुनको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । आइतबार साँझसम्म प्रतिवेदन बुझाउन समय दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: