काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलनका प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णय गरेको छ । असोज १९ गते पार्टी उपाध्यक्ष एवं जवस इन्चार्ज पम्फा भुसाल, फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा बसेको क्रान्तिकारीको बैठकले २३ औं राष्ट्रिय सम्मेलनको प्रतिनिधि चुनिएर आउने पर्ने निर्णय गरेको हो ।
यसअघि केन्द्रीय कमिटीले स्वतः मताधिकार बन्ने अधिकार खारेज भएको परिपत्रमार्फत जानकारी गराएको छ । यस्तै बैठकले संगठनभित्रको आन्तरिक विवाद हल गरेको छ । अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा २३ औं राष्ट्रिय सम्मेलन गर्ने गरी विवाद समाधान गरिएको इन्चार्ज शर्माले जानकारी दिए । उनकाअनुसार असन्तुष्ट पवन समूहलाई पहिलेकै जिम्मेवारी दिनेगरी विवाद समाधान गरेको जानकारी दिए ।
‘धेरै प्रयासपछि अखिल क्रान्तिकारी एकताबद्ध भएको छ । पञ्चा सिंहको नेतृत्वमा २३ औं सम्मेलन गर्ने र सबै प्रतिनिधि निर्वाचनबाट आउने समझदारी भएको छ । असन्तुष्ट पक्षलाई पुरानै जिम्मेवारी दिइएको छ’, शर्माले भने, ‘आयोजक कमिटीमा थोरै पदाधिकारी र सदस्य विस्तार गर्ने समझदारी भएको छ । दुवै पक्षबीच भावानात्मक सम्बन्ध भएकाले बाहिर राम्रो सन्देश गएको छ ।’
क्रान्तिकारीकी अध्यक्ष सिंहले आन्तरिक विवाद समाधान भएको जिकिर गरिन् । विगतमा भएको तिक्तता विर्सेर संगठबनलाई थप बलियो र एकताबद्ध भएर जाने उनले बताइन् । यसअघि भदौ २५ मा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएको थियो ।
साउनको तेस्रो साता काठमाडौँमा बसेको माओवादीको केन्द्रीय समितिले फ्याक्सन इन्चार्जको जिम्मेवारी शर्मालाई दिएपछि आन्तरिक विवाद मिलाउन उनले सक्रिय भूमिका खेलेका थिए । त्यस्तै बैठकले केन्द्रीय समिति निर्माणका लागि मापदण्ड पारित गरेको छ ।
यस्तो छ मापदण्ड
जसमा २२ औं सम्मेलनको प्रतिनिधि मध्येबाट केन्द्रीय समितिमा मनोनित गर्ने,२२ औं सम्मेलनअघि निर्वाचित जिल्ला अध्यक्ष, ठूला क्याम्पसका अध्यक्ष, प्रदेश पदाधिकारी, राष्ट्रिय कमिटीका पदाधिकारी छन् । यस्तै सातवटा भौगालिक प्रदेश, उपत्यका विशेष र विश्वविद्यायल कमाण्डबाट ५ जना समावेशी सहित प्रत्येक प्रदेशबाट १५/१५ जना रहने छन् ।
केन्द्रीय मापदण्डअनुसार केन्द्रीय सदस्य सिफारिस गर्दा भौगोलिक प्रदेशले प्रदेश पार्टीको रोहबरमा, संगठनको विशेष प्रदेश र विश्वविद्यालय कमाण्डले केन्द्रीय कार्यालयको रोहबरमा प्रदेश इन्चार्ज,अध्यक्ष र प्रमुख सचिवसम्मको कार्यालयको निर्णय प्रतिलिपिसहित केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै संगठनको सदस्यता वितरण मंसिरसम्म कायम गर्ने निर्णय भएको छ । महासचिव दिपेश पुनको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । आइतबार साँझसम्म प्रतिवेदन बुझाउन समय दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: