काठमाडाैं । इजरायलकाे युद्धमा फसेका नेपाली विद्यार्थीहरुले प्रधानमन्त्री प्रचण्डलाई मर्मस्पर्षी पत्र लेखेका छन् । कास्कीकाे अन्नपुर्ण गा.पा -२ बाट अध्ययनका लागि इजरायल पुगेका सुरज भण्डारीले आफुहरु नेपाल फर्कन आतुर रहेकाे उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डलाई एक पत्र पठाएका हुन् ।
आकाशमा चरा उडेको देखेको आफुहरु आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको र साेही कारण आफ्नाे आत्मबल घटेकाे बताउँदै उनले पत्रमार्फत अवको हाम्रो आशा , भरोसा पनि तपाईनै रहेकाे भन्दै दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन नभएकाे र आफ्नाेदेश आउने वातावरण मिलाईदिनुहोस हामी देशमाने रमाउने छौं भन्दै उनले आग्रह गरेका छन् ।
भण्डारीले लेखेकाे पत्र जस्ताकाे तस्तै
श्रीमान प्रधानमन्त्री ज्यु
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गैराखेको छ । हाम्रो आत्माबल घट्टै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाकि रहेन ।
आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्कीराखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाति चिरिएको छ ।
हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन १ लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर सौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।
आदरणिय प्रधानमन्त्री ज्यु, अवको हाम्रो आशा पनि तपाईनै हो, भरोसा पनि तपाईने हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमाने रमाउने छौं ।
हामी नेपालको ३ विश्वविध्यालयबाट यहाँ छौं ।
१. कृषि तथा वन विज्ञान विश्वविध्यालय
२. त्रिभुवन विश्वविद्यालय
३. सुदुरपश्चिम विश्वविध्यालय
संसगै यहाँ अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमंत्रीको प्रत्याभुति तपाईले अवश्य गराउनु हुनेछ यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ ।
युद्धको चपेटामा परेको नेपाली
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविध्यालय
(हाल ठेगाना)
- Kadesh Barnea, Israel
+972512825 166
(नेपाली ठेगना)
अन्नपुर्ण गा.पा -२, कास्की


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: