Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र– हाम्रो आत्मबल घट्यो, देश फर्किन मन छ

'अवको हाम्रो आशा र भरोसा तपाईँ नै हाे'

खबरडबली संवाददाता

काठमाडाैं । इजरायलकाे युद्धमा फसेका नेपाली विद्यार्थीहरुले प्रधानमन्त्री प्रचण्डलाई मर्मस्पर्षी पत्र लेखेका छन् । कास्कीकाे अन्नपुर्ण गा.पा -२ बाट  अध्ययनका लागि इजरायल पुगेका  सुरज भण्डारीले आफुहरु नेपाल फर्कन आतुर रहेकाे उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डलाई एक पत्र पठाएका हुन् ।

आकाशमा चरा उडेको देखेको आफुहरु आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको र साेही कारण आफ्नाे आत्मबल घटेकाे बताउँदै उनले पत्रमार्फत अवको हाम्रो आशा , भरोसा पनि तपाईनै रहेकाे भन्दै दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन नभएकाे र आफ्नाेदेश  आउने वातावरण मिलाईदिनुहोस हामी देशमाने रमाउने छौं भन्दै उनले आग्रह गरेका छन् ।

भण्डारीले लेखेकाे पत्र जस्ताकाे तस्तै

श्रीमान प्रधानमन्त्री ज्यु
नेपाल सरकार

कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गैराखेको छ । हाम्रो आत्माबल घट्टै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाकि रहेन ।

आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउँदै हेरेका हामी आज आफु अगाडि बन्दुक पड्कीराखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ । हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाति चिरिएको छ ।

हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन १ लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुटनुपरेको छ । नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर सौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर  भैराखेको छ । विभिन्न देशको समर्थन‌ले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ  हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।

आदरणिय प्रधानमन्त्री ज्यु, अवको हाम्रो आशा पनि तपाईनै हो, भरोसा पनि तपाईने हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमाने रमाउने छौं ।
हामी नेपालको ३ विश्वविध्यालयबाट यहाँ छौं ।
१. कृषि तथा वन विज्ञान विश्वविध्यालय
२. त्रिभुवन विश्वविद्यालय
३. सुदुरपश्चिम विश्वविध्यालय

संसगै यहाँ अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमंत्रीको प्रत्याभुति तपाईले अवश्य गराउनु हुनेछ यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ ।

युद्धको चपेटामा परेको नेपाली
 सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविध्यालय
(हाल ठेगाना)

- Kadesh Barnea, Israel
+972512825 166
(नेपाली ठेगना)
 अन्नपुर्ण गा.पा -२, कास्की

 

May be an image of ticket stub and text

May be an image of ticket stub, diary and text

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

श्रीमतीलाई चक्कुप्रहार गर्ने श्रीमान पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत 'सम्झ त्यो दिन'

काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies