काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ परेका छन् ।
कालिकोटकाे खाँडाचक्र नगरपालिका-२ जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे.१ च ४३९१ नम्बरको बलेरो गाडीमा सवार भारत घर भएका २५ वर्षीय अबिशेक कुमार कस्यापसहित ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगर ७ ग्राम १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौंकाे बुढानीलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर ८ ग्रामसहित सोही नगरपालिका-५ बिष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाकाे सुखिपुर नगरपालिका-४ क्याबलाशीबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी सिलौर्वापछवारीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलका चालकले ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: