Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बनेपाका सबै पसलको अनुगमन गरिँदै, खोटाङ भेटीयाे ५८ हजारको म्याद नाघेको खाद्य सामग्री

खबरडबली संवाददाता

काठमाडाैं । काभ्रेकाे बनेपा नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । चाडपर्वको अवसरमा बजारमा हुन सक्ने कृत्रिम मुल्य वृद्धि तथा अखाद्य वस्तुहरुको विक्री वितरण नियन्त्रण गर्ने उदेश्यले नगरपालिकाले बजार अनुगमन गरेको हो ।

‘चाडपर्व लक्षित बजार अनुगमनमा विशेषगरी उपभोक्ताहरुको स्वास्थ्य तथा बजारमा हुन सक्ने अनियमित गतिविधि नियन्त्रणका लागि हो’–उपप्रमुख विमला सापकोटाले भनिन–‘बजार अनुगमन नियमित हुनेछ । भईरहेको छ । चाडपर्वको अवसर पारेर हुन सक्ने अखाद्य तथा म्याद नाघेका खाद्य वस्तुहरु विक्री वितरण हुन सक्ने र कृत्रिम अभाव तथा मुल्य वृद्धि गर्न सक्ने भएकाले अनुगमनलाई प्रभावकारी पारिएको हो । दशैसम्म नियमित बजार अनुमगन हुनेछ ।’ प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले उपभोक्ताहरुको हितलाई ध्यान दिँदै बजार क्षेत्र तथा वडा स्तरमा रहेका पसल, होटल तथा विभिन्न क्षेत्रका व्यवसायको अनुगमन गरिने बताए ।

अनुगमनका क्रममा तरकारी, खाद्य तथा किराना पसल, मासु, मसला पसल र होटलहरुको अनुगमन गरिएको थियो । एकै दिन बनेपामा रहेका एक सय भन्दा धेरै पसलहरुको अनुगमन गरिएको नगरपालिका अधिकृत ध्रुर्वराज नेपालले जानकारी दिए । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत परशुराम थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, प्रहरी तथा उपभोक्ताका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।

यस अघि जिल्लाका विभिन्न पालिकामा बजार अनुगमन भएको छ । बनेपामा अनुगमनका क्रममा म्याद नाघेका, कुहिएका खाद्य बस्तुहरु फेला परेका थिए । त्यस्ता वस्तुहरु जफत गरी नस्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले जानकारी दिए ।

यसैगरी खोटाङको खोटेहाङ गाउँपालिकामा भारी मात्रामा म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सोमबार गरिएको बजार अनुगमनका क्रममा ५८ हजार ४२८ रुपैयाँ मूल्या पर्ने म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको हाे ।

इलाका प्रशासन कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय खोटाङबजार, खोटेहाङ गाउँपालिका र उद्योग वाणिज्य संघ खोटाङबजारको संयुक्त टोलीले बजार अनुगमन गर्ने क्रममा म्याद नाघेको मरिच, सुकमेलदेखि डिउ र क्यान बियरसम्म फेला परेको छ । सबैभन्दा बढी १३ हजार पाँच सय रुपैयाँ मूल्य पर्ने म्याद नाघेको खाने तेल नष्ट गरिएको छ । १० हजार ८५० रुपैयाँको आटा र छ हजार तीन सयको ठूलो चिया बरामद गरेर नष्ट गरिएको अनुगमन टोलीका सदस्य युवराज बिकले जानकारी दिए ।

म्याद नाघेको अवस्थाका चार हजार पाँच सय रुपैयाँको अजिना, तीन हजार छ सयको टप बिस्कुट, दुई हजार चार सयको बटर नाइस, दुई हजार १३५ को सानो चिया, दुई हजार २० को बिस्कुट, एक हजार ५६० को डिउ, एक हजार ४९५ को ज्वानो, एक हजार २६० को मेथी, एक हजार दुई सयको ल्याक्टो चकलेट, एक हजारको मधु, नौ सय रुपैयाँको सस नष्ट गरिएको छ ।

यस्तै, ७२० रुपैयाँको बेसार, सात सयको डेरी मिल्ड चकलेट, सात सयको बडी स्प्रे, पाँच सय ५० को इनामेल, पाँच सय १० को स्ट्रीङ जुस, चार सय ५० को क्रीम, ४५० को भ्यास्लिन, चार सय १० को चिज बल, चार सयको पानी पुरी मसला, दुई सय ९५ को क्यान बियर, १७५ को मःम मसला, एक सयको मरिच, ९० रुपैयाँको भुजा, ४८ रुपैयाँको पेष्ट र २० रुपैयाँको सुकमेल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । दशैं तिहार नजिकिँदैगर्दा इलाका प्रशासन कार्यालयका प्रमुख मोहनबहादुर राई संयोजकत्वको टोलीले बजार अनुगमन गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending