Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

बनेपाका सबै पसलको अनुगमन गरिँदै, खोटाङ भेटीयाे ५८ हजारको म्याद नाघेको खाद्य सामग्री

खबरडबली संवाददाता

काठमाडाैं । काभ्रेकाे बनेपा नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । चाडपर्वको अवसरमा बजारमा हुन सक्ने कृत्रिम मुल्य वृद्धि तथा अखाद्य वस्तुहरुको विक्री वितरण नियन्त्रण गर्ने उदेश्यले नगरपालिकाले बजार अनुगमन गरेको हो ।

‘चाडपर्व लक्षित बजार अनुगमनमा विशेषगरी उपभोक्ताहरुको स्वास्थ्य तथा बजारमा हुन सक्ने अनियमित गतिविधि नियन्त्रणका लागि हो’–उपप्रमुख विमला सापकोटाले भनिन–‘बजार अनुगमन नियमित हुनेछ । भईरहेको छ । चाडपर्वको अवसर पारेर हुन सक्ने अखाद्य तथा म्याद नाघेका खाद्य वस्तुहरु विक्री वितरण हुन सक्ने र कृत्रिम अभाव तथा मुल्य वृद्धि गर्न सक्ने भएकाले अनुगमनलाई प्रभावकारी पारिएको हो । दशैसम्म नियमित बजार अनुमगन हुनेछ ।’ प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले उपभोक्ताहरुको हितलाई ध्यान दिँदै बजार क्षेत्र तथा वडा स्तरमा रहेका पसल, होटल तथा विभिन्न क्षेत्रका व्यवसायको अनुगमन गरिने बताए ।

अनुगमनका क्रममा तरकारी, खाद्य तथा किराना पसल, मासु, मसला पसल र होटलहरुको अनुगमन गरिएको थियो । एकै दिन बनेपामा रहेका एक सय भन्दा धेरै पसलहरुको अनुगमन गरिएको नगरपालिका अधिकृत ध्रुर्वराज नेपालले जानकारी दिए । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत परशुराम थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, प्रहरी तथा उपभोक्ताका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।

यस अघि जिल्लाका विभिन्न पालिकामा बजार अनुगमन भएको छ । बनेपामा अनुगमनका क्रममा म्याद नाघेका, कुहिएका खाद्य बस्तुहरु फेला परेका थिए । त्यस्ता वस्तुहरु जफत गरी नस्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले जानकारी दिए ।

यसैगरी खोटाङको खोटेहाङ गाउँपालिकामा भारी मात्रामा म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सोमबार गरिएको बजार अनुगमनका क्रममा ५८ हजार ४२८ रुपैयाँ मूल्या पर्ने म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको हाे ।

इलाका प्रशासन कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय खोटाङबजार, खोटेहाङ गाउँपालिका र उद्योग वाणिज्य संघ खोटाङबजारको संयुक्त टोलीले बजार अनुगमन गर्ने क्रममा म्याद नाघेको मरिच, सुकमेलदेखि डिउ र क्यान बियरसम्म फेला परेको छ । सबैभन्दा बढी १३ हजार पाँच सय रुपैयाँ मूल्य पर्ने म्याद नाघेको खाने तेल नष्ट गरिएको छ । १० हजार ८५० रुपैयाँको आटा र छ हजार तीन सयको ठूलो चिया बरामद गरेर नष्ट गरिएको अनुगमन टोलीका सदस्य युवराज बिकले जानकारी दिए ।

म्याद नाघेको अवस्थाका चार हजार पाँच सय रुपैयाँको अजिना, तीन हजार छ सयको टप बिस्कुट, दुई हजार चार सयको बटर नाइस, दुई हजार १३५ को सानो चिया, दुई हजार २० को बिस्कुट, एक हजार ५६० को डिउ, एक हजार ४९५ को ज्वानो, एक हजार २६० को मेथी, एक हजार दुई सयको ल्याक्टो चकलेट, एक हजारको मधु, नौ सय रुपैयाँको सस नष्ट गरिएको छ ।

यस्तै, ७२० रुपैयाँको बेसार, सात सयको डेरी मिल्ड चकलेट, सात सयको बडी स्प्रे, पाँच सय ५० को इनामेल, पाँच सय १० को स्ट्रीङ जुस, चार सय ५० को क्रीम, ४५० को भ्यास्लिन, चार सय १० को चिज बल, चार सयको पानी पुरी मसला, दुई सय ९५ को क्यान बियर, १७५ को मःम मसला, एक सयको मरिच, ९० रुपैयाँको भुजा, ४८ रुपैयाँको पेष्ट र २० रुपैयाँको सुकमेल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । दशैं तिहार नजिकिँदैगर्दा इलाका प्रशासन कार्यालयका प्रमुख मोहनबहादुर राई संयोजकत्वको टोलीले बजार अनुगमन गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending