Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेको छः मन्त्री बस्नेत

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न कामहरु सुरु गरेको बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकार मातृ मृत्युदर घटाउने, उपचारमा सहजिकरण गर्ने, स्वास्थ्य समस्या देखिएका महिलाहरुको चाँडोभन्दा चाँडो उपचार गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको बताए । उनले केही वर्ष पहिलादेखि रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपलाई निरन्तरता दिने काम सुरु गरिएको बताए ।

उक्त खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट महिलाहरुलाई जोगाउने विश्वास व्यक्त गरे । उक्त सरकारले हाल १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको बताए ।

मन्त्री बस्नेतले हाललाई पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप उपलब्ध भए पनि सरकारले यसलाई आफ्नो दायित्व सम्झेर थप खोप व्यवस्थापन गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्ने बताए । उनले धुलिखेल अस्पतालले मातृ मृत्युदर घटाउने, महिलाहरुमा हुने पिसाब चुहिने समस्याको समाधानलगायतको क्षेत्रमा उल्लेख्य योगदान गरेको बताए । उनले सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर  गरेको बताए ।

कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठ, अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. आभा श्रेष्ठ, अस्पतालका स्त्री रोग विशेषज्ञ एवम् मिडिया तथा सञ्चार विभाग प्रमुख प्रा.डा. सुमनराज ताम्राकारलगायतले अस्पतालले स्त्री तथा प्रसूति रोग तथ अन्य विभिन्न रोगको उपचारमा पुर्‍याएको योगदानको बारेमा जानकारी दिएका थिए ।

नेपाली तथा जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु संलग्न रहेको जेनसोगको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा निःसन्तान, रजाेनिवृत्ति, पाठेघरको जन्मजात विकृति, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तस्रावको विषयमा छलफल हुने धुलिखेल अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिए ।

उनले सम्मेलनमा स्त्री रोगसम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीको विषयमा समेत विशेषज्ञहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताए ।

प्रत्येक तीन/तीन वर्षमा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राखेर सन् २०१७ मा सम्मेलन सुरु गरिए पनि कोरोनालगायतको कारणले सम्मेलन रोकिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending