काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न कामहरु सुरु गरेको बताएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकार मातृ मृत्युदर घटाउने, उपचारमा सहजिकरण गर्ने, स्वास्थ्य समस्या देखिएका महिलाहरुको चाँडोभन्दा चाँडो उपचार गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको बताए । उनले केही वर्ष पहिलादेखि रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपलाई निरन्तरता दिने काम सुरु गरिएको बताए ।
उक्त खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट महिलाहरुलाई जोगाउने विश्वास व्यक्त गरे । उक्त सरकारले हाल १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको बताए ।
मन्त्री बस्नेतले हाललाई पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप उपलब्ध भए पनि सरकारले यसलाई आफ्नो दायित्व सम्झेर थप खोप व्यवस्थापन गरी पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्ने बताए । उनले धुलिखेल अस्पतालले मातृ मृत्युदर घटाउने, महिलाहरुमा हुने पिसाब चुहिने समस्याको समाधानलगायतको क्षेत्रमा उल्लेख्य योगदान गरेको बताए । उनले सरकारले धुलिखेल अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गरेको बताए ।
कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठ, अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. आभा श्रेष्ठ, अस्पतालका स्त्री रोग विशेषज्ञ एवम् मिडिया तथा सञ्चार विभाग प्रमुख प्रा.डा. सुमनराज ताम्राकारलगायतले अस्पतालले स्त्री तथा प्रसूति रोग तथ अन्य विभिन्न रोगको उपचारमा पुर्याएको योगदानको बारेमा जानकारी दिएका थिए ।
नेपाली तथा जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरु संलग्न रहेको जेनसोगको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा निःसन्तान, रजाेनिवृत्ति, पाठेघरको जन्मजात विकृति, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तस्रावको विषयमा छलफल हुने धुलिखेल अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिए ।
उनले सम्मेलनमा स्त्री रोगसम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीको विषयमा समेत विशेषज्ञहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताए ।
प्रत्येक तीन/तीन वर्षमा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राखेर सन् २०१७ मा सम्मेलन सुरु गरिए पनि कोरोनालगायतको कारणले सम्मेलन रोकिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: