म्याग्दी । गत वर्ष रु एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष रु एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् ।
गत वर्ष रु १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले रु पाँच लाखमा ठेक्कामा दिएको बताए । राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन् ।
“स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,” राजेन्द्रले भने, “बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।” स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल हो ।
यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । “फूल खेलेर परागशेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,” उनले भने, “यसवर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठमा वर्षाले बोटमा परागसेचन ९पोलिनेशन० हुन पाएनन् ।”
मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । “३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ”, प्रमुख बस्ताकोटीले भने, “गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।”
रु पचास करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए । बचैँचामा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए ।
मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताए । “यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्”, उनले भने, “नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ ।”
किसान बलबहादुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेका बताए । “स्याउलाई बजारको समस्या छैन,” उनले भने, “फलाउन सक्नु पर्यो जति पनि बिक्री हुन्छ ।”
धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको बताए । बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च रहेको उनको भनाइ थियो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: