कास्की । जिल्लामा पछिल्ला दिनमा डेंगुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगुभएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेङ्गुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले बताए ।
“अहिले दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने देखिन्छ”, उनले भने, “सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।”
स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । “कास्कीमा सङ्क्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि सङ्क्रमण कम हुन सकेको छैन”, उनले भने, “डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउनु पर्दछ ।”
आचार्यका अनुसार पोखरामा वडा कार्यालय, विभिन्न सङ्घ संस्थाले डेङ्गु सचेतनाका कार्यक्रम गर्दै आएका छन् । “सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने। वर्षात्को समयमा पानी जम्ने भएकाले डेङ्गुको सङ्क्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेङ्गु सङ्क्रमणदर उच्च छ । मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...
पौष १० गते, २०८२ - १५:०६
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...
पौष १० गते, २०८२ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...
पौष १० गते, २०८२ - १४:३५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...




प्रतिकृया लेख्नुहोस्: