Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन

खबरडबली संवाददाता

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ । 

मानव अधिकार आयोगले बुधबार दिक्तेलस्थित शाखा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रमको आयोजना गरेर मानव अधिकारसम्बन्धी भए/गरेका जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी दिएको हो । 

मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले जानकारी दिए । “अनुगमनका क्रममा मङ्गलबार जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएन”, उनले भने, “म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिक कक्ष पुगेर जँचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो । म आफैँले जीवनजल नपाउँने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ ।”

सदस्य ठाकुरले जिल्लामा शिक्षाको अवस्था पनि कमजोर देखिएको जानकारी दिए । “अनुगमनका लागि खोटाङ आउनेक्रममा बाटोमा भेटिएका तीनजना विद्यार्थीसँग हामीले कुरा गर्यौँ । उनीहरु कक्षा–५, कक्षा–९ र कक्षा–११ मा अध्ययनरत विद्यार्थी थिए । उनीहरुलाई पालैपालो हाम्रो गाडीमा लेखिएका नारा पढ्न लगाएका थियौँ”, उनले भने, “अङ्ग्रेजीमा लेखिएका त्यो नारा कक्षा–९ र ११ का विद्यार्थीले पढ्नै जानेनन् । कक्षा–५ का विद्यार्थीले भने प्रस्ट उच्चाहरण गरे । ती तीन विद्यार्थीको उदाहरण हेर्दा खोटाङमा शिक्षाको गुणस्तर कस्तो छ भन्ने प्रस्ट हुन्छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

आयोगको कार्यालयले जिल्लामा देखिएको समस्याहरुको १८  बुँदा सार्वजनिक गरेको छ । कर्मचारीबाट काममा असहयोग, कार्यालय प्रमुख सरुवा छिटोछिटो हुने, रोजगारीको अभावले नागरिक र राज्यबीचको दूरीमा वृद्धि, निर्माण कम्पनीले कामदारको पारिश्रमिक नदिने गरेको, पुरुषको तुलनामा महिला बढी पीडामा रहेको, आत्महत्याका घटना वृद्धि, पादक पदार्थ सेवन, बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर रहेकोलगायतका समस्या देखिएको आयोगले जनाएको छ ।

आयोगले जिल्लाको भौगोलिक अवस्था तथा जनताको मागलाई सम्बोधन गर्न अधिकारमुखी पद्धति अवलम्बन गर्न, कृषिमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुलाई निरुत्साहित गर्न, व्यवसायीले उपभोक्ताको हितलाई मध्यनजर गर्नुपर्ने, सार्वजनिक सेवा प्रदायक र सेवाग्राहीबीच सुमधुर सम्बन्ध हुनुपर्ने, सरकारी निकायबाट नियमित अनुगमन हुनुपर्ने, कर्मचारीको नियत सफा हुनुपर्ने, आर्थिक अनुशासन कायम गर्न सबै कार्यालयले त्रैमासिक कार्ययोजना बनाएर सन्तुलित खर्च र सन्तुलित विकासमा जोड दिनुपर्नेलगायतका सुझाव दिएको छ ।

आयोगले उपभोक्ता हित संरक्षणका लागि जिल्लास्थित तीनवटै सुरक्षा निकाय, जिल्ला अस्पताल खोटाङ, स्थानीय तह, यातायात व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, हाटबजारलगायतको अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग छलफल गरिएको शाखा कार्यालय दिक्तेलका प्रमुख उपसचिव गीताकुमारी दाहालले जानकारी दिइन् ।

पत्रकारले सो अवसरमा जिल्लामा आयोगले कारबाहीका लागि सिफारिस गरेको मुद्दामा राज्यले चासो नदिएको पाइएको बताएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: