Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चुनाव जित्नका लागि विकासको आश्वासन देखाउने चलन छ : सांसद ज्ञवाली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । 

‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उनको अनुभव छ । “बुझ्नेलाई त थाहा छ नि, सांसदको कानुन बनाउने प्रमुख भूमिका हो भनेर, तर चुनाव जित्ने बेलामा जनतालाई थुप्रै आश्वासन दिएको हुन्छ”, उनले भनिन्, “सांसदको पूर्ण ध्यान आफ्ना क्षेत्रको विकास निर्माणमा मात्र छ, कानुन बनाउनुपर्ने महत्वपूर्ण काम चाँहि ओझेलमा पर्ने गरेको छ ।” नेपालमा धेरै पहिलादेखि नै यही संस्कार नै बनेकाले पनि जनतालाई पनि विकासकै आशा हुने उनको अनुभव छ ।

“अझै पनि धेरै ग्रामीण बस्तीमा सांसद भन्ने वित्तिकै विकासकै आशा हुन्छ”, उनले थपिन्, “स्वास्थ्य चौकी छैन, कति ठाउँमा छ, औषधि छैन, शिक्षाको अवाव छ, सडक, खानेपानीको धेरै समस्या छन्, त्यो जनप्रतिनिधिले नै पूरा गरोस् भन्ने आशा हुन्छ ।” सांसद ज्ञवालीलाई सबै कुरा एउटा सांसदले विकास गर्न सम्भव पनि नभएको अनुभव छ ।  सांसद विकास कोष पनि जनतालाई देखाउने कोष मात्रै भएको उनको बुझाइ छ । “योजना दिने तर पैसा नदिनेजस्ता धेरै समस्या हुने गरेको थियो, राज्यकोषको पैसाबाट हो, कोष किन चाहियो विकास गरे भइहाल्छ नि”, उनले भनिन्, “तर अहिले सर्वोच्च अदालतले रोकेको छ, मलाई व्यक्तिगतरुपमा अदालतले रोक लगाएको ठीक लागेको छ, त्यो कोष जरुरी छैन ।”

गुल्मीको रुरु गाउँपालिका–१ मा २०२६ सालमा जन्मिएकी नेत्री ज्ञवालीले एमालेमा भूमिगत भएर बर्दिया र कैलाली पार्टीको काम गरिन् । उनी गुल्मीमा जन्मिए पनि कर्मथलो फरक हुँदा २०४६ सालमा बहुदल आएपछि  खुलेर बाहिर आएकी हुन् । उनी बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बर्दियाबाट प्रतिनिधित्व गर्छिन् । समानुपातिकबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

विधायक ज्ञवालीलाई सांसदको काम कानुन निर्माण प्रक्रियामै ध्यान दिनुपर्ने हो भन्ने लागे पनि चुनाव जित्नका लागि जनताका सामु बाटो बनाउने, रोजगारी सिर्जना गर्ने, खानेपानी, शिक्षा स्वास्थ्य आदि पूरा गर्छु भनेर वचन दिएकाले जनताको पीर मर्कामा जानुपर्ने उनको भनाइ  छ । उनले भनिन्, “नेपालमा त्यही खालको संस्कार छ, त्यसले गर्दा पनि जनता कानुन बनाउने भन्दा प्राथमिकतामा जनताको समस्या पहिला आउँछ ।”

संसद् सुचारु भएको यतिका समय भइसक्दा पनि कानुन बनाउने काममा तीव्रता दिन नसकेको उनलाई सांसदको मात्र दोष हो भन्ने लाग्दैन । सरकारले सदनलाई ‘विजनेस’ नदिएर नै कानुन निर्माण प्रक्रियामा ढिलाइ भएको उनको ठहर छ । “एउटा मिटरब्याजीसम्बन्धी विधेयकबाहेक अरु बनेको छैन, वास्तवमा यो संसद् र सांसदको भूमिकामा गम्भीर प्रश्न उठ्ने सवाल छ”, उनले भनिन्, “किन भने संविधान अनुकूल बनाउनुपर्ने कानुन नै धेरै छन ।”
       
आमजनताको प्रतिनिधित्व गर्ने संसद् कानुन बनाउन ढिलाइ हुनुमा जवाफदेही सांसद पनि हुनुपर्नेमा उनी सहमत छिन्। यसमा सांसद र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने र बनाउनुपर्ने महत्वपूर्ण कानुन निर्माणमा सबैको ध्यान हुनुपर्ने उनको भनाइ छ । “कानुन बनाउनुपर्ने विषयका विधेयक सरकारले ल्याउनुपर्छ”, उनले भनिन्, “सदनलाई सरकारले काम दिए कानुन बनाउने हो, तर बनाउनुपर्ने महत्वपूर्ण कानुनका विधेयक पनि आउन ढिलाइ भइरहेको छ ।” संंसद् सञ्चालन गर्ने प्रमुख भूमिका सरकारको भएको र प्रमुख प्रतिपक्षीलाई जायज मागमा सम्बोधन नभएपछि र विना आधार आरोप लगाएपछि संसद्मा अवरोध गर्नुपर्ने बाध्यता परी आउने उनको बुझाइ छ । सुशासनका लागि बोल्नका लागि संसद्को प्रमुख प्रतिपक्षको बोल्नैपर्ने आवश्यकता भएको उनको भनाइ छ ।

कानुन बनाउने थलोमा उभिएका सांसद आबेगमा बोल्न हुँदैन भन्ने उनलाई लाग्छ । “सदनमा मयार्दामा रहेर बोल्नुपर्छ, जनताको प्रतिनिधि भएर इमान्दार, मर्यादित र अनुशासित हुनुपर्छ”, उनले भनिन्, “संसद् भनेको जे मुखमा आयो, त्यही बोल्ने स्थान होइन, नेपालको सांसद भनेर विश्वभरिका नेपाली र अरु सबैले हेरिरहेका हुन्छन्, सभ्य हुनुपर्छ ।”

उनलाई पहिला बोल्ने र पछि रेकर्डबाट हटाउनुपर्ने अवस्थाको सिर्जना गर्नु पनि ठीक होइन भन्ने लाग्छ । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका सांसदले त्यस्तो अश्लील, असभ्य, असोभनीय बोलेर रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको उनलाई सम्झना छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

बालेनसँगको वार्ता सकेर निस्किए रवी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...

भित्र बालेन शाह र रवि लामिछानेबीच वार्ता, बाहिर बढ्न थाल्यो भिड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending