हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यालय आउजाउ गर्ने प्रयोजनका लागि विद्यार्थीलाई साइकल वितरण गरेको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत ११५ जना विद्यार्थीलाई आवश्यकताका आधारमा साइकल प्रदान गरिएको हो ।
विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी हुने । उनले ग्रामीण क्षेत्रमा विभिन्न समस्याले बिचमा नै विद्यालय छाड्ने समस्या रहेको भन्दै साइकल वितरणपछि विद्यार्थीलाई विद्यालयमा टिकाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा विद्यालयलाई साइकल खरिद गर्न उपलब्ध गराइएको १० लाख रुपियाँ बजेटबाट साइकल वितरण गरिनेभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले घरबाट विद्यालय आउन बढी लाग्ने विद्यार्थीलाई आवश्यकताका आधारमा साइकल प्रदान गरिएको बताए । उनले विद्यालयले साइकल वितरण कार्यविधि बनाएको छ, कार्यविधिका आधारमा साइकल प्रदान गरिएको जानकारी दिए । विद्यालयमा प्रधानाध्यापक भानुभक्त आचार्यले साइकल प्रदान गरेसँगै विद्यार्थीको समयमा बचत हुने र अध्ययन गर्ने समय प्राप्त हुने बताए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: