Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

काेटेश्वर चाेकमा खुलेआम यौन धन्दा चली रहँदा प्रहरी मौन

यौन पेशा रोज्नु हाम्रो बाध्यता हाे

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडाैंकाे मुख्य प्रवेशद्वार मध्य कोटेश्वर चाेक पनि एक हाे । जहाँ हजारौं यात्रु र बटुवाहरू आवतजावत गर्ने गरेकाे हामी सबैले देखेकाे र भाेगेकै हाे ।

काठमाडाैंलाई राम्राे सँग चिनेका र पहिलाे पटक देख्नेहरु याे चाेकमा प्रसस्त मात्रामा आवत जावत गर्ने गरेका छन् । झलक्क देख्दा काेटेश्वर चाेक र चाेक नजिकै बनाइएकाे आकाेशे पुलले धेरैकाे मन तान्ने गरेकाे छ । अझ काेटेश्वरमा बनाइएकाे आकाशे पुलबाट देखिने दृश्यले पनि कतिपय मान्छेहरु त्याे पुलमा नपुगी हिँड्दैनन् । गाउँ जाने र गाउँबाट काठमाडाैं आउने मूख्य नाकाकाे रुपमा रहेकाे याे चाेक काठमाडाैंकाे व्यस्त ठाउँ मध्य एक हाे । अफिसमा दिनचर्या बिताएर फर्किनेहरू राजधानी बाहीरबाट गन्तब्यमा जाने र काम विशेषले काेटेश्वर आवतजात गर्नेकाे  पनि त्यतिकै भिड देखिन्छ ।

पछिल्लो समय याे चाेक यौनकर्मीहरुकाे अखडाका रुपमा परिचित भएकाे छ । यहाँ यात्रु र बटुवाहरूको आवतजावतलाई मध्यनजर गर्दै आकाशे पुल आसपासका स्माथानहरुलाई याैनकर्मीहरुले आफ्नाे अखडा बनाउने गरेको पाइन्छ। काठमाडाैंकाे रत्नपार्क, नयाँ बसपार्क र गाैशलालाई यौन धन्दाको बिगबिगी हुने ठाउँ भनेर चिनीए तापनि अहिले कोटेश्वरमा हरेक दिनकाे अपराह्नदेखि नै यौनकर्मीहरु सकृय हुने गरेको पाइएको हो ।

हरेक दिन ढल्किँदै जान्छ कोटेश्वरको आकाशे पुल र आसपासमा यात्रु बटुवा र याैन चाहना राख्ने युवादेखि वृद्धासम्मको भिड हुनेगर्छ । बिस्तारै साँझ पर्न थाल्छ तब आकाशे पुल अश्लीलताकाे हाउभाउले रङ्गिन थाल्छ । साँढे ४ बजेपछिबाट हातमा एउटा झोला बोकेर यौनकर्मीहरु छाकटार्नका लागि पुल र सडककाे बारमा यता उता डुलिरहेका हुन्छन् । उनीहरूले पुलमा हिड्ने जो कोहीलाई पनि विभिन्न इसाराले बोलाउने गर्छन् । टाढा छ भने मुन्टो हल्लाएर इसारा गर्ने अनि ग्राहक बन्ने खालकाे लागेमा छेउमा गएर बार्गेनिङ सुरु गरी हाल्छन् । जति साँझ छिप्पिदै राततर्फ जान्छ झन झन छोटा कपडामा याैन कर्मीहरुकाे जमात बढ्दै जान्छ । आकाशेपुलभरी चुरोटको धुवाँसँगै जवानी उडाइरहेका हुन्छन्  । 

यौनकर्मीहरुकाे  बार्गेनिङ

यौनकर्मीहरुले कोटेश्वरमा अपराह्नपछि अखडा जमाएको भन्ने खबर प्राप्त भएपछि यथार्थ बुझ्न म र एकजना साथी आफै केही दिन पुल र आसपासका स्थानमा गएर बस्याैँ । पुलकाे माथि वरिपरि युवादेखि वृद्धासम्म लस्कर लागेर काेही रमाइलाे अवलाेकन गरीरहेका थिए त काेही ग्राहककाे प्रतिक्षामा त काेही याैनकाे प्यास मेटाउन याैनकर्मीकाे पर्खाइमा बसेका थिए । हामी पनि तेही हुलमा मिसीएर बस्याैं । हामी बसी रहेकाे ठाउँमा एकजना महिला हाम्रो नजिकै आएर एउटा युवालाई जाने हो ? भनेर सोधिन  । अब हामीले खाेजेकाे विषय भेटीयाे भनेर हामीले तयारी हालतमा राखेकाे  क्यामेरा र रेकर्डर अन गर्याै । महिलाले साेधे पछि युवाले भने  कहाँ जानु ?  उनीहरुकाे संम्वाद सुरु भयाे अब ः

महिलाः रमाइलो गर्न
युवाः कति हो ?
महिलाः एक सर्टको १५००। रातभर बस्ने भए ५ हजार।
यौनकर्मी महिलाले फेरि ती युवासँग टाँसिँदै भनिन् : जाउ न क्या जाउ न
युवा:  कुन होटलमा ?
यौनकर्मीः  यही  अगाडिको '‍‌‍‍‍‍....गेस्ट हाउस'मा गए नि हुन्छ ।... मेराेमा गए पनि हुन्छ ।

त्यसपछि ती युवा र यौनकर्मी पुल नजिकैको  गेस्ट हाउसतर्फ गए । यो मोलमोलाइ पुल भरी नै चलिरहेको थियो । अल्लारे युवादेखि वृद्धासम्म लस्कर लागेर बसेकाे देखिन्थे‌ । हामीले पुलमा बसेकाे आधा घण्टामै केही याैनकर्मी महिला र युवा माेलमाेलाइ सकेर नजिकैकाे गेष्टहाउसमा गएकाे देख्याैं । गेष्ट हाउसमा गएको केही समयमा एक जना युवा एक्लै  कराउँदै त्यही पुलमा आइपुगे । उनी कराउँदै आएकाे देखे पछि हामी उनकाे नजिक गएर उनीसँग केही कुराकानी गर्याै‌ ।

के भयो भाइ ?
-झन्डै पिटेको भित्र गएपछि त पुलिस बोलाइदिउँ कि खुरुक्क पैसा दिने भनेर सबै पैसा खोसी तेस्रो लिङ्गी पो रहिछे ।
कति पैसा खर्च लगिन नि ?
-पहिला होटलको काउन्टरमा गएर तीन सय रुम भाडा तिर्न लगाइ त्यसपछि कोठाभित्र लगेर चुकुल लगाएर पैसा  माेबाइल सबै मागी । अब त रित्ताे बनाइ दिइ
अब के गर्ने भन्दै उनी आफ्नाे बाटाे लागे । उनी सँग केही समय बाेल्ने माैकामा उनले आफु हाेस्टलमा बसेर पढ्दै छु भनेका थिए । बिचरा याैनकाे प्यास मेटाउन खाेज्दा उनी लुटीए ।

लुट धन्दा गर्ने तेस्रोलिङ्गी

प्रत्यक्षदर्शीको अनुसार यौन धन्दालाई पेशा बनाएर लुट धन्दा मच्चाउने तेस्रो लिङ्गी नै बढी भएकाे पाइएको छ । उनीहरुले सोझा सिधालाई फसाएर गेष्ट हाउस, होटलसम्म पुर्याएर पैसा माग्ने र नदिए पुलिस बोलाउँछु भनेर कुटपिटसम्म गर्ने गरेको एक पीडितले बताए । आफु पनि एकदिन गएको र भित्र गएपछि मोबाइल पैसा सबै लुटिएकाे उनले बताए । यौन सम्पर्क गर्ने भनेर उनीहरुले लुट्ने गरेकाे उनकाे भनाइ छ ।

यौन पेशा रोज्नु हाम्रो बाध्यताः यौनकर्मी

पुलबाट  अलि पर गएपछि एकजना महिला अरु जस्तै हातमा ब्याग भिरेर ग्राहक खोजिरहेकी थिइन । हामी नजिक गएपछि हामीलाई उनले सोधिन जानी हो ? हामीले कहाँ भनेर सोध्याैं । उनले भनिन्; किन बुझ पचाउनु । त्यसपछि हामी नजिक गएर सोध्याैं, दिदी यती राति किन यसरी बस्नु भएको डर लाग्दैन ? उनले भनिन्; डर लाज घिन सबै बाध्यताले हटिसक्यो ? हामीले फेरि सोध्याैं, तपाइको घरमा को को हुनुहुन्छ ? उनले भनिन्; बुढा द्वन्द्वकालमा बितिहाले छोरीहरू बिहे गरेर आफ्नो घरघरमा छन् । अनि तपाईं यहाँसम्म कसरी आइपुग्नु भयो त ? उनले भनिन्; मैले चिनेको साथीले काम खोज्दिन्छु भनेर बोलाइन उनी पनि यस्तै काम गर्दिरहिछिन् र उनैको सङ्गतले यस्तैमा बानी बस्यो। प्रहरीले तपाईंहरूलाई केही गर्दैन ? भनेर सोध्याैं । उनले भनिन; प्रहरीले के गर्नु उनीहरू नै आँउछन् ।

उमेरले ५० वर्ष पुगेकी उनी झट्ट हेर्दा जनजाती जस्ताे देखीन्थिन उनले सिन्धुली घर बताएकी थिइन् । जीवन धान्ने केही विकल्प नभएपछि साथीको सङ्गतले यौन धन्दामा लागेको उनकाे भनाइ छ । आफुलाई अनेक रोग सर्न सक्ने डर भए पनि ज्यानको जोखिम माेलेर याे पेशामा लागेकाे उनकाे भनाइ थियाे । बेराेजगारीकाे कारण बाध्यताले यस्छताे गरकाे उनले बताइन् ।

हामी पुल छाडेर भाटभटेनी आसपासमा पुगेर केहीबेर बस्याैं त्यहाँ पनि तेसरी नै बार्गेनीङ चली रहेकाे थियाे । हामी अलि पर बसेर यहाँकाे पनि दृश्य अवलाेकन गरी रहेका थियाैं । यहाँबाट पाि केही जाेडी माेलमाेलाइ मिलाएर गन्तब्य लागेकाे थिए । यहाँ पनि पुलकै जसरी हामीलाई पुनः जानेहाे भन्दै एक जना महिला आइन् । झट्ट हेर्दा ४५/५० की देखीने उनी सँग पनि हामीले केही कुरा गर्ने जमर्काे गर्याै । उनकाे पनि कथा उस्तै सुनीयाे । उदयपुर घर बताउने उनकाे परिवारमा दुई छाेारछाेरीलाई पढाउनु पर्ने बाध्यता रहेकाे बताइन् । उनले पनि माओवादी द्धन्द्धकालमा श्रीमान् गुमाएकाे बताइन् । उनी पनि छाेरा छाेरीलाई राम्राे पढाउने सपना बाेकेर कामकाे खाेजीमा काठमाडाैं पसेकाे र काठमाडाैंमा बाध्य भएर याैन पेशा अंगाल्नु परेकाे बताइन् ।

के भन्छ त प्रहरी ?

यस विषयमा  नजिकै रहेको कोटेश्वर  प्रहरीले भने वेवास्था गरेको  स्थानीय बताउँछन् । सबै पैसामा चलेका कारण प्रहरीले देखे पनि केही नगर्ने काेटेश्वमा पसल सञ्चालन गर्ने केही व्वसायीले बताए । 

कोटेश्वर प्रहरी प्रमुख प्रहरी निरीक्षक विनाेद सुवेदीले भने नियमित रुपमा सादापाेशाकका प्रहरी परिचालन गरी रहेकाे बताए । सना खाजा घरका नाममा खुलेका होटेलहरुमा यस्ताे कार्य भएकाे भन्ने सुनिएका कारण वडा कार्यालयकाे समन्वयमा त्यस्ता खाजाघरकाे अभिलेखी करण पनि भइ रहेकाे उनले बताए । यौनकर्मीहरुले ग्राहक लैजाने गेष्टहाउसका नाममा खुलेका होटलमा  भने त्यस्तो नभएको प्रहरी दावी छ ।  केही दिन अघि बानेश्वर तीनकुने र काेटेश्वर प्रहरीले संयुक्त अपरेसन चलाएर मुद्धा समेत चलाइ रहेकाे प्रहरी निरीक्षा सुवेदीले बताए ।

खुलेआम यौन धन्दाले समाजदेखि व्यक्तिलाई समेत नकारात्मक बाटोतर्फ लाने गरेकाे छ। बालबालिकादेखि विद्यार्थीसमेत हिड्ने उक्त बाटोमा दिनहुँ हुने यस्ता असामाजिक कार्यले कति लुटिन पुगेको  त कति जीवन भर रोगी भएर बाच्नु परेको छ । तर, प्रहरी  मौन बसिदिँदा यस्ता कार्यले समाजमा अझ  नकारात्मक प्रभाव पार्न सक्ने नागरिकहरु बताउँछन् ।

बेराेजगार पीडितहरुले यस्ताे धन्दा अपनाउन बाध्य भएकाे बताउछन् ।  नेपाली समाजमा  सामाजिक विकृति रुपमा बढ्दै गएकाे याे विषयलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending