विराटनगर । इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको नेतृत्वले गरेको निर्णयविरुद्ध असन्तुष्टि जनाएर कोशीको मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा नेपाली कांग्रेसका थप सांसद खुल्ने तयारी गरेका छन् ।
संघीय सांसद सुनिल शर्मा र दीपक खड्काको अगुवाइमा थप ५ प्रदेशसभा सदस्यले केदारलाई साथ दिने तयारी गरेका हुन् ।
शेखर पक्षका कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग समीकरण बनाएर बिहीबार कांग्रेसका ८ जना प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । बेलुका संसदीय दलका उपनेताबाट राजीनामा दिएर हिमाल कार्की पनि मिसिएका थिए । शुक्रबार ओखलढुंगाका प्रदीप सुनुवारलगायतका प्रदेश सांसदहरू केदार कार्कीको पक्षमा खुल्न लागेका हुन् । त्यसका लागि हस्ताक्षर संकलनको कागज बनिसकेको बताइएको छ ।
उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने गरेको निर्णयमा उद्धव थापाले समेत साथ दिएको भन्दै दलको नेता फेर्नेसम्मको कसरत सुरू गरेका हुन् । केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका प्रदेशसभा सदस्य शमसेर राईले थापाले दलमा छलफल नगरी बाहिर-बाहिर छलफल गरेको आरोप लगाए ।
कोशीमा कांग्रेसका जम्मा २९ सांसद छन् । ५ जना थपिँदा केदार पक्षमा १४ जना पुग्छन् । जुन ५० प्रतिशत हो । कांग्रेसकै मुख्यमन्त्री बन्ने अवस्थामा माओवादीलाई सुम्पिएर उद्धव थापाले दलको नेता बनेर पार्टीलाई फाइदा नहुने उनकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: