Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

कोशी कांग्रेसमा दलको नेता फेर्ने कसरत, प्रदीप सुनुवारलगायतका सांसदहरू कार्कीको पक्षमा !

खबरडबली संवाददाता

विराटनगर । इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको नेतृत्वले गरेको निर्णयविरुद्ध असन्तुष्टि जनाएर कोशीको मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा नेपाली कांग्रेसका थप सांसद खुल्ने तयारी गरेका छन् ।

संघीय सांसद सुनिल शर्मा र दीपक खड्काको अगुवाइमा थप ५ प्रदेशसभा सदस्यले केदारलाई साथ दिने तयारी गरेका हुन् । 

शेखर पक्षका कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग समीकरण बनाएर बिहीबार कांग्रेसका ८ जना प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । बेलुका संसदीय दलका उपनेताबाट राजीनामा दिएर हिमाल कार्की पनि मिसिएका थिए । शुक्रबार ओखलढुंगाका प्रदीप सुनुवारलगायतका प्रदेश सांसदहरू केदार कार्कीको पक्षमा खुल्न लागेका हुन् । त्यसका लागि हस्ताक्षर संकलनको कागज बनिसकेको बताइएको छ ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने गरेको निर्णयमा उद्धव थापाले समेत साथ दिएको भन्दै दलको नेता फेर्नेसम्मको कसरत सुरू गरेका हुन् । केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका प्रदेशसभा सदस्य शमसेर राईले थापाले दलमा छलफल नगरी बाहिर-बाहिर छलफल गरेको आरोप लगाए ।

कोशीमा कांग्रेसका जम्मा २९ सांसद छन् । ५ जना थपिँदा केदार पक्षमा १४ जना पुग्छन् । जुन ५० प्रतिशत हो । कांग्रेसकै मुख्यमन्त्री बन्ने अवस्थामा माओवादीलाई सुम्पिएर उद्धव थापाले दलको नेता बनेर पार्टीलाई फाइदा नहुने उनकाे भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending