Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सथानीय सरकारले चासाे नदिएकाे खानेपानी याेजनालाई तामाङकाे नेतृत्वमा निर्माण सामाग्री सहयोग

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. २ बलखुको देउरालीमा खानेपानी समस्या सामधानका लागि निर्माण सामाग्री सहयोग गरीएको छ । स्थानीय समाजसेवी दिपक तामाङ, सानु तामाङ र हेमसागर पराजुलीले सिमेन्ट, छड र वालुवा सहयोग गरेका हुन् ।

देउरालीका एक दर्जन बढी परिवारले प्रयोग गर्दै गरेको पानीको मुहान वर्षामा आएको पहिरोले भत्काएपछि उनीहरुलाई खानेपानीको समस्या हुँदै आएको आफहरुलाई गुनासो गरे पछि पानीको मुहानमा ट्याङ्की निर्माणका लागि स्थानीयलाई निर्माण सामाग्री प्रदान गरीएको समाजसेवी दिपक तामाङले बताए । तामाङले स्थानीयको आवस्यकतालाई मध्यनजर गर्दै आफहरुले स्थानीयलाई खानेपानीको मुहानमा ट्याङ्की निर्माणका लागि १२ बोरा सिमेन्ट, एक बण्डिल छड र बालुवा उपलब्ध गराएको बताए । 

यस अघिपनि तामाङको नेतृत्वमा बलखुमा निर्माण गरीएको गुम्वा निर्माणका लागि इँटा उपलब्ध गराइएको थियो । तामाङको नेतृत्वमा बलखुका स्थानीयको घाउमा मल्हमपट्टी लगाउने कार्य भइ रहेको स्थानिय बताउँछन् । वर्षामा पहिरोले खानेपानीको मुहान भत्किएपछि स्थानीय सरकार सँग समस्या सामधानको लागि पटकपटक पहल गर्दा पनि समस्या समाधान गर्नको लागि वडा र गाउँपालिकाले समस्या समाधान गर्न नमानेको स्थानीयले गुनासो गरेपछि आफुहरुले सहयोग गरेको तामाङकाे भनाइ छ । 

स्थानीय सरकारसँग आफुहरुले पटक पटक आग्रह गर्दा समेत आफुहरुको समस्या सामधानको लागि सरकारले पहल नगरेको स्थानीय मकर ध्वज तामाङले बताए । गाउँमा जेष्ठनागरिक मात्र भएका कारण खानेपानी मर्मतका लागि वडाकार्यालयमा निवेदन दिए पनि निवेदनको सुनुवाइ वडाले नगरेको उनको भनाइ छ । आफुहरुकाे मतले जनप्रतिनिधिबनेकाहरुले जनताकाे समस्या सामधानका लागि कुनै पहल नगर्दा स्थानी सरकार नभएकाे जस्ताे आभास हुने गरेकाे देउरालीमा बसाेबास गर्दै आएका स्थानीय बताउँछन् ।

यस विषयमा वडाअध्यक्ष खिला बहादुर तामाङले भने उक्त स्थानमा भएको समस्या समाधानका लागि वडाले सम्वोधन गर्न नसकेको र आफुले गाउँपालिकामा यो समस्याको विषयमा कुरा उठाएको बताए । उनले उक्त स्थानमा अर्को वर्ष सम्ममा केही गर्ने बताउँदै आफुले वडाबाट केही गर्न नसक्ने भएको बताए ।
  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending