Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

हमासको आक्रमणमा सयभन्दा बढी विदेशीको मृत्यु भएको पुष्टि, कुन देशकोे कति ?

खबरडबली संवाददाता

पेरिस । हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । 

एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० र यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो । 

गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार २१५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  शनिबारसम्मको अपडेट अनुसार आक्रमणमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ । 

आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार अनिर्दिष्ट सङ्ख्या तर एक दर्जनभन्दा बढी अमेरिकीहरू अपहरणमा परेको विश्वास गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसले उक्त कलको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन, तर बाइडेनले सीबीएसको ‘६०–मिनेट्स’ मा भन्नुभयो “यदि हामीले उनीहरूलाई फेला पार्न सक्यौं भने हामी उनीहरूलाई घर फर्काउन आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नेछौं ।

त्यस्तै,थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको शनिबार जानकारी दिएका छन् । अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको अनुमान गरिएको थाई विदेश मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डको सरकारी तथ्याङ्कअनुसार इजरायलमा लगभग ३० हजार थाई नागरिक छन्, जसमध्ये अधिकांश कृषि क्षेत्रमा कार्यरत छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोन्नाले हमासको आक्रमणबाट १५ जना फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । यसअघि, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार बालबालिकासहित १७ जना बेपत्ता भएका जानकारी गराएका थिए ।

तेल अभिवस्थित नेपाली राजदूतावासका अनुसार किब्बुट्ज अलुमिममा १० जना नेपालीको मृत्यु भएको र आक्रमणको समयमा किब्बुट्जमा १७ जना नेपाली विद्यार्थीहरू रहेका थिए भने एक जनालाई बन्धक बनाएर लगेको पुष्टि विद्यार्थीहरूले नै गरेका छन् । 

उक्त आक्रमणमा सात अजेन्टिनी नागरिकको मृत्यु भएको थियो भने अन्य १५ जना सम्पर्कमा आएका छैनन् । उनीहलाई बन्धक बनाइएको हुनसक्ने विश्वास गरिएको छ । अर्जेन्टिनाको विदेश मन्त्रालयले सात जनाको मृत्यु भएको र अन्य १५ जना हराइरहेको पुष्टि गरेको छ ।

युक्रेनको विदेश मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने अन्य नौ जना हराइरहेका छन् भने नौ जना घाइते भएका छन् ।

तेल अभिवस्थित रुसी दूतावासका अनुसार कम्तीमा चार जना रुसी–इजरायली नागरिकको मृत्यु भएको छ । उसले कुनै पनि बन्धकको बारेमा कुनै जानकारी नभएको तर छ जना रूसी नागरिक हराइरहेको बताएको छ ।

यसैगरी बेलायतका दुई जना नागरिकको मृत्यु भएको परिवारले पुष्टि गरेका छन् भने लण्डनस्थित इजरायली दूतावासले बुधबार थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । बिबिसीले बालबालिकासहित १७ जना बेलायतीको हताहत (मृत्यु भएको वा बेपत्ता) भएको जनाएको छ ।

अन्य मृत्यु हुनेमा चिलीको एक महिला, तीन जना इजरायली–अस्ट्रियाली नागरिकको मृत्यु भएको, बेलारूस, क्यानडा, चीन, फिलिपिन्स र ब्राजिल हरेक देशबाट तीन तीन जनाको मृत्यु भएको सम्बन्धित देशका विदेश मन्त्रालय वा राजदूतावासले पुष्टि गरेका छन् भने ती देशका पनि केही नागरिक आक्रमणपछि कसैको सम्पर्कमा आउन सकेका छैनन् । 

आक्रमणमा परी पेरूका दुई जना, रोमानियाका एक, दक्षिण अफ्रिककाको दुई अष्ट्रेलियाको दुई, अजरबैजान, कम्बोडिया,पोर्चुगल,आयरल्याण्ड, होन्डुरस, स्पेन, चिलीका एक एक व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा परी ज्यान गुमाउनेमा श्रीलङ्का दुई, टर्कीका एक, कोलम्बियाका एक, मेक्सीकोका दुई,इटालीका तीन,पराग्वेका दुई र तान्जिानियाका दुई नागरिक रहेको पुष्टि भएको छ । यी मुलुकका पनि केही व्यक्ति आक्रमणपछि सम्पर्कमा आउनसकेका छैनन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending