Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

हमासको आक्रमणमा सयभन्दा बढी विदेशीको मृत्यु भएको पुष्टि, कुन देशकोे कति ?

खबरडबली संवाददाता

पेरिस । हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । 

एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० र यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो । 

गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार २१५ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  शनिबारसम्मको अपडेट अनुसार आक्रमणमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ । 

आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार अनिर्दिष्ट सङ्ख्या तर एक दर्जनभन्दा बढी अमेरिकीहरू अपहरणमा परेको विश्वास गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसले उक्त कलको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन, तर बाइडेनले सीबीएसको ‘६०–मिनेट्स’ मा भन्नुभयो “यदि हामीले उनीहरूलाई फेला पार्न सक्यौं भने हामी उनीहरूलाई घर फर्काउन आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नेछौं ।

त्यस्तै,थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको शनिबार जानकारी दिएका छन् । अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको अनुमान गरिएको थाई विदेश मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डको सरकारी तथ्याङ्कअनुसार इजरायलमा लगभग ३० हजार थाई नागरिक छन्, जसमध्ये अधिकांश कृषि क्षेत्रमा कार्यरत छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोन्नाले हमासको आक्रमणबाट १५ जना फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । यसअघि, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार बालबालिकासहित १७ जना बेपत्ता भएका जानकारी गराएका थिए ।

तेल अभिवस्थित नेपाली राजदूतावासका अनुसार किब्बुट्ज अलुमिममा १० जना नेपालीको मृत्यु भएको र आक्रमणको समयमा किब्बुट्जमा १७ जना नेपाली विद्यार्थीहरू रहेका थिए भने एक जनालाई बन्धक बनाएर लगेको पुष्टि विद्यार्थीहरूले नै गरेका छन् । 

उक्त आक्रमणमा सात अजेन्टिनी नागरिकको मृत्यु भएको थियो भने अन्य १५ जना सम्पर्कमा आएका छैनन् । उनीहलाई बन्धक बनाइएको हुनसक्ने विश्वास गरिएको छ । अर्जेन्टिनाको विदेश मन्त्रालयले सात जनाको मृत्यु भएको र अन्य १५ जना हराइरहेको पुष्टि गरेको छ ।

युक्रेनको विदेश मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने अन्य नौ जना हराइरहेका छन् भने नौ जना घाइते भएका छन् ।

तेल अभिवस्थित रुसी दूतावासका अनुसार कम्तीमा चार जना रुसी–इजरायली नागरिकको मृत्यु भएको छ । उसले कुनै पनि बन्धकको बारेमा कुनै जानकारी नभएको तर छ जना रूसी नागरिक हराइरहेको बताएको छ ।

यसैगरी बेलायतका दुई जना नागरिकको मृत्यु भएको परिवारले पुष्टि गरेका छन् भने लण्डनस्थित इजरायली दूतावासले बुधबार थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । बिबिसीले बालबालिकासहित १७ जना बेलायतीको हताहत (मृत्यु भएको वा बेपत्ता) भएको जनाएको छ ।

अन्य मृत्यु हुनेमा चिलीको एक महिला, तीन जना इजरायली–अस्ट्रियाली नागरिकको मृत्यु भएको, बेलारूस, क्यानडा, चीन, फिलिपिन्स र ब्राजिल हरेक देशबाट तीन तीन जनाको मृत्यु भएको सम्बन्धित देशका विदेश मन्त्रालय वा राजदूतावासले पुष्टि गरेका छन् भने ती देशका पनि केही नागरिक आक्रमणपछि कसैको सम्पर्कमा आउन सकेका छैनन् । 

आक्रमणमा परी पेरूका दुई जना, रोमानियाका एक, दक्षिण अफ्रिककाको दुई अष्ट्रेलियाको दुई, अजरबैजान, कम्बोडिया,पोर्चुगल,आयरल्याण्ड, होन्डुरस, स्पेन, चिलीका एक एक व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा परी ज्यान गुमाउनेमा श्रीलङ्का दुई, टर्कीका एक, कोलम्बियाका एक, मेक्सीकोका दुई,इटालीका तीन,पराग्वेका दुई र तान्जिानियाका दुई नागरिक रहेको पुष्टि भएको छ । यी मुलुकका पनि केही व्यक्ति आक्रमणपछि सम्पर्कमा आउनसकेका छैनन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE