वालिङ । यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो ।
विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यसहित दाताहरुले अक्षयकोषको स्थापना गरेका हुन् । पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको सङ्ख्या ३९ पुगेको हो ।
“विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगतरुपमा पनि अक्षयकोष भएका छन्”, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भने, “दाताहरुले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गर्नुभएको हो सोही शीर्षकमा खर्च हुन्छ ।” विद्यालयको वार्षिकोत्सवका अवसरमा दाताकै उपस्थितिमा अक्षयकोषको रकम खर्च गरिने उनको भनाइ छ ।
हालसम्म विद्यालयमा स्थापना भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको रु तीन लाख ३३ हजार तीन सय ३३ र थोरै राशिको रु दश हजार ११ को रहेको छ । अक्षयकोषको व्यवस्थापन गर्नका शिक्षक गोपालधन सुवेदीको संयोजकत्वमा डिल्लीराम बगाले र अर्जुनप्रसाद तिवारी सदस्य रहेको ‘अक्षयकोष छात्रवृत्ति ब्यवस्थापन समिति’ गठन गरिएको छ । गरिब, जेहेन्दार, सर्वोत्कृष्ट छात्रछात्रा, अतिरिक्त क्रियाकलाप, अनुशासित विद्यार्थी लगायतका विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।
विद्यालयमा हाल अक्षयकोषको कूल रकम रु सत्र लाखभन्दा बढी पुगेको छ । उक्त विद्यालय २०१९ सालमा स्थापना भएको स्याङ्जाकै पुरानो मध्येको एक विद्यालय हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: