Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

काेशीमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसलाई समर्थन गरिएकाे हाे: अध्यक्ष ओली

खबरडबली संवाददाता

प्युठान । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस विद्रोहीलाई समर्थन गरेको बताएका छन् । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

मध्यावधिमा जाँदा देशले ठुलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले  त्यसलाई रोक्न एमालेले त्यस्तो कदम चालेको उनको भनाइ छ । उाले भने, ‘कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था थियो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठुलो खर्च हुन्छ । त्यसबाट जोगाउन यो समर्थन गरेका हौँ ।’ 

ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदले विद्रोह गरेको उल्लेख गरे । कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछिलागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर विद्रोह भएको भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उनको भनाइ छ ।  

ओलीले २०८४ को निर्वाचनमा हरेक वडादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । ‘हरेक वडाबाट एमाले एक्लैले ५१ प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । नेकपा (एमाले) ले आफ्नै शक्ति निर्माण गर्नुको विकल्प नरहेको उनले बताए । ओलीले भने, ‘जनताको शक्ति निर्माण गर्नुपर्छ । विभिन्न जनविरोधीसँग मिलेर होइन परिवर्तनकामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ ।’ सुशासन विरोधी शक्तिहरूसँग मिलेर सुशासन ल्याउन नसकिने उनको भनाइ छ । 

‘भ्रष्ट तत्त्वसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न । त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ’ अध्यक्ष ओलीले भने, ‘हरेक पालिकाबाट, वडाबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरू एक ताल एक लयसाथ अघि बढ्नुपर्छ ।’ उनले भने- ‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिँड्नुपर्छ’ अध्यक्ष ओलीले भने, ‘अराजकता स्वच्छाचारिता लोकतन्त्र होइन । देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ ।’

उनले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भँगालो मिसिएपछि भेदभाव नगर्ने बताए । कोशी प्रदेशमा कांग्रेसका शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेतको समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending