गण्डकी । नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको पूजाका लागि घटस्थापना गरिएको हो
पोखरा आसपासमा रहेका कोट प्रत्येकको आ–आफ्नै विशिष्ट महत्व रहिआएको छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलका रूपमा रहेको कास्कीकोटदेखि मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको भरतपोखरीको कोटभैरव मन्दिरहरू यस क्षेत्रको बस्ती विकाससँगै अस्तित्वमा आएका धार्मिकस्थल मानिन्छन् । कास्कीकोट दरबारस्थित गुप्तकालीका मन्दिरमा दसैँको अवसरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव सुरु भएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।
गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको जानकारी दिँदै उनले परापूर्व कालदेखि दसैँमा नवरात्रभर पूजाका लागि पूजारी दरबारमा बस्ने प्रचलन रहेको बताए । विश्व शान्तिको कामना गर्दै भारद्वारी चौतारामा जम्मा भई मन्दिरमा विधिवत् घटस्थापना गरिएको सचिव त्रिपाठीको भनाइ थियो ।
नवदुर्गा अवधिभर चण्डी पाठ, दुर्गा कवज आदि हुने यस मन्दिरमा फूलपातीका बेला पोखराको रामघाटबाट लगिएको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर तान्त्रिक पूजा गरिन्छ । अष्टमीका दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चबलि दिने पदिने गरिन्छ । फूलपातीकै दिन कुँवर जातीको लोपोन्मुख सैन्य अभ्यास सरुङ खेलसमेत प्रदर्शन गरिने कार्यक्रम छ । नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिनु यहाँको अर्को विशिष्टता हो ।
विजया दशमीका दिनमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विसर्जन गर्ने प्रचलन छ । कास्कीकै भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।
मन्दिरमा परापूर्वकालदेखि नवरात्र अवधिभर घटस्थापना गरी दैनिक दुर्गा सप्तशति पाठ, फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजा गरी विजयादशमीका दिन सामूहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन रहेको उनले बताए । नेपालका बाइसेचौबिसे राजाका पालादेखि नै अस्तित्वमा रहेको कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा प्राचीनकालदेखि पूजा गरिँदै आएको पाइन्छ ।
कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी भाकल तथा सामान्य पूजाका लागि आउने गर्दछन् । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १६ किलोमिटरको पक्की बाटो हुँदै पुग्न सकिने भएकोले पछिल्ला वर्षमा सार्वजनिक सवारीसाधन एवम् निजी सवारीसाधन लिएर दर्शनार्थी पूजाआजाका लागि कोटभैरव मन्दिर आउने गरेको कोषाध्यक्ष महतले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: