Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पोखरा आसपासका ऐतिहासिक कोटमा घटस्थापना

खबरडबली संवाददाता

गण्डकी । नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको पूजाका लागि घटस्थापना गरिएको हो

पोखरा आसपासमा रहेका कोट प्रत्येकको आ–आफ्नै विशिष्ट महत्व रहिआएको छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलका रूपमा रहेको कास्कीकोटदेखि मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको भरतपोखरीको कोटभैरव मन्दिरहरू यस क्षेत्रको बस्ती विकाससँगै अस्तित्वमा आएका धार्मिकस्थल मानिन्छन् । कास्कीकोट दरबारस्थित गुप्तकालीका मन्दिरमा दसैँको अवसरमा  विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव सुरु भएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए ।

गुप्तकालिका मन्दिरमा  घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको जानकारी दिँदै उनले परापूर्व कालदेखि दसैँमा नवरात्रभर पूजाका लागि पूजारी दरबारमा बस्ने प्रचलन रहेको बताए । विश्व शान्तिको कामना गर्दै भारद्वारी चौतारामा जम्मा भई मन्दिरमा विधिवत् घटस्थापना गरिएको सचिव त्रिपाठीको भनाइ थियो ।

नवदुर्गा अवधिभर चण्डी पाठ, दुर्गा कवज आदि हुने यस मन्दिरमा फूलपातीका बेला पोखराको रामघाटबाट लगिएको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर तान्त्रिक पूजा गरिन्छ । अष्टमीका दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चबलि दिने पदिने गरिन्छ । फूलपातीकै दिन कुँवर जातीको लोपोन्मुख सैन्य अभ्यास सरुङ खेलसमेत प्रदर्शन गरिने कार्यक्रम छ । नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिनु यहाँको अर्को विशिष्टता हो ।

विजया दशमीका दिनमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विसर्जन गर्ने प्रचलन छ । कास्कीकै भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।

मन्दिरमा परापूर्वकालदेखि नवरात्र अवधिभर घटस्थापना गरी दैनिक दुर्गा सप्तशति पाठ, फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजा गरी विजयादशमीका दिन सामूहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन रहेको उनले बताए । नेपालका बाइसेचौबिसे राजाका पालादेखि नै अस्तित्वमा रहेको कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा प्राचीनकालदेखि पूजा गरिँदै आएको पाइन्छ ।

कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी भाकल तथा सामान्य पूजाका लागि आउने गर्दछन् । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १६ किलोमिटरको पक्की बाटो हुँदै पुग्न सकिने भएकोले पछिल्ला वर्षमा सार्वजनिक सवारीसाधन एवम् निजी सवारीसाधन लिएर दर्शनार्थी पूजाआजाका लागि कोटभैरव मन्दिर आउने गरेको कोषाध्यक्ष महतले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोगका लागि पूर्ण अयोग्य

काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...

म्याग्दीमा ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...

बंगलादेशमा अर्का नेता पनि गोली प्रहारबाट मारिए

काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...

माइतीघरमा हेटौँडा सडक विस्तारका पीडितको बाजासहित विरोध प्रदर्शन

काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...

काठमाडौँ महानगरभित्रका १०७ विद्यालय खारेज गरिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending