Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित

खबरडबली संवाददाता

ढोरपाटन । रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उनलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उनी बागलुङको गलकोट आइपुगेका थिए । 

हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताए । व्यापारमा निस्केको दुई हप्तामा उनले नौवटा मात्रै भेडा व्यापार गरे । एक सय ५० भेडा लिएर बजार आउनुभएका बुढा मगर व्यापार नभएपछि चिन्तित भएका हुन् । परिवार र दसैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झर्नु भएका उनी व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पीरले सताइरहेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ । बुढा मगरले साबिककै मूल्यमा बिक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको बताए । उनका अनुसार अघिल्लो वर्षहरुमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरेकामा यस पटक निकै कम भएका छन् । 

हरेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने गरेको भन्दै यस वर्ष व्यापार नहुँदा पोखरासम्म पुग्ने योजना रहेको बुढामगरले बताए । मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलुलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ । वर्षभरि लेकबेँसी गरेर उत्पादन गरेको भेडाले बजार नपाउँदा निकै दु:ख लागेको उनले बताए । 

पोहोर साल एउटा भेडालाई रू २८ हजारदेखि ४८ हजारसम्म पार्ने गरेको भन्दै यस वर्ष रू ५२ हजारसम्म पुगेको मगरको भनाइ थियो । पाहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर बिक्री गर्नु परेको उनले बताए । पहिले–पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेका भन्दै यसपालि घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गरे । पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उनले बताए ।

“यसपालि दसैँ ढिला आयो । ७ गतेको दिन टीका रैछ, ५ गते त घर फर्किसक्नुपर्छ । मेरो अरू केही व्यवसाय छैन । वर्षभरि यिनै भेडा पाल्छु । दसैँ त हामीजस्ता गोठालाको लागि व्यापार गर्ने ठूलो पर्व जस्तै हो । तर यस वर्ष पहिलाको जस्तो व्यापार भएन् । धेरैले पैसा छैन भेडा राख्न सकिँदैन भन्छन्”, बुढा मगरले भने, “बजारमा पहिलेको जस्तो चहलपहल पनि देखिएन । किन हो खै रु आर्थिक मन्दी भन्छन् । मैले भेडा पाल्न थालेको ३७–३८ वर्ष भयो अहिलेसम्म यस्तो अवस्था कहिले पनि आएको थिएन ।” 

उनले रू २८ हजार पर्नेलाई रू २३ हजार र रू ५२ हजार पर्ने भेडालाई रू ४०र४५ हजारमा दिँदा पनि कसैले किन्न नमानेको गुनासो पोखे । भेडा व्यापार नभएपछि परिवार चलाउनै समस्या हुने उमगरको भनाइ छ । ५ गतेसम्म व्यापार नभए गाडीमा हालेर गाउँ फर्किने योजना रहेको उनले सुनाए । 

बुढा मगरको जस्तै मुस्ताङबाट आउने भेडाच्याङ्ग्रा पनि अघिल्लो वर्षको तुलनामा कम बिक्री भएको व्यापारीहरुले बताउने गरेका छन् । उपल्लो मुस्ताङदेखि भेडाच्याङ्ग्रा लिएर आउनुभएका प्रकाश गुरुङले यस वर्ष निकै कम व्यापार भएको बताए । असोज पहिलो साता नै भेडाच्याङ्ग्रा खरिदका लागि मुस्ताङ पुगेको पाँच सयको हाराहारीमा ल्याए पनि अहिलेसम्म ७० वटा मात्रै बिक्री भएको उनको भनाइ थियो । 

बागलुङ, पर्वत, पोखरा, तनहुँ हुँदै काठमाडौँसम्म पुर्‍याउने योजना रहेको भन्दै आर्थिक मन्दीले व्यापार कम भएको गुरुङले बताए । अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी भेडाच्याङ्ग्रा बजार ल्याउने गरेकामा यस वर्ष घटाएको उनले सुनाए ।

“बजारमा सबै सामान महँगिएर आकाशिएको छ । भेडाच्याङ्ग्राको मूल्य पनि स्वाभाविक रुपमा बढ्ने नै भयो । पहिलेपहिले जति राम्रो व्यापार हुन्थ्यो अहिले छैन”, गुरुङले भने, “यसले गर्दा हामी जस्ता व्यापारी मर्कामा परेका छौँ । गोठमै पुगेर खरिद गरी ल्याउने गरेकामा अहिले किसानले गोठमै महँगोमा बेच्नु हुन्छ । हामीहरुले बजारसम्म ल्याउँदा थोरैमात्र नाफा राखेर बेच्दा पनि बिक्री गर्न मुस्किल पर्छ ।”

स्थानीय प्रेमप्रसाद शर्माले बजारमा अन्य सामान बिक्री नहुँदा यस वर्ष भेडाच्याङ्ग्रा किनेर दसैँ बनाउन सक्ने अवस्था नरहेको बताए । पहिलेको तुलनामा बजारमा हुने खाद्यान्न तथा फेन्सी सामानको मूल्य आकाशिएको र व्यापार कम हुँदा पोहोरपरार सालको जस्तो हर्षोल्लास नभएको उनको भनाइ थियो । महँगी र घट्दो व्यापारका कारण सामान्य परिवारले भेडाच्याङ्ग्रा किनेर दसैँ मनाउने अवस्था नरहेको उनले बताए ।

“तीन–चार वर्षअगाडि त बजारमा किनेमेल गर्ने मान्छेको भीड हुन्थ्यो । अहिले बजार सुनसान छ । बजारका सामान व्यापार भए पो किसानका भेडाच्याङ्ग्रा व्यापार हुन्छन्”, शर्माले भने, “बजार सुनसान भएपछि कसरी भेडच्याङ्गा किनमेल हुन्छ रु, आर्थिक मन्दीले धेरैतिर समस्या पुर्याएको छ ।”
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: