कञ्चनपुर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला बीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् ।
महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक तथा कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा महाकाली किनारमा पहिलो पटक बीच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ बनाउन तथा खेलाडी उत्पादन र खेलकुदको विकास मद्दत पुर्याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा खुल्लातर्फ २३ तथा भेट्रानतर्फ ११ टोली सहभागी रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । उनले हालसम्म खुल्लातर्फ पाँच र भेट्रानतर्फ तीनवटा खेल भइसकेको बताए । “भलिबल खेलको माध्यमबाट शुक्लाफाँटा, झोलङ्गे पुल, भाइरल रोडलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको हो”, उनले भने,“आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन्छौँ ।”
प्रतियोगितामा खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई रु एक लाखसहित पुरस्कृत गरिने छ । द्वितीय हुने टोलीलाई रु ५० हजार तथा तृतीयलाई रु २५ हजारसहित पुरस्कृत गरिनेछ । यसैगरी भेट्रान ९चालिस वर्षभन्दा माथि० तर्फ पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा–चादँनी नगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: