काठमाडाैं । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको हाे ।
यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो । २०७८ चैत १७ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरुस्तका साथ निर्णय कार्यान्वयन गर्न लागि परेकी छन् ।
सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन् । उनले भनिन्- ‘हाम्रो मातहतका कार्यालयमा सेवा लिन जाँदा विभिन्न खाले समस्याहरु भएको भन्दै समयसमयमा गुनासो आउने गरेको छ । नागरिकहरूबाट आएको गुनासोलाई मैले नजिकबाट नियालेको छु ।’
मन्त्री श्रेष्ठले भनिन्, ‘यस्ता खालका गुनासो न्यूनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा म र मेरो नेतृत्वको सम्पूर्ण मन्त्रालय तथा विभागका कर्मचारीहरु क्रियाशील हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्यान्वयन गरिरहेका छौँ ।’ आम नागरिकहरूबाट आएको सुझावलाई मध्यनजर गरी आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि शाखा बिस्तार गर्दै जाने उनले बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका प्रकाश जोशी, कार्यालयका प्रमुखहरू, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: