काठमाडौं । अवकाश प्राप्त कर्मचारीहरु जागिरे जीवनमा सञ्चयकोषमा जम्मा गरेकाे योगदानवापतको रकममध्ये जम्मा १८ प्रतिशत रकम मात्र लिएर घर फर्किने गरेको एक अध्ययनले देखाएको छ। कोषकाे विशेषाङ्कमा प्रकाशित प्रतिवेदनका अनुसार सापटी लिएका कर्मचारीले जम्मा गरेकोमध्ये बाँकी रकम काेषबाट लिएको सापटी अर्थात् कर्जा रकमको साँवा र ब्याज भुक्तानीमै खर्च हुने गरेको हाे ।
सञ्चयकर्ताले जम्मा रकममध्ये औसतमा करिब ४० प्रतिशत मात्रै सापटी समायोजन पश्चात भुक्तानी लिने गरेका छन् । अझ विशेष सापटी लिएका सञ्चयकर्ताले सेवाबाट अवकाश हुनासाथ सापटी समायोजनपछि हात पार्ने भुक्तानी वापतको रकम कूल सङ्कलित रकमको करिब १५ देखि १८ प्रतिशत मात्र हुने गरेको छ ।
कोषले सञ्चयकर्ताको योगदान रकमको आधारमा प्रदान गरेको विशेष सापटीको अंश झण्डै ७८ प्रतिशत रहेको छ । यसैगरी कोषले योगदानकर्ता कर्मचारीलाई प्रवाह गरेको धितोमा आधारित कर्जाको अंश २२ प्रतिशत रहेको छ । कोषले आर्थिक वर्ष २०७९।०८० मा झण्डै २८ हजार सञ्चयकर्तालाई २८ अर्ब रुपैयाँ भुक्तानी दिएको छ। सञ्चयकर्ताले लिएको विशेष सापटीमध्ये झण्डै १७ अर्ब रुपैयाँ गत आवमा कोषले असुल उपर गरेको छ ।
वार्षिकोत्सव विशेषांकमा समावेश गरिएको कोषका कामु मुख्य प्रबन्धक शान्ता गाैतमले आफ्नो आलेखमा अवकाशपछि कोषबाट भुक्तानी लिँदा कर्मचारीको हात पर्ने रकमको आयतनलाई लिएर कोषको अवधारणाबारे पुनःविचार गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, कोष आफैँले सञ्चालन गरेका कार्यक्रमको विषयमा विचार विमर्श गर्नुपर्ने समयमा नीति निर्माताले उस्तै प्रकृतीका कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सुरक्षण गर्ने नाममा मजाक गरिरहेको जस्ताे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: