Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

माधव नेपाललाई थापाको खुलापत्र– ज्ञानेन्द्र शाहलाई गाली गरेर लोकप्रिय भइन्छ भन्ने भ्रम त्याग्नुहोस्

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका नाममा एक खुलापत्र लेख्दै पूर्व राजा ज्ञानेन्द्र शाहको आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

अध्यक्ष थापाले ज्ञानेन्द्र शाहको आलोचना गरेमा लोकप्रिय भइन्छ भन्ने भ्रम त्याग्न पनि नेपाललाई सुझाव दिएका छन् । पत्रमा उनले लेखेका छन् –'२०६२–६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लङ्घन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको सङ्घीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रूपान्तरण भएको छ। '

थापाले अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशीर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हाबी भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । 

यस्तो छ माधव नेपाललाई कमल थापाको खुलापत्र

प्रिय माधव जी, राजालाई चुनाव लड्न आऊ भन्नु भएको समाचार सुने। डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनु भएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट पूर्व प्रधानमन्त्री समेत भैसकेको तपाईं अझै मुक्त हुन नसकेको देख्दा उदेक लागेको छ।

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लङ्घन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको सङ्घीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रूपान्तरण भएको छ। ललिता निवास जग्गाकाण्ड, सुनतस्करी र नक्कली भुटानी शरणार्थी काण्ड लगायतका दर्जनौँ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्। शायद तपाईंको पनि नाम मुछिएको छ।

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशीर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हाबी भएको छ।

देशभित्र सामान्य जागिर नपाएर लाखौं युवाहरू बिदेसिन बाध्य भएका।

धर्म परिवर्तनको डढेलोले देश आक्रान्त भएको छ।

यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन्। नैतिक शक्ति बोकेको साझा अभिभावकको रूपमा राजसंस्था खोजेका छन्। त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ।

वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला। तपाईँलाई त्यस्तो धारणा राख्ने अधिकार भए जस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ।

यदी तपाईलाई सङ्घीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न । हिन्दु राष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र सङ्घीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्ने बारे जनमत संग्रह गरौँ। सँधैको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ हुन्छ जनमत सङ्ग्रह गर्न ? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी।

तपाईँको मित्र - कमल थापा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy