Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

माधव नेपाललाई थापाको खुलापत्र– ज्ञानेन्द्र शाहलाई गाली गरेर लोकप्रिय भइन्छ भन्ने भ्रम त्याग्नुहोस्

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका नाममा एक खुलापत्र लेख्दै पूर्व राजा ज्ञानेन्द्र शाहको आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

अध्यक्ष थापाले ज्ञानेन्द्र शाहको आलोचना गरेमा लोकप्रिय भइन्छ भन्ने भ्रम त्याग्न पनि नेपाललाई सुझाव दिएका छन् । पत्रमा उनले लेखेका छन् –'२०६२–६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लङ्घन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको सङ्घीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रूपान्तरण भएको छ। '

थापाले अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशीर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हाबी भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । 

यस्तो छ माधव नेपाललाई कमल थापाको खुलापत्र

प्रिय माधव जी, राजालाई चुनाव लड्न आऊ भन्नु भएको समाचार सुने। डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनु भएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट पूर्व प्रधानमन्त्री समेत भैसकेको तपाईं अझै मुक्त हुन नसकेको देख्दा उदेक लागेको छ।

२०६२/६३ को आन्दोलन दरबारसँग सम्झौता गरेर टुङ्गिएको घटनाको तपाईं स्वयं साक्षी हुनुहुन्छ। राजा ज्ञानेन्द्रबाट २०६३ बैशाख ११ गते राती भएको घोषणाको मस्यौदाकार मध्ये तपाईं पनि एक हुनुहुन्छ। त्यसबेला राजासँग भएको भद्र सहमतिको उल्लङ्घन गरेर विदेशीको दबाब र प्रभावमा षड्यन्त्रपूर्वक राजसंस्था पाखा लगाएर खडा गरिएको सङ्घीय गणतन्त्र अहिले भ्रष्ट व्यवस्थामा रूपान्तरण भएको छ। ललिता निवास जग्गाकाण्ड, सुनतस्करी र नक्कली भुटानी शरणार्थी काण्ड लगायतका दर्जनौँ भ्रष्टाचार काण्डमा स्वयं प्रधानमन्त्री, मन्त्री र सरकार नै संलग्न रहेका छन्। शायद तपाईंको पनि नाम मुछिएको छ।

अहिले चुनाव लड्न, सत्तामा पुग्न र पुगेपछि सरकार टिकाउन विदेशीको नेपालमा आशीर्वाद र सहयोग लिने आत्मसमर्पणवादी प्रवृत्ति हाबी भएको छ।

देशभित्र सामान्य जागिर नपाएर लाखौं युवाहरू बिदेसिन बाध्य भएका।

धर्म परिवर्तनको डढेलोले देश आक्रान्त भएको छ।

यो अवस्थामा जनताले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति खोजेका छन्। नैतिक शक्ति बोकेको साझा अभिभावकको रूपमा राजसंस्था खोजेका छन्। त्यसैले राजसंस्थाको लोकप्रियता बढेको छ।

वंश परम्परामा आधारित राजसंस्था तपाईंलाई मन नपरेको होला। तपाईँलाई त्यस्तो धारणा राख्ने अधिकार भए जस्तै राजासहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ भन्ने अधिकार हामीलाई पनि छ।

यदी तपाईलाई सङ्घीय गणतन्त्र र धर्मनिरपेक्षता साह्रै लोकप्रिय छ, जनताले खोजेका छन् भन्ने लाग्छ भने एकपटक यो विषयमा जनतालाई नै सोधौँ न । हिन्दु राष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र सङ्घीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्ने बारे जनमत संग्रह गरौँ। सँधैको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत संग्रहको प्रावधान छ। तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ। सक्नुहुन्छ हुन्छ जनमत सङ्ग्रह गर्न ? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी।

तपाईँको मित्र - कमल थापा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending