गलकोट । सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु एक सयका दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’ मा रु तीन लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए ।
“परीक्षणका लागि छ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए”, खड्काले भने, ‘अहिले दसैँ खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ ।” सुन्तला गाउँका रुपमा परिचय कमाउँदै आएको बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रिबाटै रु तीन करोड वार्षिक रुपमा गाउँ भित्रिँदै आएको छ । अगुवा सुन्तला किसान टोपबहादुर खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन् ।
खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन् । तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ । सामान्यत: सुन्तलाको सिजन मङ्सिरबाट सुरु भए पनि उहाँले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ ।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ । उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन् ।
अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन् । “बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो”, खड्काले भने, “मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।”
बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताउनुभयो । विसं २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन् । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ ।
नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन् । खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन् । खड्काले पाँच रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...
पौष ७ गते, २०८२ - ११:३३
सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...
पौष ७ गते, २०८२ - ११:११
काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...
पौष ७ गते, २०८२ - ११:०३
काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...




प्रतिकृया लेख्नुहोस्: