Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

चुनावमा धाँधली गरेको प्रमाण भेटियो, एनआरएनए बद्री समूहको औचित्य समाप्त

खबरडबली संवाददाता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको चुनावमा धाँधली भएको बलियो प्रमाण भेटिएको छ । अनलाइन भोटिङमा धाँधली गरेर अध्यक्षमा बद्री केसी विजयी भएको घोषणा गरिएको भन्ने प्रतिस्पर्धी दाबीलाई बल प्रदान गरेको छ ।

घोषणा गरिएको मत परिणामअनुसार बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको देखाएको छ । यो फेक भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सिस्टममै धाँधली भएको प्रमाण महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएको छ । जबकी उनलाई सबैभन्दा बढी मत खसेको दाबी गरिएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खस्दा एक मत पनि नखस्नु भनेको धाँधली भएको नै भएको पौडेलले दाबी गरेका छन् ।

त्यसैगरी अध्यक्षका प्रत्यासी आरके शर्माले केसीले सिस्टम ह्याक गरी आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । उनले संघको शून्यमा पुगेको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए ।

त्यस्तै, अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै गम्भीर छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन् । पराजित मात्रै होइनन् उपाध्यक्षमा विजयी खगेन्द्र न्यौपानेले पनि चुनावमा धाँधली भएको बताए । निष्पक्ष देखाउन आफूलाई निश्पक्ष देखाउन जिताइएको बताउँदै स्वीकार नगर्ने बताउँदै निष्पक्ष छानविनको माग समेत गरे ।

योसँगै एनआरएनए बद्री समूहको औचित्य समाप्त भएको दाबी गरिएको छ । अब यो दुई समूहमा विभाजन हुन सक्ने बताइएको छ । पराजित बनाइएका आरके र महेश पक्षबीच अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल सुरु भएको छ । धाँधलीको निष्पक्ष छानविन नगरिए अर्को कार्यसमिति गठन गर्ने सम्मको छलफल भएको छ ।

केसीले सिस्टम ह्याक गरेरै भएपनि आफूलाई विजयी घोषणा गर्ने विनोद कुँवर पक्षले लगाएको आरोप पुष्टि भएको छ । सो पक्षका दिपेश खत्रिले अनलाइन भोटिङ सिस्टम केसीकै पहुँचमा रहेको उनले आफ्नो अनुकुलताको परिणाम सार्वजनिक गर्ने दाबी गर्दै आएका थिए । 

केसीले भेरो नामक अनलाइन सिस्टम नै ह्याक गरेर आफूलाई विजयी घोषणा गर्न लगाएको आरोप लागेसँगै निष्पक्ष निर्वाचनमाथि नै प्रश्न उठेको छ । चुनाव जित्नेको लागि धाँधलीको आरोप अहिलेमात्रै होइन केसी उपाध्यक्ष र महासचिव हुँदादेखि नै  उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

केसीले महासचिवमा आफू निकट गौरीराज जोशी निर्वाचित गराएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending