Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

पछिल्लो तीन महिनामा बैदेशीक राेजगारमा गएका तीन सय नेपालीको विदेशमै मृत्यु

डेढ दशकमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो

खबरडबली संवाददाता

काठमाडौं । यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ ।  रोजगारीका लागि विदेश गएका तीनसय तीन नेपालीले गएको तीनम हिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

धन कमाउन विदेशिएका ती नेपाली महिला र पुरुषका शव लामो प्रकृया झेल्दै स्वदेश ल्याएर परिवारलाई बुझाईएको छ । यस किसिमको घटनामाकुनै कमी आउन सकेको देखिँदैन ।वितेका करिब डेढ दशकमा बाह्र हजार पाँच सय ३९ जना नेपालीको वैदेशिक रोजगारीकै क्रममा ज्यान गइसकेको बोर्डको तथ्याङ्क छ ।  वैदेशिक रोजगार बोर्डले दिएको तथ्यांक अनुसार, औपचारिक र अनौपचारिक बाटोबाट विभिन्न देशमा गएका नेपाली युवाको संख्या करिब २० लाख रहेको छ ।

मेन पावर कम्पनीहरुले अनौपचारिक मार्गबाट पठाएका र व्यक्तिगत सम्पर्कका आधारमा विदेशिएका व्यक्तिहरुको कुनै पनि तथ्यांक बोर्डसँग नभएको बोर्डका अधिकृत आशिष भण्डारीले बताए । गएको आर्थिक वर्षमा १२ सय ४६ जनाले ज्यान गुमाउँदा त्यसमा ४६ जना महिला परेका छन् । आर्थिक वर्ष ७८—७९ माजम्मा १५ सय १० जनाले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । त्यसमा महिलाको संख्या ४७  रहेकाे छ । 

त्यसअघिआर्थिक वर्ष ७१—७२ मा एक हजार छ जनाले रोजगारीकै क्रममा ज्यान गुमाएका थिए ।  यसरी वितेका १४ वर्षमा झण्डै १३ हजार नेपालीलाई परिवारले सदाका लागि विदा गर्नु परेको छ । त्यसरी ज्यान गुमाएका नेपालीको शव वैदेशिक रोजगार वोर्डले नेपाल ल्याउने र परिवारलाई बुझाउने गर्दै आएको वोर्डले जनाएको छ ।  अझै त्यसमाश्रम स्वीकृतिनलिई गएका नेपालीको कुनै अभिलेख छैन् ।

वोर्डले मृतकको शव नेपालझिकाउने, शवढुवानी गर्ने, मृतक कामदारका नजिकको हकवालालाई आर्थिक सहायता दिन, बिरामी वा अंगभंग हुँदा पाईने आर्थिक सहायता दिने जस्ता कार्य नियमित रुपमा गरिरहको निर्देशक सीता दुवाडीले बताईन्।

यसका साथै, कामदारको परिवारका सदस्यलाई अल्जाईमर, मृगौला फेल, क्यान्सर, मुटुसम्बन्धी रोग र पार्किन्सन रोग भएमा औषधि उपचार पनि वोर्डले उपलव्ध गराईरहेको निर्देशक दुवाडीले जानकारी दिईन् ।

दिवंगत कामदारका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति पनि वोर्डले उपलव्ध गराउँदै आएको छ । दुर्घटनामा परेका र वेपत्ता भएका कामदारको खोजी गर्ने, पीडितलाई कानूनी सहायता उपलव्ध गराउने र आश्रित महिलाहरुलाई सीपमूलक तालिम पनि दिईने गरेको निर्देशक दुवाडीको भनाई छ । 

यसरी कामदारका आश्रित परिवारलाई सहायता गर्दा अहिले सम्म ४ अर्ब ६८ करोड खर्च भैसकेको बोर्डले जनाएको छ। करिब ५ अर्ब ३५ करोड रुपैंयाँ वोर्डको कोषमा सञ्चित रहेको अधिकृत भण्डारीले बताए । रोजगारीको लागि विभिन्न देश जाने कामदारले एक पटक श्रमस्वीकृति लिँदा वोर्डलाई शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ।

दक्षिण कोरिया जानेले प्रत्येक एकपटकमा २५ सय र अन्य देशका लागि भने १५ सय शुल्क तिरिरहेका छन् । यही रकम कोषमा जम्मा गरेर कामदारका परिवारलाई राहत उपलव्ध गराउने गरिएको वोर्डले जनाएको छ।
विदेशमा मृत्यु भएका कामदारको शव ल्याउने कार्यमा अनावश्यक विलम्व हुने गरेको पीडित परिवारले गुनासो गर्ने गरेका छन् । साथै कामदारहरुको क्षमता र दक्षता परीक्षण गर्दा पनि विज्ञ व्यक्तिहरुले स्थलगत अध्ययनन गरी सतही अध्ययनका भरमा स्वीकृतिदिने गरिएको उनीहरुको भनाई छ । स्वास्थ्य परीक्षणको प्रमाणपत्रको सत्यता परीक्षण नहुने, मेन पावर कम्पनीको दवाव र प्रभावले पनि कतिपय बिषय ढाकछोपमा पर्ने गरेको जानकारहरु बनाउँछन्।
यसैगरी कामदारका आश्रित परिवारलाई उपलव्ध गराईएको नगद सहायता रकमको उपयोग कसरी गरिएको छ भनेर स्थलगत अनुगमन हुन नसकेको कोरियन भाषा प्रशिक्षक अनुप प्रधानले औंल्याए।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending