Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

पछिल्लो तीन महिनामा बैदेशीक राेजगारमा गएका तीन सय नेपालीको विदेशमै मृत्यु

डेढ दशकमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो

खबरडबली संवाददाता

काठमाडौं । यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ ।  रोजगारीका लागि विदेश गएका तीनसय तीन नेपालीले गएको तीनम हिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

धन कमाउन विदेशिएका ती नेपाली महिला र पुरुषका शव लामो प्रकृया झेल्दै स्वदेश ल्याएर परिवारलाई बुझाईएको छ । यस किसिमको घटनामाकुनै कमी आउन सकेको देखिँदैन ।वितेका करिब डेढ दशकमा बाह्र हजार पाँच सय ३९ जना नेपालीको वैदेशिक रोजगारीकै क्रममा ज्यान गइसकेको बोर्डको तथ्याङ्क छ ।  वैदेशिक रोजगार बोर्डले दिएको तथ्यांक अनुसार, औपचारिक र अनौपचारिक बाटोबाट विभिन्न देशमा गएका नेपाली युवाको संख्या करिब २० लाख रहेको छ ।

मेन पावर कम्पनीहरुले अनौपचारिक मार्गबाट पठाएका र व्यक्तिगत सम्पर्कका आधारमा विदेशिएका व्यक्तिहरुको कुनै पनि तथ्यांक बोर्डसँग नभएको बोर्डका अधिकृत आशिष भण्डारीले बताए । गएको आर्थिक वर्षमा १२ सय ४६ जनाले ज्यान गुमाउँदा त्यसमा ४६ जना महिला परेका छन् । आर्थिक वर्ष ७८—७९ माजम्मा १५ सय १० जनाले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । त्यसमा महिलाको संख्या ४७  रहेकाे छ । 

त्यसअघिआर्थिक वर्ष ७१—७२ मा एक हजार छ जनाले रोजगारीकै क्रममा ज्यान गुमाएका थिए ।  यसरी वितेका १४ वर्षमा झण्डै १३ हजार नेपालीलाई परिवारले सदाका लागि विदा गर्नु परेको छ । त्यसरी ज्यान गुमाएका नेपालीको शव वैदेशिक रोजगार वोर्डले नेपाल ल्याउने र परिवारलाई बुझाउने गर्दै आएको वोर्डले जनाएको छ ।  अझै त्यसमाश्रम स्वीकृतिनलिई गएका नेपालीको कुनै अभिलेख छैन् ।

वोर्डले मृतकको शव नेपालझिकाउने, शवढुवानी गर्ने, मृतक कामदारका नजिकको हकवालालाई आर्थिक सहायता दिन, बिरामी वा अंगभंग हुँदा पाईने आर्थिक सहायता दिने जस्ता कार्य नियमित रुपमा गरिरहको निर्देशक सीता दुवाडीले बताईन्।

यसका साथै, कामदारको परिवारका सदस्यलाई अल्जाईमर, मृगौला फेल, क्यान्सर, मुटुसम्बन्धी रोग र पार्किन्सन रोग भएमा औषधि उपचार पनि वोर्डले उपलव्ध गराईरहेको निर्देशक दुवाडीले जानकारी दिईन् ।

दिवंगत कामदारका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति पनि वोर्डले उपलव्ध गराउँदै आएको छ । दुर्घटनामा परेका र वेपत्ता भएका कामदारको खोजी गर्ने, पीडितलाई कानूनी सहायता उपलव्ध गराउने र आश्रित महिलाहरुलाई सीपमूलक तालिम पनि दिईने गरेको निर्देशक दुवाडीको भनाई छ । 

यसरी कामदारका आश्रित परिवारलाई सहायता गर्दा अहिले सम्म ४ अर्ब ६८ करोड खर्च भैसकेको बोर्डले जनाएको छ। करिब ५ अर्ब ३५ करोड रुपैंयाँ वोर्डको कोषमा सञ्चित रहेको अधिकृत भण्डारीले बताए । रोजगारीको लागि विभिन्न देश जाने कामदारले एक पटक श्रमस्वीकृति लिँदा वोर्डलाई शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ।

दक्षिण कोरिया जानेले प्रत्येक एकपटकमा २५ सय र अन्य देशका लागि भने १५ सय शुल्क तिरिरहेका छन् । यही रकम कोषमा जम्मा गरेर कामदारका परिवारलाई राहत उपलव्ध गराउने गरिएको वोर्डले जनाएको छ।
विदेशमा मृत्यु भएका कामदारको शव ल्याउने कार्यमा अनावश्यक विलम्व हुने गरेको पीडित परिवारले गुनासो गर्ने गरेका छन् । साथै कामदारहरुको क्षमता र दक्षता परीक्षण गर्दा पनि विज्ञ व्यक्तिहरुले स्थलगत अध्ययनन गरी सतही अध्ययनका भरमा स्वीकृतिदिने गरिएको उनीहरुको भनाई छ । स्वास्थ्य परीक्षणको प्रमाणपत्रको सत्यता परीक्षण नहुने, मेन पावर कम्पनीको दवाव र प्रभावले पनि कतिपय बिषय ढाकछोपमा पर्ने गरेको जानकारहरु बनाउँछन्।
यसैगरी कामदारका आश्रित परिवारलाई उपलव्ध गराईएको नगद सहायता रकमको उपयोग कसरी गरिएको छ भनेर स्थलगत अनुगमन हुन नसकेको कोरियन भाषा प्रशिक्षक अनुप प्रधानले औंल्याए।

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy