नवलपुर। नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१७ झरहीखोलामा नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार ९६१८ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का २६ वर्षीय दिनेश गिरीको उपचारका क्रममा देवचुली नगर अस्पताल दुम्कौलीमा मृत्यु भएको हो ।
दुर्घटनामा सोही मोटरसाइकल पछाडि सवार रामेछापको मन्थली नगरपालिका–७ का २६ वर्षीय डम्बरबहादुर माझी, तथा अर्को मोटरसाइकलका चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का ३४ वर्षीय रोहन पन्थी र पछाडि सवार तिलोत्तमा नगरपालिका–१६ का २५ वर्षीय अमृत आचार्य घाइते भएका छन् ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोला स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना महिला घाइते भएका छन् । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ६५ डीटी २७८० नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।
बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका हुन् । घाइते हुनेहरूमा भारत महाराष्ट्रकी ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुशिला जिसिमुख, ५८ वर्षीया सङ्गीता बिसिनेत, ४७ वर्षीया भासुली कादम, ४८ वर्षीया रेखा टाउरे र ४५ वर्षीया योगिता बलेरौ रहेका छन् ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबास लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ । बसका चालक भारत आजमगढ जिल्लाका ४९ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ११:१२
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको द...
जेष्ठ १४ गते, २०८३ - १०:४६
बाजुरा। बाजुराको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३ बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएक...
जेष्ठ १४ गते, २०८३ - १०:३२
नवलपुर। नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत देव...
जेष्ठ १३ गते, २०८३ - १८:००
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...
जेष्ठ १३ गते, २०८३ - १७:४८
काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...
जेष्ठ १३ गते, २०८३ - १७:४१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...
जेष्ठ १३ गते, २०८३ - १७:२६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...
जेष्ठ १३ गते, २०८३ - १७:१५
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...
जेष्ठ १३ गते, २०८३ - १७:०२
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...
जेष्ठ १३ गते, २०८३ - १६:४६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...



प्रतिकृया लेख्नुहोस्: