Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

आमाबुवा बितेपछि चार छोराको बिचल्ली

'बालकको शिक्षादीक्षाका लागि नगरपालिकाले आवश्यक पहल र सहयोग गर्ने'

खबरडबली संवाददाता

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरका चार दाजुभाइ अभिभावक विहीन भएका छन् । एक वर्ष अघि आमा र केही दिन अघि बाबुकाे मृत्यु भए पछि चार दाजुभाइ अभिभावक विहीन भएका हुन् ।

गत वर्षको दसैँको नवमीका दिन ४१ वर्षीया गीता बसेलले आत्महत्या गरिन् । उनका श्रीमान् ४६ वर्षीय भक्तबहादुर बसेलको पनि श्रीमतीको निधन भएको एक वर्ष नपुग्दै गत असोज १७ गते जन्डिस रोगबाट निधन भयो । उनीहरूका चार छोरा अहिले  बिचल्लीमा परेका छन् । 

आमाको आत्महत्यापछि जसोतसो छोराहरूको संरक्षण र पठनपाठन गराउँदै आएका भक्तबहादुरको पनि मृत्यु भएपछि छोराहरू संरक्षणविहीन बनेका छन् । १८ वर्षका लेखबहादुर, १६ वर्षका सञ्जीव, १२ वर्षका सरोज र आठ वर्षका सन्दीप बसेल अभिभावकविहीन बनेका हुन् । 

कच्ची घर र गोठ, घरमुनि अलिकति बारी रहेको यो परिवारको जीवनयापन नै कठिन बनेको छ । त्यही बारी पनि सहकारी संस्थामा राखेर आफन्तले ऋण झिकेका छन् । गीता बसेलले आत्महत्या गर्नुको कारण पनि सहकारी संस्थाको ऋण र आफ्नो बारी जाने अवस्थामा रहेको हुन सक्ने स्थानीयको अनुमान छ । बसेल दाजुभाइसँग ऋण चुक्ता गर्ने  र बारी फिर्ता ल्याउने कुनै उपाय छैन । 

लेखबहादुरले कक्षा ५ र सञ्जीवले कक्षा ७ सम्म पढेर छोडेका छन् । साहिँलो र कान्छो भाइ कक्षा ५ र ३ मा पढ्दै छन् । बुवाआमा दुवै बितेपछि जेठो १८ वर्षीय लेखबहादुरको काँधमा अब तीन भाइलाई हुर्काउने, बढाउने र पढाउने जिम्मा आइपरेको छ । लेखबहादुरको इच्छा पनि भाइहरूलाई राम्रो शिक्षा दिने छ तर आफैँ के गरी जीवन अगाडि बढाउने भन्नेमा लेखबहादुर स्पष्ट छैनन् ।

एक वर्षको फरकमा बाबा आमा दुवैजना गुमाउनुकाे पिडा हुँद हुँदै पनि बुवाआमाको काज किरिया पनि ऋण गरेर र सहयोग मागेर जसोतसो गरिएकाे उनले बताए । 
उनलाइ अब भाइहरूको लालनपालन र पढाइ कसरी गर्ने भन्ने चिन्ता रहेकाे छ । यस्तो बेला कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको चाहना छ । भएका लुगाफाटा पनि बुवा बितेपछि फालेकाले अहिले ओढ्ने ओछ्याउने कपडासमेत नरहेको उनले बताउनुभयो । 

यी चार बालकका एक्ली हजुरआमा ९० वर्षीया काली सर्किनी छुट्टै घरमा बस्छिन । ठुला बा र माहिला बा पहिल्यै भिन्न भएर बसेका उनले बताए । 

भाइको  किरियाकर्म गरुन्जेल गाउँले दाजुभाइ जम्मा भएर गाउँमा रहेको समूहले एकएक सय रुपियाँ चन्दा उठाउँदै सहयाेग गरिएकाे र स्थानीय समाजसेवीकाे सहयाेगले पनि काजकिरीया सकिएकाे चार भाइका माइलो बुवा जोठे सार्कीले बताए । 

अलि हुर्किएका दुई भाइ श्रम गरेरै भने पनि ज्यान पाल्नसक्ने भए पनि साना दुई भाइको भने अवस्था बिजोग रहेको स्थानीय समाजसेवी शङ्कर थापाले बताए । यति बेला  उनीहरूको जीवन चलाउने आधार नै नभएकाे थापाले बताए । उनीहरूलाई कुनै संरक्षण केन्द्रले लगेर शिक्षादीक्षाको व्यवस्था मिलाइदिए जीवन बन्ने थापाकाे भनाइ छ। 

बुवाआमा दुवै गुमाएर बिचल्लीमा परेका चार बालकलाई मन्थली नगरपालिकाले आवश्यकताका आधारमा तत्कालका लागि खाद्यान्न र आर्थिक व्यवस्था गरेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए । पीडामा रहेको यो परिवारलाई नगरपालिकाले तत्कालका लागि खाद्यान्न र नगदको पनि व्यवस्था गरेको र बालकको शिक्षादीक्षाका लागि नगरपालिकाले आवश्यक पहल र सहयोग गर्ने श्रेष्ठकाे भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending