काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
आज शनिबार फूलपातीका दिन शुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो ।
मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र रहेका रूढीवाद, अन्धविश्वासलाई समयानुकूल परिवर्तन गर्न प्रतिबद्ध रहेको पनि बताए ।
लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती भएको भन्दै देशलाई समृद्धितर्फ लैजान सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी भएको बताए ।
सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको भन्दै सरकारको यो प्रयासमा सम्पूर्ण जनताको ऐक्यवद्धता महत्वपूर्ण भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - ०९:४५
भैरहवा । भैरहवामा २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको डिभ...
कार्तिक २५ गते, २०८१ - ०९:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइदै छन् । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतल...
कार्तिक २४ गते, २०८१ - २०:४६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसको संयुक्त सरकाले देशलाई फेरि अँध्यारो युगतर...
कार्तिक २४ गते, २०८१ - १०:०८
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा समस...
कार्तिक २४ गते, २०८१ - १०:००
भैरहवा । २५औं संस्करणको रुपन्देही सुपरलिग शनिबारदेखि हुने भएको छ । मुलुकमै जिल्लास्तरमा ५० ओभरको लिग रुपन्देहीमा मात्रै आयोजना हुँदै आएको छ । २४ वटा स...
कार्तिक २४ गते, २०८१ - ०९:५९
काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङम...
कार्तिक २४ गते, २०८१ - ०९:५५
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। शंकरका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो। उनी...
कार्तिक २४ गते, २०८१ - ०९:०२
काठमाडाौं । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँ...
कार्तिक २४ गते, २०८१ - ०८:३५
सुनसरी । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि...
कार्तिक २४ गते, २०८१ - ०७:५५
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिवार बिहान ११ बजे ललितपुरको...
प्रतिकृया लेख्नुहोस्: