काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा चार्टर उडानको अनुमति दिने अधिकार सम्बन्धित विमानस्थललाई प्रत्यायोजन गरेको छ ।
कार्तिक ४ देखि ९ गतेसम्म दसैँ र कार्तिक २६ देखि ३० गतेसम्म तिहारको उपलक्ष्यमा नेपाल सरकारद्वारा प्रदान गरिएको सार्वजनिक बिदा पर्न जाने हुनाले सो अवधिमा प्राधिकरण बन्द रहने हुँदा प्रधान कार्यालयबाट प्रदान गरिने चार्टर उडानको अनुमतिको लागि विमानस्थललाई अधिकार दिएको हो ।
यसअघि दुर्घटना न्यूनीकरणका लागि प्रधान कार्यालयबाट चार्टर उडानको अनुमति दिँदै आइएको थियो ।
यस्तो छ हवाई यातायात विभागले जारी गरेको विज्ञप्तिअनुसारको निर्णय :
(१) गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्गम हुन आन्तरिक (Fixed wing & Rotor Wing) तथा अन्तर्राष्ट्रिय चार्टर उडानहरुसम्बन्धित विमानस्थलबाट लिने ।
(२) नेपालगंज, सुर्खेत र धनगढी विमानस्थलबाट उद्गम हुने आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडानहरुको अनुमति नेपालगंज नागरिक उड्डयन कार्यालयबाट लिने ।
(३) तेञ्जिङ्ग हिलारी विमानस्थल र सो क्षेत्रमा हुने आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडानको अनुमति तेञ्जिङ्ग हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयबाट लिने ।
(४) त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय चार्टर (यात्रु कार्गो, Diplomatic Medical, Overfly & Air Ambulance) तथा आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडान (सिलिङ्ग तथा पुष्पवृष्टि बाहेक), हेलिकप्टरको निषेधित क्षेत्रको उडान तथा अन्य नेपाली वायुक्षेत्रमा हुने चार्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट अनुमति लिने ।
(५) नेपाली वायुक्षेत्रमा हुने उडान अनुमति सम्बन्धमा कुनै दुविधा भएमा प्रधान कार्यालय, हवाई यातायात विभागमा सम्पर्क गर्ने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: