Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तयार भयाे जापान कोटेश्वर-जडीबुटी खण्डका सुरुङ र फ्लाइओभर बनाउन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन । जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि अब यो परियोजना अघि बढ्न सक्ने अवस्थामा पुगेको छ ।

त्यसैअनुसार सरकारले जडीबुटी-कोटेश्वर-तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी ऋण सम्झौता गर्ने गृहकार्य गरिरहेको सडक विभागको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले बताए ।

कोटेश्वरमा बिहान-बेलुकीको पिक आवरमा यातायात साधनहरू जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो । सरकारले जाइकाले कोटेश्वरमा दिएको तीन प्राविधिक विकल्पमध्ये एउटा रोजेको उपमहानिर्देशक जैसीले बताए । विभागले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोक सहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो ।

जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरू थिए । तीनकुनेपट्टबिाट बालकुमारी जाने रिंगरोडमा ९ अर्ब लागतमा १.३ किलोमिटर फ्लाइओभर बनाउने पहिलो विकल्प थियो । कोटेश्वर चोक वारपार गर्ने गरी २४ अर्ब १.२ किलोमिटरको दुईतर्फी सुरुङमार्ग बनाउन सकिने दोस्रो विकल्प थियो ।

फ्लाइओभर सहित तीनकुने-जडीबुटी दुईतर्फी सुरुङमार्ग तेस्रो विकल्प थियो । करिब २४ अर्ब लागतको यो परियोजना तयार गर्दा रिंगरोडको आवतजावत रोकावटरहित हुने जाइकाको अध्ययनले देखाएको थियो । यही तेस्रो विकल्प रोज्दै सरकारले जाइकासँग यसका लागि ऋण लिन तयारी गरिरहेको हो ।

‘नागढुंगा सुरुङमार्गको काम अब सकिने चरणमा पुग्दा जाइकासँग कोटेश्वर-जडीबुटी खण्डको सुरुङमार्ग परियोजना अघि बढाउन लागेका छौं’ उनले भने, ‘कोटेश्वरको जाम हटाउने गरी तयार भएको अवधारणालाई जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढाउन खोजेका हौं ।’ जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसैअनुसार जाइकाले अन्तिम प्रतिवेदन दिएको छ । सोही अनुसार अब छिट्टै ऋण सम्झौता हुने विकास सहायता महाशाखा प्रमुख जैसीले बताए ।

उपमहानिर्देशक जैसीका अनुसार मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने छ । जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ । यो सुरुङ विमानस्थलको रनवे-सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि भएर खनिनेछ ।

सुरुङले रन-वे तर्फको भाग छुने छैन । तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ ।

‘सुरुङ खन्न दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले केही शर्तहरू राखेको छ, सुरुङ खन्न नदिने भनेको छैन’ जैसीले भने, ‘अहिलेसम्म चर्चा मात्रै भएको यो सुरुङमार्ग अब बन्छ ।’ सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारको परियोजनामा नेपालले जाइकाको प्रस्ताव अस्वीकार गरेपछि जापान सरकारले नागढुंगा सुरुङमार्गपछि ठूलो सडक परियोजनामा लगानी गरेको छैन ।

जापानले सन् २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन । १६ किलोमिटर सडक विस्तारको योजनाअघि बढाउन अध्ययन गर्दागर्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना महँगो गराएको भन्दै जाइकासँग असन्तुष्टि राखेका थिए । त्यसपछि जाइकाले सडकका नयाँ परियोजनाबारे छलफल अघि बढाउन इच्छा देखाएको थिएन ।

अब भने जाइकासँग विश्वासको वातावरण बनेको र कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग सहितको पूर्वाधार बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending