Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

तयार भयाे जापान कोटेश्वर-जडीबुटी खण्डका सुरुङ र फ्लाइओभर बनाउन

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउकोदुखाइ बनिरहेको कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने भएको छ । यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन । जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि अब यो परियोजना अघि बढ्न सक्ने अवस्थामा पुगेको छ ।

त्यसैअनुसार सरकारले जडीबुटी-कोटेश्वर-तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी ऋण सम्झौता गर्ने गृहकार्य गरिरहेको सडक विभागको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले बताए ।

कोटेश्वरमा बिहान-बेलुकीको पिक आवरमा यातायात साधनहरू जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो । सरकारले जाइकाले कोटेश्वरमा दिएको तीन प्राविधिक विकल्पमध्ये एउटा रोजेको उपमहानिर्देशक जैसीले बताए । विभागले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोक सहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो ।

जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरू थिए । तीनकुनेपट्टबिाट बालकुमारी जाने रिंगरोडमा ९ अर्ब लागतमा १.३ किलोमिटर फ्लाइओभर बनाउने पहिलो विकल्प थियो । कोटेश्वर चोक वारपार गर्ने गरी २४ अर्ब १.२ किलोमिटरको दुईतर्फी सुरुङमार्ग बनाउन सकिने दोस्रो विकल्प थियो ।

फ्लाइओभर सहित तीनकुने-जडीबुटी दुईतर्फी सुरुङमार्ग तेस्रो विकल्प थियो । करिब २४ अर्ब लागतको यो परियोजना तयार गर्दा रिंगरोडको आवतजावत रोकावटरहित हुने जाइकाको अध्ययनले देखाएको थियो । यही तेस्रो विकल्प रोज्दै सरकारले जाइकासँग यसका लागि ऋण लिन तयारी गरिरहेको हो ।

‘नागढुंगा सुरुङमार्गको काम अब सकिने चरणमा पुग्दा जाइकासँग कोटेश्वर-जडीबुटी खण्डको सुरुङमार्ग परियोजना अघि बढाउन लागेका छौं’ उनले भने, ‘कोटेश्वरको जाम हटाउने गरी तयार भएको अवधारणालाई जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढाउन खोजेका हौं ।’ जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । त्यसैअनुसार जाइकाले अन्तिम प्रतिवेदन दिएको छ । सोही अनुसार अब छिट्टै ऋण सम्झौता हुने विकास सहायता महाशाखा प्रमुख जैसीले बताए ।

उपमहानिर्देशक जैसीका अनुसार मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने छ । जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ । यो सुरुङ विमानस्थलको रनवे-सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि भएर खनिनेछ ।

सुरुङले रन-वे तर्फको भाग छुने छैन । तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ ।

‘सुरुङ खन्न दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले केही शर्तहरू राखेको छ, सुरुङ खन्न नदिने भनेको छैन’ जैसीले भने, ‘अहिलेसम्म चर्चा मात्रै भएको यो सुरुङमार्ग अब बन्छ ।’ सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारको परियोजनामा नेपालले जाइकाको प्रस्ताव अस्वीकार गरेपछि जापान सरकारले नागढुंगा सुरुङमार्गपछि ठूलो सडक परियोजनामा लगानी गरेको छैन ।

जापानले सन् २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन । १६ किलोमिटर सडक विस्तारको योजनाअघि बढाउन अध्ययन गर्दागर्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना महँगो गराएको भन्दै जाइकासँग असन्तुष्टि राखेका थिए । त्यसपछि जाइकाले सडकका नयाँ परियोजनाबारे छलफल अघि बढाउन इच्छा देखाएको थिएन ।

अब भने जाइकासँग विश्वासको वातावरण बनेको र कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग सहितको पूर्वाधार बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending