सङ्खुवासभा । उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिनुभएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्ने चिन्ताले सताएको छ । इटहरी बस्दै आउनुभएका भोटेलाई राष्ट्रिय राजमार्गको दुरावस्थाका कारण दसैँमा घर नपुगिने हो कि भन्ने चिन्ता बढेको हो ।
सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि मकालु गाउँपालिकाको नुमसम्मको सडक हिलाम्मे भएका कारण सवारीसाधन नचल्दा उनी जस्तै धेरैलाई चिन्ता बढेको छ । ठाउँ ठाउँको कच्ची सडक हिलाम्मे तथा जोखिमपूर्ण भएकै कारण आवागमनमा समस्या छ ।
बिच बाटोमै सवारीसाधन रोकिएपछि यात्रु अलपत्र पर्ने गरेको मकालु गाउँपालिकाका अर्का यात्रु गजेन्द्र राईको भनाइ छ । “त्यहीँको त्यहीँ गाडी फस्छ र रोकिन्छ । हिँडेर जाने सम्भावना छैन । घर पुग्नै मुस्किल भयो,” उनले भने ।
साँघुरो सडकमा अरुण तेस्रो जलविद्युत् आयोजनाका ठुला मालवाहक सवारीसाधन फँसेपछि घण्टौँ जाम हुने गरेको छ । कतिपय ठाउँमा त्यस्ता सवारीसाधन बिच बाटोमै बिग्रिने हुँदा पनि लामो समयसम्म बाटोमै बस्नुपर्ने बाध्यता छ । हिलाम्मे सडकमा बिग्रिएका सवारीसाधन मर्मत नभएसम्म पर्खिनुपर्ने बाध्यता छ । खाँदबारीदेखि नुमसम्मको करिब ४० किलोमिटर सडकमा थुप्रै स्थानमा रोकिनुपर्ने बाध्यता छ । बाटोमा अवरोध र समस्याका कारण दसैँमा गाउँ आउने मात्र नभएर मकालु हिमाल क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकसमेत सास्ती भोग्न बाध्य छन् ।
अधिकांश सडक कालोपत्रे भइसक्नुपर्नेमा ठेकेदारले काम नगरेपछि यात्रुले सास्ती भोग्नु परेको हो । शर्मा शिवशक्ति जेभीले आगामी पुस १७ गतेसम्म सम्पन्न गर्ने गरी २०७८ असार १७ गते उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो । सम्पन्न अवधि सकिन लाग्दा केही स्थानमा माटो खन्ने र पर्खाल लगाउनेबाहेक अरू काम गरेको छैन । सामान्य अवस्थामा सञ्चालन भइरहेको सडकमा माटो खनिएपछि यातायात सञ्चालन गर्न असहज बनेको हो ।
कुल ३९ किलोमिटर सडकको कालोपत्रे गर्न सो निर्माण कम्पनीले दुई अर्ब ६० करोड रुपियाँ विनियोजित रकममध्ये एक अर्ब २७ करोड रुपियाँमा ठेक्का सकारेको थियो । उक्त निर्माण कार्य सम्पन्न गर्न नसकिने संयुक्त कम्पनीमध्येका शिवशक्ति निर्माण कम्पनीका सञ्चालक सुरेन्द्र पाठकले हालैको जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा स्वीकार गरीुकेका छन् । अर्को संयुक्त कम्पनी शर्मालाई सोधेर दुवै कम्पनीले निर्माण कार्य नसक्ने भएमा कारबाही प्रक्रिया अघि बढाएर नयाँ प्रक्रिया सुरु गरिने जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले पारित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: