दार्चुला । दसैँ तिहारलगायत चाडपर्वको बेला विभिन्न गाउँ तथा मन्दिरमा रमाइलोका लागि खेलिने हिङलो (पिङ) को प्रयोग पछिल्लो समय घट्दै गएको छ । जात्रा, धार्मिक मेला तथा चाडपर्वको बेला मठमन्दिरमा पूजाआजा सकिएपछि हिङलो खेलेर रमाइलो गरिन्छ ।
पिङ खेल्न स्थानीय युवायुवतीको घुइँचो लाग्ने गर्छ तर पछिल्लो समयमा हिङलो अर्थात् पिङको सङ्ख्या र प्रयोग घट्दै गएको छ । केही मन्दिरमा हिङलो लोप भइसकेको छ, मालिकार्जुनका स्थानीय वीरसिंह धामीले बताए ।
हिङलोसमेत जीर्ण अवस्थामा रहेकाले दुर्घटनाको जोखिम बढेको छ । अधिकांश मन्दिरमा हालिएका हिङलो संरक्षणको अभावमा काठ कुहिएर जीर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् ।
युवापुस्तामा हिङलो खेल्ने उत्साहमा कमी आएको हुँदा प्रयोग घट्दै गएको स्थानीय कृष्ण पालले बताए । पछिल्लो पुस्तामा नयाँ हिङलो बनाउने सिपसमेत कम देखिन्छ । हुनैनाथ मन्दिर औतालेकमा रहेको काठको हिङलो (पिङ) पनि केही महिना अगाडि जीर्ण भएर ढलेको थियो ।
उक्त हिङलो पुनर्निर्माणका लागि गाउँपालिकाले छलफलसमेत गरेको छ । उकुका पाल परिवार, बाकुका चन्द तथा लिमाका परिवारले मन्दिरमा हिङलो पिङ चढाएर स्थापना गरेको इतिहास रहेको बताइन्छ ।
उक्त परम्परा जोगाउन यिनै परिवारले मन्दिरमा हिङलो पिङ चढाउने निर्णय गरिएको हुनैनाथ मन्दिरका उद्धव सिंह धामीले बताए । नापजाँच गरेर काठ बनाउन सुरु गरिएको र केही दिनभित्रै मन्दिरमा हिङलो राखिने उनको भनाइ छ ।
यस्तै लेकमको भगवती मन्दिर कृणी, मालिकार्जुन मन्दिर मैखोलीलगायत देवीदेवताका मन्दिरमा रहेको हिङलो पिङसमेत पछिल्लो समय जीर्ण बन्दै गएका छन् । भगवती मन्दिर कृणीमा रहेको हिङलो पिङ जीर्ण अवस्थामा रहेकाले पिङ खेल्न बन्द गरिएको लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए ।
युवापुस्ताले आधुनिकतालाई पछ्याउँदा परम्परा संस्कार र संस्कृति हराउँदै जान थालेको छ । संस्कृतिका धरोहरहरू लोप भइरहेका छन् । दसैँमा एक पटक भए पनि जमिन छोड्नुपर्छ भन्ने मान्यता भए पनि त्यसमा युवाको चाँसो देखिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - १३:५०
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...
भाद्र ३१ गते, २०८१ - १३:४७
काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...
भाद्र ३१ गते, २०८१ - १३:३५
काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...
भाद्र ३१ गते, २०८१ - १३:३०
काठमाडौं । हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...
भाद्र ३१ गते, २०८१ - १३:१६
काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...
भाद्र ३१ गते, २०८१ - १३:१३
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...
भाद्र ३१ गते, २०८१ - १३:०३
काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको स...
भाद्र ३१ गते, २०८१ - १३:००
काठमाडौं । मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...
भाद्र ३१ गते, २०८१ - १२:२१
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...
भाद्र ३१ गते, २०८१ - १२:२०
चितवन । चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...
प्रतिकृया लेख्नुहोस्: