Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

२०८० साल कार्तिक ५ गते तपाइँको राशिफल

आत्माज्ञान गुरु नीलम ढकाल
आत्माज्ञान गुरु नीलम ढकाल

मेष : जोश -जागर  बढ्दै  जाँदा आफूले थालेको  काममा  सफलता मिल्ने  समय छ ।  कामको क्षेत्रमा  मानसम्मान मिल्नेछ ।  सामाजिक  सुधारको  काममा  अगाडी बढ्न  राम्रो  समय छ  ।

वृष  : धार्मिक  अनुष्ठानको  काममा  सहभागी  हुने मौका मिल्नेछ । पारिवारिक जमघटमा राम्रो  समय  बित्नेछ । भाग्यले साथ दिने  हुँदा नसोचेको उपहारहरु  हात पर्ने छ  । 

मिथुन   : अचानक स्वास्थ्यमा   समस्या  बढ्न सक्छ  खानपानमा विशेष  सावधानी  अपनाउँनु होला  । धन  हराउँन  सक्ने  सम्भावना  देखिन्छ सर्तक  भएर अगाडी  बढ्नु होला  ।   समय सोचे  अनुसारको शुभ छैन् ठूला  योजनाहरु  नबनाउँदा  नै राम्रो  हुनेछ  ।

कर्कट  : पति पत्निको बिचमा  भएको समस्या हट्ने र एक अर्काको लागि  राम्रो  साथ  मिल्ने  छ । व्यापार  व्यवसायबाट  राम्रो  फाईदा  मिल्नेछ ।  आफन्तहरुबाट  सहयोग मिल्दा रोकिएको  काम बन्ने छ।

सिहं  : तपाईको प्रतिभाको  उचित  मूल्याङ्कन हुने  समय छ  । आजको  दिनमा  दिने  परिक्षामा राम्रो नतिजा  प्राप्त हुनेछ । कानुनि क्षेत्रको काममा सफलता मिनेछ  । 

कन्या : अध्ययनमा  रुची बढ्ने  छ  ।  सृजनात्मक काममा मन  जाने छ  । प्रेम  प्रस्ताव  राख्नका  लािग  समय  उपयुक्त  रहेको  छ  । 

तुला  : घरयासी  वादविवादहरु अझ बढ्दै  जानेछ  बोलिमा  एकदम  संयमित रहनु होला  । अनावश्यक कुरामा खर्चहरु  बढ्दै  जानेछ ।  सानो  कुरामा चित्त नबुझ्दा  मन दुखी  रहला  । 

वृश्चिक  : मित्रजनसँग  भेट हुदाँ  रमाईलो समय बित्नेछ ।  वैदेशिक  यात्राको  योजना  बनाएर  अगाडी  बढ्नका लागि समय शुभ रहेको छ । पराक्रममा वृद्धि  हुदा गरेको  काममा  सफलता मिल्नेछ  । 

धनु  : बोलिको प्रभाव   बढ्दै  जाँदा  लामो  समयदेखिको  पारिवारिक  विवाद सकिएर   सुमधुर  सम्बन्ध  सुरु हुनेछ  ।  मिष्ठान्न  भोजनको  अवसर मिल्नेछ ।  आर्थिक  अवस्थामा सुधार  आउँनेछ । 

मकर  : तनावहरु कम हुदै  जादाँ  मन  प्रशन्न  हुनेछ  । सामाजिक  सम्बन्धहरुमा  सुधार हुनेछ । आफन्तहरुबाट   सहयोग मिल्दा काममा  सहजता  हुनेछ ।

कुम्भ : कानुनी भैmझमेला आउँन सक्छ  बोलिमा सावधानी  अपनाउँनु  होला  । स्वास्थ्यमा  भएको समस्या  बढ्दै  जानसक्छ   खानपानमा  सावधानी अपनाउँनु होला । अनावश्यक यात्राले शरिर थकित  रहने छ ।

मीन  : सोचेको  क्षेत्रबाट  लाभ  मिल्नेछ  । आर्थिक समस्या हट्दा  मन खुशी रहनेछ  । कामको  उचित  मुल्याङ्क हुने र पदोन्नितको अवसर  प्राप्त  हुनेछ  ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending