धादिङ । आइतबार बिहान ७:३९ बजे धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धादिङमा ठाउँठाउँमा पहिरो खसेको छ ।
नवरात्रको महाष्टमीका दिन घरघरमा पूजाआजा गरी खसीबोका मार हान्ने तयारी गरिरहेका गाउँबासी भुइँचालो आएपछि त्रसित भएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६.१ रेक्टरस्केलको भूकम्प गएको बताएको छ ।
पहिलो भूकम्प गएको केही बेरबाटै पटकपटक परकम्प गएको थियो । परकम्पले स्थानीय झन् बढी आत्तिएका छन् । बिहान ८.०८ बजे ४.२ म्याग्निच्यूडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८:५९ मा ४.१ म्याग्निच्यूडको परकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट मानवीय क्षति नभएको तर केही घरमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।
भुकम्पपछि सुख्खा पहिराे
स्थानीय जीवन सिम्खडाका अनुसार भूकम्पका कारण खरीको सिम्ले आसपासमा सुख्खा पहिरो खसेको छ । बूढीगण्डकीको तटीय क्षेत्रमा ठाउँठाउँमा जमिनमा चिरा परेको छ ।
सुख्खा पहिरो खसेर केही ठाउँमा घर जोखिममा भएपनि जनधनको क्षतिबारे केही सूचना नआएको ज्वालामुखी गाउँपालिका-५ का पूर्वअध्यक्ष कृष्ण काप्रीले बताए । सिम्लेमा दुई वटा ठूला पहिरो खसेको र ३ वटा घर जोखिममा रहेकाे उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: