Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

हृदयविदारक घटना शान्त्वना दिन गएको हामी रोएर फर्कियौंः मन्त्री किराती

फूलजस्ती सात वर्षीय नानीको बलात्कार पछि हत्या भएपछि भोजपुर आम्चोकको बोयङ शोकमा

खबरडबली संवाददाता

काठमाडाैं  । दशैं भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दशैं मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दशैंको उमङ्गमा थिइन् । स्वभाविक हिसावले दशैंमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाको दशैं दशैं नभएर दशा भएर आयो ।

छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबर्जस्ती करणी गरेर हत्या गर्यो । यो घटना भोजपुर आम्चोक गाउँपालिका वडा नम्बर ६ मा पर्ने बोयङको घटना हो । सँधैझैं कार्तिक २ गते दिउँसैदेखि २१ वर्षीय दिप लिम्बू (छिमेकी) बालिकाको घरमा आए । ति बालिकासँग रमाए खेले । तर, उनैसँग खेलिरहेकी सात वर्षे बालिका भने घर आइनन् । सम्साँझै बेपत्ता भएपछि छोरीको खोजीमा बुबा देवचन्द्र राईसहित स्थानीय जनप्रतिनिधि लागे । साँझ ८ बजेसम्म पनि बालिका भेटिइनन् । प्रहरीमा खबर पुग्यो । बिहानैदेखि प्रहरीले खोजी सुरु गर्यो ।

‘२ गते बेलुका सभा ६ बजेतिर बच्चा हरायो । ८ बजेसम्म परिवारले खोजी भयो । ३ गते बिहान स्थानीयले प्रहरीलाई जानकारी दिए । प्रहरीले बच्चा टाढा नगएको अनुमान गर्दै वरिपरि खोजी कार्य गर्यो । तर, भेटिएन । बच्चा अन्तिममा कोसँग थियो भन्ने खोजीहुँदा दिप राई (२१ वर्ष) छिमेकीसँग फ्रिफायर खेलेको, बच्चालाई लिएर गएको भन्ने कुरा खुल्न आयो,’ भोजपुरका प्रहरी प्रमुख  प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले भने ।

प्रहरीले उसैलाई ३ गते बिहान ११ बजे नियन्त्रणमा लियो । प्रहरीले उसलाई सोधखोज गर्दा थाहा नभएको बयान दियो । ‘म बच्चासँग फ्रिफायर मात्रै खेलेको हुँ, त्यसपछि म घर आएँ बालिकाबारे थाहा छैन भन्ने बयान दियो,’ पाठकले भने । तर, शंका उसैमाथि थियो । त्यो दिन उसले मदिरापान गरेको थियो । श्रीमती १९ दिनको सुत्केरी थियो । शंकालाई थप बल मिल्यो ।

प्रहरीले थप अनुसन्धान गर्दै जाँदा उसको ढाडमा कोतरेको आलो घाउ भेटियो । आफूलाई घाँस काट्न जाँदा घाउ भएको उसले प्रहरीलाई बयान दियो । तर, गाउँलेले भने ३ गते राती साढे १० बजेतिर उसलाई छोड्न दबाब दिए । प्रहरीले मानेन र थप अनुसन्धान गर्ने बतायो । अन्ततः उसले ४ गते बिहान १ बजेतिर जबर्जस्ती करणी गरेर बालिकालाई मारेको बयान दियो । त्यसपछि प्रहरीले बालिकाको शवको खोजीमा लाग्यो ।

‘बालिकाको शव घरबाट झण्डै ३ किलोमिटर टाढाको गुफामा मारेर फालेको अवस्थामा फेला पर्यो,’ पाठकले भने, ‘गुफाभित्र पानी थियो । पानीमा बच्चा फालिएको अवस्था थियो । पहिले जंगलमा रेप गरेर मारेर त्यहाँ फालेको रहेछ ।’ प्रहरीले पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय भोपुरमा राखिएको छ । बालिकाको शव पोष्टमार्टमको तयारी भइरहेको छ । प्रहरीका अनुसार बालिकाको परिवारमा उनका बुबा, आमा र उनकी बहिनी छिन् ।

मन्त्री किराती पीडितकाे घरमा

उक्त घटनास्थल भोजपुर सदरमुकामबाट पैदाल जाँदा ५ घण्टाभन्दा बढी लाग्छ । पीडित परिवारको घरमा आजै नागरिक उड्डययन तथा पर्यटनमन्त्री सुदन किराँती पुगेका छन् । उनले समवेदना व्यक्त गरे । दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समवेदना व्यक्त गर्दै २० हजार रुपैयाँ सहयोग पनि गरेका छन् । ‘क्रुर घटना भयो । ७ वर्षको बालिकालाई बलात्कार पछि हत्या गरिदियो । गाउँ नै शोकाकुल छ । मैले केही सहयोग पनि गरें,’ किराँतीले भने, ‘हृदयविदारक घटना शान्त्वना दिन गएको हामी रोएर फर्कियौं ।’

किराँतीका प्रेस सल्लाहकार समेत रहेका राजन समिपले सामाजिक संजालमा लेखेका छन्, ‘सात वर्षकी बालिका जसको बलात्कार पछि हत्या भएको थियो । यो समाज किन यति धेरै अमानवीय बन्दै गैरहेको छ ? नानीको आत्माले शान्ति पाओस परिवाजनमा गहिरो समवेदना । यस्ता घटनाका दोशीलाई सम्झिन नसक्नेगरी राज्यले हदैसम्मको कारबही गर्ने ऐन बनाउन जरुरी छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending