Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

हृदयविदारक घटना शान्त्वना दिन गएको हामी रोएर फर्कियौंः मन्त्री किराती

फूलजस्ती सात वर्षीय नानीको बलात्कार पछि हत्या भएपछि भोजपुर आम्चोकको बोयङ शोकमा

खबरडबली संवाददाता

काठमाडाैं  । दशैं भित्रिसकेको थियो । बुबा, आमा उत्साहका साथ दशैं मनाउने तयारीमा थिए । साथमा ७ वर्षकी छोरी पनि दशैंको उमङ्गमा थिइन् । स्वभाविक हिसावले दशैंमा धेरै खुसी हुने उमेर समूहमा रहेकी ती बालिकाको दशैं दशैं नभएर दशा भएर आयो ।

छिमेकी आफूभन्दा निक्कै धेरै उमेरका युवाले उनलाई जबर्जस्ती करणी गरेर हत्या गर्यो । यो घटना भोजपुर आम्चोक गाउँपालिका वडा नम्बर ६ मा पर्ने बोयङको घटना हो । सँधैझैं कार्तिक २ गते दिउँसैदेखि २१ वर्षीय दिप लिम्बू (छिमेकी) बालिकाको घरमा आए । ति बालिकासँग रमाए खेले । तर, उनैसँग खेलिरहेकी सात वर्षे बालिका भने घर आइनन् । सम्साँझै बेपत्ता भएपछि छोरीको खोजीमा बुबा देवचन्द्र राईसहित स्थानीय जनप्रतिनिधि लागे । साँझ ८ बजेसम्म पनि बालिका भेटिइनन् । प्रहरीमा खबर पुग्यो । बिहानैदेखि प्रहरीले खोजी सुरु गर्यो ।

‘२ गते बेलुका सभा ६ बजेतिर बच्चा हरायो । ८ बजेसम्म परिवारले खोजी भयो । ३ गते बिहान स्थानीयले प्रहरीलाई जानकारी दिए । प्रहरीले बच्चा टाढा नगएको अनुमान गर्दै वरिपरि खोजी कार्य गर्यो । तर, भेटिएन । बच्चा अन्तिममा कोसँग थियो भन्ने खोजीहुँदा दिप राई (२१ वर्ष) छिमेकीसँग फ्रिफायर खेलेको, बच्चालाई लिएर गएको भन्ने कुरा खुल्न आयो,’ भोजपुरका प्रहरी प्रमुख  प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले भने ।

प्रहरीले उसैलाई ३ गते बिहान ११ बजे नियन्त्रणमा लियो । प्रहरीले उसलाई सोधखोज गर्दा थाहा नभएको बयान दियो । ‘म बच्चासँग फ्रिफायर मात्रै खेलेको हुँ, त्यसपछि म घर आएँ बालिकाबारे थाहा छैन भन्ने बयान दियो,’ पाठकले भने । तर, शंका उसैमाथि थियो । त्यो दिन उसले मदिरापान गरेको थियो । श्रीमती १९ दिनको सुत्केरी थियो । शंकालाई थप बल मिल्यो ।

प्रहरीले थप अनुसन्धान गर्दै जाँदा उसको ढाडमा कोतरेको आलो घाउ भेटियो । आफूलाई घाँस काट्न जाँदा घाउ भएको उसले प्रहरीलाई बयान दियो । तर, गाउँलेले भने ३ गते राती साढे १० बजेतिर उसलाई छोड्न दबाब दिए । प्रहरीले मानेन र थप अनुसन्धान गर्ने बतायो । अन्ततः उसले ४ गते बिहान १ बजेतिर जबर्जस्ती करणी गरेर बालिकालाई मारेको बयान दियो । त्यसपछि प्रहरीले बालिकाको शवको खोजीमा लाग्यो ।

‘बालिकाको शव घरबाट झण्डै ३ किलोमिटर टाढाको गुफामा मारेर फालेको अवस्थामा फेला पर्यो,’ पाठकले भने, ‘गुफाभित्र पानी थियो । पानीमा बच्चा फालिएको अवस्था थियो । पहिले जंगलमा रेप गरेर मारेर त्यहाँ फालेको रहेछ ।’ प्रहरीले पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय भोपुरमा राखिएको छ । बालिकाको शव पोष्टमार्टमको तयारी भइरहेको छ । प्रहरीका अनुसार बालिकाको परिवारमा उनका बुबा, आमा र उनकी बहिनी छिन् ।

मन्त्री किराती पीडितकाे घरमा

उक्त घटनास्थल भोजपुर सदरमुकामबाट पैदाल जाँदा ५ घण्टाभन्दा बढी लाग्छ । पीडित परिवारको घरमा आजै नागरिक उड्डययन तथा पर्यटनमन्त्री सुदन किराँती पुगेका छन् । उनले समवेदना व्यक्त गरे । दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समवेदना व्यक्त गर्दै २० हजार रुपैयाँ सहयोग पनि गरेका छन् । ‘क्रुर घटना भयो । ७ वर्षको बालिकालाई बलात्कार पछि हत्या गरिदियो । गाउँ नै शोकाकुल छ । मैले केही सहयोग पनि गरें,’ किराँतीले भने, ‘हृदयविदारक घटना शान्त्वना दिन गएको हामी रोएर फर्कियौं ।’

किराँतीका प्रेस सल्लाहकार समेत रहेका राजन समिपले सामाजिक संजालमा लेखेका छन्, ‘सात वर्षकी बालिका जसको बलात्कार पछि हत्या भएको थियो । यो समाज किन यति धेरै अमानवीय बन्दै गैरहेको छ ? नानीको आत्माले शान्ति पाओस परिवाजनमा गहिरो समवेदना । यस्ता घटनाका दोशीलाई सम्झिन नसक्नेगरी राज्यले हदैसम्मको कारबही गर्ने ऐन बनाउन जरुरी छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending