सप्तरी । कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीवन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मंगलवार टीका तथा जमरा ग्रहण गरेका छन् ।
विभिन्न अपराधमा संलग्न वा आरोपको कारण परिवारबाट टाढिएका कैदीहरूको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन दुर्गामाताले कृपा गरून् भन्दै प्रजिअ थापाले आशीर्वाद दिए । विजयादशमीमा मानवीय संवेदनालाई उजागर गरी आफूभित्रका विकारलाई मानिसले फालेर समाजमा हुने अपराधको ठाउँमा प्रेम र सदभाव कायम गर्न उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी थापाले कैदीवन्दीलाई टीका जमरा अर्पण गर्दै दशैको शुभकामना दिएको सप्तरी कारागार प्रशासन प्रमुख सदानन्द दासले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मातहतको कारागार शाखाको रुपमा रहेको, गृह मन्त्रालय कारागार व्यवस्थापन विभागअन्तर्गत २०५० साउन १ गतेदेखि सप्तरी जिल्ला कारागार सञ्चालनमा आएको हो ।
यसरी ३० वर्षको इतिहासमा पहिलो पटक दसैंमा जिल्लाको प्रमुखबाट कैदीवन्दीले टीका थाप्न पाउँदा आफूहरू अत्यन्तै खुशी भएको बताएका छन् । कर्तव्य ज्यान मुद्दाका आरोपी जितिन सरदारले टीका थाप्न पाउँदा खुशी लागेको बताए ।
दसैंको अन्तिम दिन विजयादशमीको हिन्दु क्यालेन्डरअनुसार टीकाको साइत मानिन्छ । आजको दिनदेखि कोजाग्रत पूर्णिमासम्म हर्षोल्लासको पर्व दसैंमा मान्यजनबाट टीका जमरा लगाएर आशीर्वाद लिने चलन रहँदैआएको छ । नेपाली समाजको विविध संस्कृतिलाई अँगालेर मजबुत राष्ट्रिय एकताको सन्देश जाने प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: