कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
मुख्यमन्त्रीको आगमनअघि नै अस्पताल परिसर र आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अस्पताल सञ्चालनलाई लिएर प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच चर्किएको विवादकै बीच उद्घाटन कार्यक्रम राखिएकाले सम्भावित प्रदर्शन र अवरोधलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको हो।
१५ शय्याको अस्पताल सञ्चालनबारे प्रदेश सरकार र नगरपालिकाबीच लामो समयदेखि टकराव चलिरहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि कर्मचारी खटाए पनि मेयर Sushila Shahi ले अस्पताल औपचारिक रूपमा प्रदेशलाई हस्तान्तरण नभएको भन्दै कर्मचारीलाई हाजिर हुन नदिएपछि विवाद झन् चर्किएको थियो।
गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसम्म भएपछि लम्की क्षेत्रमा तनाव सिर्जना भएको थियो। प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा गरेर बजेट विनियोजन गरिसकेको दाबी गरे पनि नगरपालिकाले हस्तान्तरण प्रक्रियामै असहमति जनाउँदै आएको छ।
स्थानीय स्तरमा भने यो विवाद अस्पतालभन्दा बढी मुख्यमन्त्री शाह र मेयर शाहीबीचको राजनीतिक शक्ति संघर्षसँग जोडिएको चर्चा भइरहेको छ।
आजको उद्घाटन कार्यक्रमका क्रममा मेयर पक्षधर समूहले विरोध प्रदर्शन गर्न सक्ने आशंकामा बिहानैदेखि अस्पताल क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...
जेष्ठ १४ गते, २०८३ - ०८:२३
काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...
जेष्ठ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...
जेष्ठ १४ गते, २०८३ - ०८:१६
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...
जेष्ठ १४ गते, २०८३ - ०८:१४
काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...
जेष्ठ १४ गते, २०८३ - ०८:१३
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...
जेष्ठ १४ गते, २०८३ - ०८:०८
पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...



प्रतिकृया लेख्नुहोस्: