Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

दसैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी

खबरडबली संवाददाता

दमौली  । विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् । 

दसैँका बेला निधार खाली हुन्छकी भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो” तनहुँ कारागारमा जेल सजाय भोगिरहेानुभएका एक कैदीबन्दीले खुसी हुँदै भने, “कारागारमै हुँदा पनि दसैँको टीका लगाउन पाएँ खुसी लागेको छ ।” कारागारमै रहेका अर्का एक कैदीले पनि दसैँ टीका लगाउन पाएकामा खुसी व्यक्त गरे । उनले भने, “कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दसैँ मनाएजस्तो भयो । कारागारभित्रको माहोल पनि दसैँमय बनेको छ ।”

कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । दसैँमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आएको कारागारले जनाएकाे छ ।

अधिकारीले भने, “समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उहाँहरुमा खुसीयाली छाएको छ ।” कैदीबन्दीले दसैँ मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ ।

सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा दुई सय ८२ कैदीबन्दी छन् । दसैँका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । 

मुढा बुनेर कैदीबन्दीले घरमा दसैँ खर्च पठाउने गरेका छन् । कारागारमा बुनिएको मुढा तीनसय ५० देखि एक हजारसम्म बिक्री हुनेगरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए । उनका अनुसार दसैँमा पाँच लाख बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ । 

यसैबीच नेपाली सेनाको कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी मनकामना बल भानुमा पनि सामूहिक टीका लगाइएको छ । सुरक्षा निकायमा कार्यरत सेना तथा प्रहरीलाई प्रमुखले टीका लगाइदिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

सूर्यविनायक–धुलिखेल सडक : यात्रा होइन, ज्यानको बाजी

काठमाडौं । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य प्रवेशद्वार मानिने सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले यात्रुका लागि विकास होइन, त्रासको पर्याय बन्दै...

पूर्व सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमे...

पत्रकार आचरण विपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत स...

आज कतै वर्षा, कतै तातो हावाको लहर

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठ...

अस्पताल उद्घाटनअघि लम्की तनावग्रस्त, मुख्यमन्त्री आउँदै गर्दा सुरक्षा घेरा कडा

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह आज लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्न आउने कार्यक्रम तय भएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था...

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending