Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कञ्चनपुरको गाउँ गाउँमा खेलकुद प्रतियोगिता

खबरडबली संवाददाता

कञ्चनपुर । दसैँ–तिहारलगायत चाडपर्वको रौनकता छाएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि सञ्चालनले व्यापकता पाएको छ । प्राय: हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा यहाँ धमाधम सञ्चालन भइरहेका छन् ।

गत असोजको अन्तिम साता जिल्ला भलिबल सङ्घ र नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाको आयोजनामा पहिलोपटक महाकाली नदीमा रु एक लाख राशिको पुरुष खुला तथा भेट्रान बिचभलिबल प्रतियोगिता आयोजना भयो । त्यससँगै दोधारा चाँदनीमा स्थानीय अनलाइनको आयोजनामा रु ७५ हजार पुरस्कार राशिको डे–नाइट क्रिकेट प्रतियोगिता पनि सम्पन्न भएको छ ।

त्यसैगरी आगामी शुक्रबारदेखि शुभ दीपावलीको अवसर पारेर बेल्डाँडी गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । बेल्डाँडी समाजको आयोजनामा हुने प्रतियोगितामा उपाधि विजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित पुरस्कृत हुनेछ । बेल्डाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले युवालाई लागुऔषध दुव्र्यसनबाट टाढा राख्न युवाहरूको व्यस्तताको लागि पनि खेल आवश्यक रहेको बताए ।

स्वास्थ्यको लागि खेलको महत्व रहेको जनाउँदै उनले बेल्डाँडीमा खेलाडीका लागि खेलमैदान आवश्यक रहेको र त्यसका लागि स्थानीय तहले पहल गरिरहेको बताए । जिल्ला खेलकुद विकास समितिका सदस्य एवं फुटबल खेलाडी विकास महताले कञ्चनपुरमा दक्षिण क्षेत्र र दोधारा चाँदनीमा दसैँअघिदेखि विभिन्न कप तथा प्रतियोगिता निरन्तर भइरहेको बताए ।

“चाडपर्वका बेला भए पनि आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन र खेलको विकासमा महत्त्वपूर्ण योगदान रहन्छ”, सदस्य महताले भने, “सदरमुकाम महेन्द्रनगरभन्दा पहिले ग्रामीण भेगमा खेल गतिविधि दोब्बरले बढेका छन् ।”

त्यसैगरी यहाँको लालझाडी गाउँपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । आजदेखि सुरु हुन लागेको उक्त फुटबल प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार रु एक लाख २५ हजारबाट पुरस्कृत हुनेछन् ।

त्यस्तै बेल्डाँडी गाउँपालिकामा केही समयअघि चाडपर्वलक्षित आयोजित बेलडाँडी फुटबल महोत्सव सम्पन्न भएको थियो । बेलडाँडी क्षेत्रकै ठूलो धनराशि रु एक लाख एक हजार एक सय ११ को फटुबलको उपाधीसहित नेपाल प्रहरीको टिम प्रथम भएको थियो ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं १२ को आयोजनामा वडा कप क्रिकेट प्रतियोगिता ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा जारी छ । वडा नं १२ का वडाध्यक्ष भूपेन्द्र रावलले प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको बताउँदै पाँचौँपटक आयोजनक भएको संस्करणले क्रिकेटको विकासमा टेवा पुग्नेमा जोड दिए।

“दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र विनोद भण्डारीजस्ता खेलाडी हाम्रो नगरपालिकाका हुन्”, उनले भने, उहाँहरूजस्ता खेलाडी भएको भीमदत्तमा अहिले क्रिकेट चलायमान भएको छ ।”

उक्त प्रतियोगितामा उपाधि विजेता टिमले रु एक लाख ५१ हजार एक सय ११ सहित ट्रफी र मेडलबाट पुरस्कृत हुने वडाध्यक्ष रावलले जानकारी दिए । त्यसैगरी यहाँको शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा पुन: फुटबल प्रतियोगिता आयोजनाको तयारी छ । बेलौरी नगरपालिकामा फुटबल आयोजना र बेलडाँडीमा भलिबल आयोजनाको तयारी रहेको खेलकुद विकास समितिका सदस्य महताको भनाइ छ । पछिल्लो समय स्थानीय पालिकादेखि वडास्तरसम्मले खेलकुदको विकासका लागि रकम विनियोजन गरिरहेकाले सहज भएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लाभरि खेल गतिविधि सञ्चालन भइरहेको बताए। “अहिले खेलकुदमय वातावरण बनिरहेको छ”, उनले भने, “अहिले पालिकादेखि गाउँ क्लब र सङ्घसंस्थाले दिएको प्राथमिकता सकरात्मक पक्ष हो ।” उनले खेलकुदका गतिविधिले नयाँ खेलाडी उत्पादनमा सहजीकरण भइरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: