Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कञ्चनपुरको गाउँ गाउँमा खेलकुद प्रतियोगिता

खबरडबली संवाददाता

कञ्चनपुर । दसैँ–तिहारलगायत चाडपर्वको रौनकता छाएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि सञ्चालनले व्यापकता पाएको छ । प्राय: हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा यहाँ धमाधम सञ्चालन भइरहेका छन् ।

गत असोजको अन्तिम साता जिल्ला भलिबल सङ्घ र नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाको आयोजनामा पहिलोपटक महाकाली नदीमा रु एक लाख राशिको पुरुष खुला तथा भेट्रान बिचभलिबल प्रतियोगिता आयोजना भयो । त्यससँगै दोधारा चाँदनीमा स्थानीय अनलाइनको आयोजनामा रु ७५ हजार पुरस्कार राशिको डे–नाइट क्रिकेट प्रतियोगिता पनि सम्पन्न भएको छ ।

त्यसैगरी आगामी शुक्रबारदेखि शुभ दीपावलीको अवसर पारेर बेल्डाँडी गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । बेल्डाँडी समाजको आयोजनामा हुने प्रतियोगितामा उपाधि विजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित पुरस्कृत हुनेछ । बेल्डाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले युवालाई लागुऔषध दुव्र्यसनबाट टाढा राख्न युवाहरूको व्यस्तताको लागि पनि खेल आवश्यक रहेको बताए ।

स्वास्थ्यको लागि खेलको महत्व रहेको जनाउँदै उनले बेल्डाँडीमा खेलाडीका लागि खेलमैदान आवश्यक रहेको र त्यसका लागि स्थानीय तहले पहल गरिरहेको बताए । जिल्ला खेलकुद विकास समितिका सदस्य एवं फुटबल खेलाडी विकास महताले कञ्चनपुरमा दक्षिण क्षेत्र र दोधारा चाँदनीमा दसैँअघिदेखि विभिन्न कप तथा प्रतियोगिता निरन्तर भइरहेको बताए ।

“चाडपर्वका बेला भए पनि आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन र खेलको विकासमा महत्त्वपूर्ण योगदान रहन्छ”, सदस्य महताले भने, “सदरमुकाम महेन्द्रनगरभन्दा पहिले ग्रामीण भेगमा खेल गतिविधि दोब्बरले बढेका छन् ।”

त्यसैगरी यहाँको लालझाडी गाउँपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । आजदेखि सुरु हुन लागेको उक्त फुटबल प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार रु एक लाख २५ हजारबाट पुरस्कृत हुनेछन् ।

त्यस्तै बेल्डाँडी गाउँपालिकामा केही समयअघि चाडपर्वलक्षित आयोजित बेलडाँडी फुटबल महोत्सव सम्पन्न भएको थियो । बेलडाँडी क्षेत्रकै ठूलो धनराशि रु एक लाख एक हजार एक सय ११ को फटुबलको उपाधीसहित नेपाल प्रहरीको टिम प्रथम भएको थियो ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं १२ को आयोजनामा वडा कप क्रिकेट प्रतियोगिता ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा जारी छ । वडा नं १२ का वडाध्यक्ष भूपेन्द्र रावलले प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको बताउँदै पाँचौँपटक आयोजनक भएको संस्करणले क्रिकेटको विकासमा टेवा पुग्नेमा जोड दिए।

“दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र विनोद भण्डारीजस्ता खेलाडी हाम्रो नगरपालिकाका हुन्”, उनले भने, उहाँहरूजस्ता खेलाडी भएको भीमदत्तमा अहिले क्रिकेट चलायमान भएको छ ।”

उक्त प्रतियोगितामा उपाधि विजेता टिमले रु एक लाख ५१ हजार एक सय ११ सहित ट्रफी र मेडलबाट पुरस्कृत हुने वडाध्यक्ष रावलले जानकारी दिए । त्यसैगरी यहाँको शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा पुन: फुटबल प्रतियोगिता आयोजनाको तयारी छ । बेलौरी नगरपालिकामा फुटबल आयोजना र बेलडाँडीमा भलिबल आयोजनाको तयारी रहेको खेलकुद विकास समितिका सदस्य महताको भनाइ छ । पछिल्लो समय स्थानीय पालिकादेखि वडास्तरसम्मले खेलकुदको विकासका लागि रकम विनियोजन गरिरहेकाले सहज भएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लाभरि खेल गतिविधि सञ्चालन भइरहेको बताए। “अहिले खेलकुदमय वातावरण बनिरहेको छ”, उनले भने, “अहिले पालिकादेखि गाउँ क्लब र सङ्घसंस्थाले दिएको प्राथमिकता सकरात्मक पक्ष हो ।” उनले खेलकुदका गतिविधिले नयाँ खेलाडी उत्पादनमा सहजीकरण भइरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending