झापा । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ ।
मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक पूmलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यस वर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने बताए ।
उनका अनुसार वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेको छ । फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए । वडा फूलमा आत्मनिर्भर बन्यो, विगतमा जस्तो तिहारमा माला खरिदका लागि भारतको पानीट्याङ्की धाउनु पर्दैन”, उनले भने ।
मेचीनगर –९ का डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा व्यावसायिक फूलखेती गरेका छन् । उनले बाह्रै महिना सयपत्री फूलको खेती गरी आम्दानी गर्दै आएका छन् । उनको बारीमा फुल्न लागेको सयपत्री फूलको मालाको तिहारका लागि माग आउन थालेको उनको भनाइ छ ।
यसैगरी कमल गाउँपालिका–२ मा सुवेदी इन्स्टिच्युट कृषि फार्मले सात कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गरेको छ । फार्मका सञ्चालक प्रवीन आचार्यले पहिलो चरणमै पाँच सय बढी माला निस्कने बताए । उनले पहिलोपटक थाइल्याण्डबाट मगाएर हाइब्रिड जातका सयपत्री फूलको बीउ लगाएको बताए ।
जिल्लामा बिभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगतरूपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् ।
विगतमा कृषि ज्ञान केन्द्रले समेत पूmलको बेर्ना उत्पादनका लागि अनुदान प्रदान गर्दै आएको थियो । जिल्लाका विभिन्न स्थानमा फूलको सामूहिक र व्यक्तिगतरूपमा व्यावसायिक खेती भएता पनि कति क्षेत्रफलमा खेती छ र कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क कार्यालयसँग नभएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । तिहारमा मात्र पूर्वीनाका काँकडभिट्टाबाट विगतमा रु ६० लाख बढीको सयपत्री फूल माला आयात हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: