झापा । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ ।
मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक पूmलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यस वर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने बताए ।
उनका अनुसार वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेको छ । फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए । वडा फूलमा आत्मनिर्भर बन्यो, विगतमा जस्तो तिहारमा माला खरिदका लागि भारतको पानीट्याङ्की धाउनु पर्दैन”, उनले भने ।
मेचीनगर –९ का डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा व्यावसायिक फूलखेती गरेका छन् । उनले बाह्रै महिना सयपत्री फूलको खेती गरी आम्दानी गर्दै आएका छन् । उनको बारीमा फुल्न लागेको सयपत्री फूलको मालाको तिहारका लागि माग आउन थालेको उनको भनाइ छ ।
यसैगरी कमल गाउँपालिका–२ मा सुवेदी इन्स्टिच्युट कृषि फार्मले सात कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गरेको छ । फार्मका सञ्चालक प्रवीन आचार्यले पहिलो चरणमै पाँच सय बढी माला निस्कने बताए । उनले पहिलोपटक थाइल्याण्डबाट मगाएर हाइब्रिड जातका सयपत्री फूलको बीउ लगाएको बताए ।
जिल्लामा बिभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगतरूपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् ।
विगतमा कृषि ज्ञान केन्द्रले समेत पूmलको बेर्ना उत्पादनका लागि अनुदान प्रदान गर्दै आएको थियो । जिल्लाका विभिन्न स्थानमा फूलको सामूहिक र व्यक्तिगतरूपमा व्यावसायिक खेती भएता पनि कति क्षेत्रफलमा खेती छ र कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क कार्यालयसँग नभएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । तिहारमा मात्र पूर्वीनाका काँकडभिट्टाबाट विगतमा रु ६० लाख बढीको सयपत्री फूल माला आयात हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...
चैत्र ६ गते, २०८२ - १५:५५
वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चैत ६ गते बिहान वीरगञ्ज म...
चैत्र ६ गते, २०८२ - १५:५०
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...


प्रतिकृया लेख्नुहोस्: