धनकुटा । धनकुटा नगरपालिका–१, हिलेका छविलाल सार्कीको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ । घरको बाहिरी भाग होस् वा भित्री कोठा, कतै मादल झुन्डिएका छन् त कतै लडिरहेका छन् । कुनै बन्ने क्रममा छन् त कुनै बनिसकेका छन् । कुनै बनाउनका लागि कच्चा अवस्थामा छन् ।
नेपालीको दोस्रो चाड तिहार नजिकिएसँगै उहाँसहित पूरै परिवारलाई यति बेला मादल बनाउन भ्याइनभ्याइ छ । तिहारको समयमा मादलको माग अत्यधिक हुने भएका कारण दिनभर व्यस्त रहन्छन् । मादल बनाउन खमारी, लामपाटो, शिरीष, खिर्रो जस्ता काठ र बाख्रा, भैँसी, गोरुको छालालगायतका कच्चा पदार्थ आवश्यक पर्छ । ती कच्चा पदार्थ अहिले बिरलै मात्र पाइने सार्की बताउँछन् । तिहारमा मादलको माग बढी हुन्छ तर कच्चा सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्किल पर्ने उनको भनाइ छ । तैपनि उनले आफ्नो पेसा छाडेका छैनन् ।
उनका अनुसार अहिले मादल बनाउन निकै समस्या छ । कच्चा सामग्री खोज्नै कठिन हुन्छ । बाउबाजेले गरिआएको भएर मात्र छाड्न सकेको सार्कीको भनाइ छ । १० वर्ष हुँदादेखि सार्कीले मादल बनाउँदै आएका हुन् । उनले आफ्नो जीवनको करिब पाँच दशक त मादल बनाउनमै बिताइ सकेका छन् । आफ्नाे अधिकांश समय मादल बनाउनमै बितेको उनी बताउँछन् ।
उनले मादलसहित डम्फु, सारङ्गीलगायतका सामग्रीसमेत निर्माण गर्ने गरेका छन् तर सबैभन्दा बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । उनले यो पेसामा बार्है महिना खाली बस्नु पर्दैन । बनेका सबै मादल घरबाटै बिक्ने गरेका छन् । उनलाई अहिले मादल बनाउन श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा नीरबहादुर, भतिजा तथा नातिले समेत सहयोग गर्दै आएका छन् ।
मादल बनाउन कठिन हुने र आकार अनुसार तीनदेखि पाँच दिनसम्म लाग्ने गर्छ । त्यस्तै आकार अनुसार एउटा मादलको २५ सयदेखि १३ हजार रुपियाँसम्ममा बिक्री हुँदै आएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, छाला भारतबाट ल्याउनुपर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । मादल बनाउन कलासंस्कृति जोगाउन सहयोग पुग्ने र लोप हुने अवस्थामा पुगेको कुरालाई जोगाउन सकिने भएकाले पनि अहिले सबै पेसा छाडेर बुवालाई मादल बनाउन सहयोग गरिरहेको छोरा नीरबहादुर सार्कीले बताए । मादल बनाउन कच्चा पदार्थदेखि धेरै कुराको समस्या भएपनि मादलकाे बजारमा माग धेरै रहेकाे उनकाे भनाइ छ । बजारकाे माग अनुसार मादल उत्पादन गर्न सक्ने अवस्था नरहेकेा उनले बताए ।
तिहारमा देउसीभैलो खेल्न साथै विभिन्न नाचमा समेत मादल प्रयोग हुन्छ । त्यसैले तिहार नजिकिएसँगै मादलको माग बढ्ने गरेको छ तर पछिल्लो समय मादल बनाउने पेसा भने लोप हुँदै गएको छ । पहिले पहिले मादल बनाउने धेरैले अहिले पेसा परिवर्तन गरिसकेका छन् तर आफूहरू मादलको बजार देखेर यही पेसामा लागिरहेको सार्कीका भान्जा रमेश रोक्काले बताए । द्वन्द्वकालीन तथा कोभिडताका मादलको माग घटे पनि अहिले पुनः माग बढेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: