Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

दशैं लगतै हिलेका छविलाललाई मादल बनाउन चटाराे

खबरडबली संवाददाता

धनकुटा । धनकुटा नगरपालिका–१, हिलेका छविलाल सार्कीको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ । घरको बाहिरी भाग होस् वा भित्री कोठा, कतै मादल झुन्डिएका छन् त कतै लडिरहेका छन् । कुनै बन्ने क्रममा छन् त कुनै बनिसकेका छन् । कुनै बनाउनका लागि कच्चा अवस्थामा छन् ।

नेपालीको दोस्रो चाड तिहार नजिकिएसँगै उहाँसहित पूरै परिवारलाई यति बेला मादल बनाउन भ्याइनभ्याइ छ । तिहारको समयमा मादलको माग अत्यधिक हुने भएका कारण दिनभर व्यस्त रहन्छन् । मादल बनाउन खमारी, लामपाटो, शिरीष, खिर्रो जस्ता काठ र बाख्रा, भैँसी, गोरुको छालालगायतका कच्चा पदार्थ आवश्यक पर्छ । ती कच्चा पदार्थ अहिले बिरलै मात्र पाइने सार्की बताउँछन् । तिहारमा मादलको माग बढी हुन्छ तर कच्चा सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्किल पर्ने उनको भनाइ छ । तैपनि उनले आफ्नो पेसा छाडेका छैनन् ।

उनका अनुसार अहिले मादल बनाउन निकै समस्या छ । कच्चा सामग्री खोज्नै कठिन हुन्छ । बाउबाजेले गरिआएको भएर मात्र छाड्न सकेको सार्कीको भनाइ छ । १० वर्ष हुँदादेखि सार्कीले मादल बनाउँदै आएका हुन् । उनले आफ्नो जीवनको करिब पाँच दशक त मादल बनाउनमै बिताइ सकेका छन् । आफ्नाे अधिकांश समय मादल बनाउनमै बितेको उनी बताउँछन् ।

उनले मादलसहित डम्फु, सारङ्गीलगायतका सामग्रीसमेत निर्माण गर्ने गरेका छन् तर सबैभन्दा बढी र सदाबहार माग भने मादलकै हुने गरेको छ । उनले यो पेसामा बार्है महिना खाली बस्नु पर्दैन । बनेका सबै मादल घरबाटै बिक्ने गरेका छन् । उनलाई अहिले मादल बनाउन श्रीमती चन्द्रमाया, भान्जा रमेश रोका, छोरा नीरबहादुर, भतिजा तथा नातिले समेत सहयोग गर्दै आएका छन् । 

मादल बनाउन कठिन हुने र आकार अनुसार तीनदेखि पाँच दिनसम्म लाग्ने गर्छ । त्यस्तै आकार अनुसार एउटा मादलको २५ सयदेखि १३ हजार रुपियाँसम्ममा बिक्री हुँदै आएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, छाला भारतबाट ल्याउनुपर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको छ । मादल बनाउन कलासंस्कृति जोगाउन सहयोग पुग्ने र लोप हुने अवस्थामा पुगेको कुरालाई जोगाउन सकिने भएकाले पनि अहिले सबै पेसा छाडेर बुवालाई मादल बनाउन सहयोग गरिरहेको छोरा नीरबहादुर सार्कीले बताए । मादल बनाउन कच्चा पदार्थदेखि धेरै कुराको समस्या भएपनि मादलकाे बजारमा माग धेरै रहेकाे उनकाे भनाइ छ ।  बजारकाे माग अनुसार मादल उत्पादन गर्न सक्ने अवस्था नरहेकेा उनले बताए । 

तिहारमा देउसीभैलो खेल्न साथै विभिन्न नाचमा समेत मादल प्रयोग हुन्छ । त्यसैले तिहार नजिकिएसँगै मादलको माग बढ्ने गरेको छ तर पछिल्लो समय मादल बनाउने पेसा भने लोप  हुँदै गएको छ । पहिले पहिले मादल बनाउने धेरैले अहिले पेसा परिवर्तन गरिसकेका छन् तर आफूहरू मादलको बजार देखेर यही पेसामा लागिरहेको सार्कीका भान्जा रमेश रोक्काले बताए । द्वन्द्वकालीन तथा कोभिडताका मादलको माग घटे पनि अहिले पुनः माग बढेको उनको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: