Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

हामीले बिर्सिएका भिटामिन ‘ए’ का स्रोत

डा. अरुणा उप्रेती
डा. अरुणा उप्रेती

काठमाडौं । नेपालमा हरेक वर्षको  कार्तिक महिनामा भिटामिन ‘ए’  खुवाइने अभियान सञ्चालन आएको छ । यो वर्ष पनि बालबालिकालाई भिटामिन ‘ए’  खुवाइँदै छ ।

यो वर्ष भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने बताइएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । बालबालिकालाई भिटामिन ‘ए’ को कमी नहोस् भनेर भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो । तर हाम्रो वरपर सुलभ रुपमा  उपलब्ध हुने  भिटामिन ए पाइने  खानाहरू भने अपहेलित हुने गरेका छन् ।

हाम्रो वरीपरीनै भिटामिन ‘ए’ का स्रोतहरु प्रसश्त मात्रामा भए पनि यस प्रति कसैको ध्यान जान सकेको देखिँदैन । भिटामिन ‘ए’ का स्रोतहरुलाई हामी र हाम्रो समाजल अहिलेको समयमा अपहेलित गर्दे गएको देखिन्छ । कहिँ कसैले स्थानीय स्तरमा पाइने भिटामिन ‘ए’ युक्त खानेकुरा हरु खाएको पाइएका पनि फलानोको घरमा त त्यस्तो कुरा पो खाँदा रहेछन् भनेर अपहेलित गरेको पाइन्छ ।

सँँच्चै भन्नु पर्दा हामी र हाम्रो वरपर नै पाइने खानेकुराहरु हामीले भन्छामा प्रयोग गरेको खण्डमा समाजमा अपहेलित भन्छ भनेर कतिपयले नखाने गरेको पनि हामी देख्न सक्छौं । समृद्ध मुलुकहरुमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । 

त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता भने धेरैले चिनेकै छैनन् ।

लट्टेः लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’। मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भनिन्छ । लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । लट्टेमा भिटामिन ए, ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि तत्व पाइने गर्छ ।

लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ भने लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन पनि सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ । 

तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ ।

खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । गुणी लट्टे आजै खाउँ, खोजीखोजी खाउँ ।

करी पत्ताः यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् ।  करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन । करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । 

यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड यसमा हुन्छ । गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ ।

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् । यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् ।

दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ । त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।

 सिस्नोः  सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ । खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् ।

धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन्। नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending