काठमाडौं । नेपालमा हरेक वर्षको कार्तिक महिनामा भिटामिन ‘ए’ खुवाइने अभियान सञ्चालन आएको छ । यो वर्ष पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
यो वर्ष भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने बताइएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । बालबालिकालाई भिटामिन ‘ए’ को कमी नहोस् भनेर भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो । तर हाम्रो वरपर सुलभ रुपमा उपलब्ध हुने भिटामिन ए पाइने खानाहरू भने अपहेलित हुने गरेका छन् ।
हाम्रो वरीपरीनै भिटामिन ‘ए’ का स्रोतहरु प्रसश्त मात्रामा भए पनि यस प्रति कसैको ध्यान जान सकेको देखिँदैन । भिटामिन ‘ए’ का स्रोतहरुलाई हामी र हाम्रो समाजल अहिलेको समयमा अपहेलित गर्दे गएको देखिन्छ । कहिँ कसैले स्थानीय स्तरमा पाइने भिटामिन ‘ए’ युक्त खानेकुरा हरु खाएको पाइएका पनि फलानोको घरमा त त्यस्तो कुरा पो खाँदा रहेछन् भनेर अपहेलित गरेको पाइन्छ ।
सँँच्चै भन्नु पर्दा हामी र हाम्रो वरपर नै पाइने खानेकुराहरु हामीले भन्छामा प्रयोग गरेको खण्डमा समाजमा अपहेलित भन्छ भनेर कतिपयले नखाने गरेको पनि हामी देख्न सक्छौं । समृद्ध मुलुकहरुमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन ।
त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता भने धेरैले चिनेकै छैनन् ।
लट्टेः लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’। मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भनिन्छ । लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । लट्टेमा भिटामिन ए, ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि तत्व पाइने गर्छ ।
लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ भने लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन पनि सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ ।
तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ ।
खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । गुणी लट्टे आजै खाउँ, खोजीखोजी खाउँ ।
करी पत्ताः यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् । करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन । करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ ।
यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड यसमा हुन्छ । गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ ।
काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् । यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् ।
दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ । त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।
सिस्नोः सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ । खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् ।
धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन्। नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।
प्रतिकृया लेख्नुहोस्: