Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

भूकम्पको वितण्डा: छ महिनामा ४६ ठूला भूकम्प

खबरडबली संवाददाता

काठमाडाैं ।  शुक्रबार मध्य राति ११ बजेर ४७ मिनेटतिर भूकम्पको ठूलो धक्का आयो । उक्त धक्काले मस्त सुतिरहेकाहरु ब्युँझिए, जागेकाहरु पनि आत्तिए । धक्का औसतभन्दा बढी नै समय आएको अनुभूति भएकाे थियाे ।

पछिल्ला दिनहरुमा भूकम्प आउने क्रम अलि बढेर गएको देखिन्छ । कात्तिक ५ गतेदेखि १७ गतेभित्र मात्रै पनि ४ म्याग्नेच्यूटभन्दा माथिका ८ वटा भूकम्पहरु गइसकेका छन् । तीमध्ये जाजरकोट केन्द्रबिन्दू भएर गएको भुकम्प ६.४ म्याग्नेच्यूटको थियो । यसअघि कात्तिक ५ गते मात्रै धादिङ केन्द्रबिन्दू भएर ७ वटा भूकम्पहरु गएका थिए ।

तीमध्ये बिहान ७:३९ मा ६.१ म्याग्नेच्यूट, ८:०८ मा ४.२ म्याग्नेच्यूट, ८:०२८ मा ४.३ म्याग्नेच्यूट,  ८:५९ मा ४.१ म्याग्नेच्यूट, दिउँसो ४:०३ मा ४.४ म्याग्नेच्यूट, दिउँसो ५:३१ मा ५ म्याग्नेच्यूट र दिउँसो ५:३३ मा ५.१ म्याग्नेच्यूटका भूकम्पहरु गएका थिए ।

त्यसअघि बझाङ केन्द्रबिन्दू बनाएर कात्तिक ४ गते बेलुकी ६:५५ मा ४.४ म्याग्नेच्यूटको गएको थियो भने कात्तिक १ गते राति १०:०३ मा ४.६ म्याग्नेच्यूटका भूकम्पहरु गएका थिए ।

त्यसअघि दार्चुला–भारत सीमालाई केन्द्रबिन्दू बनाएर असोज २९ गते बिहान ९:२६ मा ४.८ रेक्टरको भूकम्प गएको थियो । असोज महिनाभित्र मात्रै बझाङलाई केन्द्रबिन्दू बनाएर ४.१ देखि ६.३ म्याग्नेच्यूटसम्मका १९ वटा भूकम्पहरु गएका थिए । 

माथि उल्लेख गरिएका बाहेक २०८० साल वैशाख यता बाग्लुङ, पाँचथर, भोजपुर, कास्की, हुम्ला, लम्जुङ, दार्चुला, बाग्लुङ, बझाङ, पूर्वी रुकुम, हुम्ला गरी ४ देखि ५.९ म्याग्नेच्यूटसम्मका १८ वटा थप भूकम्पहरु गइसकेका छन् । तीमध्ये ८ वटाका केन्द्रबिन्दू त बाजुरा मात्रै रहेकाे छ ।

यसरी २०८० साल वैशाख यता मात्रै ४ म्याग्नेच्यूटभन्दा माथिका ४६ वटा भूकम्पहरु आइसकेका छन् ।

स्मरण रहोस्, यो रेकर्ड राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सार्वजनिक गरेको तथ्याङकमा आधारित छ । केन्द्रले ४ म्याग्नेच्यूटभन्दा तलका कम्पन रेकर्ड गर्ने गरे तापनि ४ देखि मात्रै सार्वजनिक गर्ने गरेको छ । सामान्यतः ४ रेक्टरस्केलभन्दा मुनिका भूकम्पहरु सामान्य मानिन्छन् र तिनले खासै क्षति गर्दैन । तर ४ रेक्टरदेखि माथिका भूकम्पहरु चाहिँ शक्तिशाली हुने गर्छन् र त्यस अर्थमा त्यो क्षति गर्ने खालका हुन्छन् । जति भूकम्पको स्केल बढ्दै जान्छ, उत्तिनै त्यसका शक्ति पनि बढ्दै जान्छ र त्यसले क्षति पनि बढी नै गर्दै जान्छ ।

उदाहरणको लागि, ४ रेक्टर स्केलको भूकम्प जाँदा जति शक्ति निस्कासन हुन्छ, ५ रेक्टर स्केलको भूकम्पले निश्कासन गर्ने शक्ति त्यो भन्दा ३१–३२ गुना बेसी हुन्छ । ४ रेक्टर स्केलको भूकम्पले निश्कासन गर्ने शक्ति ६ टनको टिएनटी (शक्तिशाली विस्फोटक पदार्थ)ले पैदा गर्ने शक्ति बराबर हुन्छ भने ५ रेक्टरको भूकम्पले २०० टन टिएनटी बराबरको शक्ति निकाल्छ । अझ ६ रेक्टर स्केलको भूकम्पले निश्कासन गर्ने शक्ति त ६२७० टनको टिएनटीले पैदा गर्ने शक्ति बराबरको विध्वंशक हुने गर्छ ।

७ रेक्टरको भूकम्पले १९९००० टन टिएनटी बराबरको शक्ति निश्कासन गर्छ भने ८ रेक्टरले ६,२७००० टन टिएनटी बराबरको शक्ति । अझ ९ रेक्टर स्केलको भूकम्पले त ९९,०००,००० टन टिएनटी बराबरको शक्ति निस्काशन गर्छ । यो भनेको करिब २५ हजार आणविक बम बराबरको शक्ति हो । 

कम्पनका संकेतहरु

२०८० यताका भूकम्पहरुलाई हेर्ने हो भने अधिकांशको केन्द्रबिन्दू पश्चिम नेपाल क्षेत्र रहेको देखिन्छ । तलबाटथ भारतीय र माथिबाट तिब्बतीयन प्लेटले ठेलिरहेको स्थानमा नेपाल रहेकोले यो समग्र क्षेत्र नै भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिन्छ । तर अहिले जसरी लगालग पश्चिमलाई केन्द्र बनाएर भूकम्पहरु गइरहेका छन्, त्यसले पश्चिम नेपालमा लामो समयदेखि संचित भूकम्पीय उर्जाले निष्कासन हुन खोजिरहेको संकेत गर्छ ।

त्यसो त १५०५ मा लो मुस्ताङमा गएको ८.९ रेक्टर (स्रोत: विकिपेडिया) स्केलको भूकम्पपछि लामो समयदेखि नेपालको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकोले त्यस क्षेत्रमुनि भूकम्पीय उर्जा संग्रहित भएर रहेको तथा उक्त क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने चेतावनी वैज्ञानिक तथा विज्ञहरुले दिँदै आएका छन् । सम्भवतः पश्चिम  नेपाललाई केन्द्रीत बनाएर गएको भूकम्प त्यसैको संकेत पनि हुन सक्छ । तर यसो भन्दैमा आत्तिइहाल्नु पर्दैन । यसरी गइरहेको भूकम्पले त्यहाँ थुप्रिएर रहेका भूकम्पीय उर्जालाई खण्ड खण्डमा निश्कासन गरिदिएर ठूलो भूकम्पको सम्भावनालाई टारिदिन वा कम  गरिदिन पनि सक्छ । 

हेक्का राख्नुपर्ने कुरा

सक्रिय भूकम्पीय क्षेत्रमा नेपाल रहेको यथार्थता हो । हामी हरहमेशा भूकम्पको जोखिममा छौं भन्ने कुरा तीतो सत्य हो । यस अर्थमा हामीले भूकम्पबाट आत्तिने होइन, यससँगै बाँच्ने अभ्यास गर्नु जरुरी छ । अहिले लगालग भूकम्प जाने क्रम बढिरहेको सन्दर्भमा विशेष ख्याल गर्नुपर्ने कुरा के हो भने  भूकम्पले हामीलाई मार्दैन वा क्षति गर्दैन । वास्तवमा, क्षति गर्ने भनेको हामीले बनाएको कमजोर संरचनाहरुले गर्दा हो ।
त्यसबाहेक, भूकम्प आएका बेलामा सम्भावित जोखिमहरुबाट कसरी बच्ने भन्नेबारे सही ज्ञान र जानकारीको अभावमा तथा अहिलेसम्म प्रचार गरिएका कतिपय गलत जानकारीहरुका कारण पनि मानिसको ज्यान जोखिममा पर्ने गरेको विगतका अनुभवले देखाएको छ ।

यस सन्र्दभमा सरकारले भूकम्पीय जोखिमका बारेमा निरन्तर सचेतना अभियान सञ्चालन गर्ने तथा भूकम्पीय जोखिम निम्त्याउन सक्ने संरचनाहरुको निर्माणमा कडाइका साथ रोक लगाउनु पर्ने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

सभाहल निर्माणमा विवाद : १ करोड बजेट फ्रिज हुने खतरा

कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्नेे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending