काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वास्तविकता भने डर लाग्दो छ । कतै जार चुहिने, कतै लेउ लागेका, कतै धुलो र फोहोर भरिएका जार उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् ।
जडीबुटीका पवन बानियाँले पसलबाट साटेर ल्याएको जार घर पुगेपछि चुहिने निक्लियो । गुनासो गर्दा पसलेको जवाफ थियो– “हामीलाई पनि यस्तै आएको हो ।” यही जवाफले अहिले काठमाडौँको जार पानी व्यवसायको वास्तविकता देखाउँछ दोष सबैले अर्कोलाई थोपर्छन्, तर जोखिम उपभोक्ताले खानुपर्छ ।
मेलम्ची आए पनि राजधानीमा खानेपानीको समस्या समाधान हुन सकेको छैन । बाध्यताले मानिसहरू जारको पानीमा निर्भर छन् । तर उपभोक्ताले पैसा तिरेर किन्ने पानीको भाँडासम्म सफा छैन । कतिपय जार यति फोहोर हुन्छन् कि बाहिरैबाट दुर्गन्ध आउने अवस्था हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हालैको अनुगमनले अवस्था झनै भयावह देखाएको छ । धेरै उद्योगले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन’ को सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । गत साता मात्रै करिब १५० वटा कुच्चिएका, पुराना र प्रयोग गर्नै नमिल्ने जार बरामद गरेर नष्ट गरिएको थियो ।
अनुगमनका क्रममा केही उद्योगमा पानी शुद्धीकरण गर्ने उपकरण नै गलत तरिकाले जडान गरिएको भेटियो । कतै जार धुने र पानी भर्ने काम एउटै कोठामा भइरहेको थियो भने कतै लाइसेन्स नै नवीकरण नगरी अर्कै कम्पनीको जारमा पानी भरेर बेचिएको पाइएको छ ।
ढुवानीको अवस्था झन् लाजमर्दो छ । नगर प्रहरीको निरीक्षणमा जारमाथि खुट्टा राखेर बोक्ने, धुलाम्मे गाडीमा जथाभाबी फालेर ओसार्ने दृश्य भेटिएका छन् । बाहिरै फोहोर लागेको जारभित्रको पानी सुरक्षित छ भनेर विश्वास गर्ने आधार नै कमजोर बन्दै गएको छ ।
उपभोक्ता अधिकारकर्मीहरूले यसलाई सीधा जनस्वास्थ्यसँग जोडिएको गम्भीर खेलवाड भनेका छन् । उनीहरूका अनुसार नाफाको लोभमा उद्योगीहरूले न्यूनतम सरसफाइसमेत बेवास्ता गरेका छन् । अनुगमन हुने, समाचार आउने तर कारबाही कमजोर हुने भएकाले समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको भनाइ छ ।
नेपाल पानी उद्योग महासंघले भने सुधारको प्रयास भइरहेको दाबी गरेको छ । महासंघका अनुसार देशभर ६२० पानी उद्योग सञ्चालनमा छन् र पुराना जार नष्ट गर्ने अभियान सुरु गरिएको छ । तर बजारमा भइरहेको बेथिति हेर्दा उपभोक्ताले अझै ‘शुद्ध पानी’ भन्दा बढी ‘जोखिम’ किनिरहेको अनुभूति हुने अवस्था छ ।ब
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: