Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा फसेको चित्र सार्वजनिक गरेको छ । अर्बौं सरकारी लगानी थपिँदै जाँदा प्रतिफल भने कमजोर देखिएको छ । कतिपय संस्थान नाफामा भए पनि धेरै संस्था अझै घाटा, राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनको दलदलमा फसेका छन् ।

प्रतिवेदनअनुसार नेपालमा अहिले ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । तीमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको बहुमत लगानी रहेको छ । तर अवस्था यस्तो छ कि १६ वटा संस्थान घाटामा चलिरहेका छन् भने दुई वटा पूर्ण रूपमा बन्द अवस्थामा पुगेका छन् ।

सरकारले सार्वजनिक संस्थानमा गरेको लगानी आर्थिक वर्ष २०८१/८२ मा बढेर रु ७ खर्ब ९८ अर्ब पुगेको छ । कुल सम्पत्ति पनि बढेर रु ३२ खर्बभन्दा माथि पुगेको छ । तर यति ठूलो लगानीपछि पनि आम्दानीको वृद्धि अत्यन्त न्यून देखिएको छ । कूल आयमा केवल ०.६७ प्रतिशत मात्रै वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

यद्यपि केही संस्थानले भने उल्लेखनीय नाफा कमाएका छन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चित नाफाका हिसाबले अग्रस्थानमा रहेका छन् । समग्र रूपमा सार्वजनिक संस्थानहरूको खुद नाफा बढेर रु ४५ अर्ब पुगेको छ ।

तर अर्कोतर्फ घाटामा डुबेका संस्थानहरूले सरकारलाई ठूलो बोझ बनाइरहेका छन् । सबैभन्दा खराब अवस्थामा रहेको नेपाल वायुसेवा निगमको सञ्चित घाटा मात्रै रु १८ अर्ब ९० करोड नाघेको छ । निगमको सेयरधनी कोषसमेत ऋणात्मक अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्रको कुल सञ्चित घाटा पनि रु २२ अर्बभन्दा बढी पुगेको छ ।

प्रतिवेदनले सार्वजनिक संस्थानहरूको समस्या केवल घाटामा सीमित नरहेको उल्लेख गरेको छ । अस्पष्ट उद्देश्य, कमजोर प्रतिस्पर्धात्मक क्षमता, राजनीतिक हस्तक्षेप, सञ्चालनगत अकुशलता र वित्तीय अनुशासनहीनताले अधिकांश संस्थान अस्तित्व जोगाउने संघर्षमा पुगेको निष्कर्ष निकालिएको छ ।

चिन्ताजनक पक्ष के छ भने सात वटा संस्थानको सेयरधनी कोष नै ऋणात्मक अवस्थामा पुगेको छ । यसले ती संस्थान दीर्घकालीन रूपमा टिक्नै नसक्ने संकेत गरेको छ । यता सरकारलाई बुझाउनुपर्ने कर, भ्याट, ब्याज र रोयल्टीसहित सार्वजनिक संस्थानहरूको दायित्व रु १ खर्ब ६४ अर्बभन्दा बढी पुगेको छ ।

लेखापरीक्षणको अवस्था पनि कमजोर देखिएको छ । ४५ मध्ये केवल २७ संस्थानले मात्रै अन्तिम लेखापरीक्षण सम्पन्न गरेका छन् । यसले वित्तीय पारदर्शिता र उत्तरदायित्वमाथि थप प्रश्न उठाएको छ ।

प्रतिवेदनले अब सरकारले स्पष्ट रणनीति बनाएर कुन संस्थान राख्ने, कुन निजी क्षेत्रलाई दिने र कुन पुनर्संरचना गर्ने भन्ने निर्णय तत्काल गर्नुपर्ने सुझाव दिएको छ । अन्यथा अर्बौं सरकारी लगानी “सेतो हात्ती” मा परिणत हुने जोखिम बढ्दै गएको चेतावनी प्रतिवेदनले दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending