Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

यो समय भीआइपी घुम्नेमा हाेड हाेइन राहत र उद्धारमा ध्यान दिने हो : गगन थापा

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा खटिनुपर्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा सघाउन आग्रह गरे । 

‘यतिखेर सबैको ध्यान राहत र उद्धारमा हुनुपर्छ । त्यहाँका मासिनहरु हामफालेर बाँच्यौँ भनेका छन् । अस्पताल भरिएको छ । भयावह अवस्था छ । कसरी चाँडो भन्दा चाँडो राहत प्राप्त गर्न सकिन्छ भनेर कुरेका छन्,’ उनले भने, ‘प्रधानमन्त्री जानुभएको छ । उहाँ जानु ठिक हो । त्यो सँगै सबै कुरा परिचालित पनि होस् । तर राहतको बेलाको हाम्रो नमिठो अनुभव पनि छ । अब मन्त्रीहरू जाने र मान्छे मात्रै पुग्ने ध्यान भयो भने सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुन्छन् । प्रधानमन्त्री जानु भनेको सिङ्गो देशको प्रतिनिधि जानु हो । अब त्यहाँ कामहरू हुनुपर्‍यो ।’ 

उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने समय आएकोले सोही अनुसार आफूलाई प्रस्तुत गर्न आग्रह गरे । ‘कोभिडको बेलामा प्रदेशले औचित्य पुष्टि गर्ने समय गुमाएको छ । जिम्मेवारी र अवसर थियो नि । कर्णाली काठमाडौँबाट टाढा भयो भनेर सङ्घीयता मागेको होइन ? सङ्घीयताको अपेक्षामा कर्णाली धेरै लागेको हो । अव प्रदेश सरकारले भूमिका देखाउनुपर्छ,’ उनले अघि भने, ‘पश्चिम नेपालमा लामो समय भूकम्प नगएका कारण कुनै समय ठुलो क्षति पु¥याउन सक्छ भनेर चेतावनी दिइएको छ । आजको भुकम्पले सङ्केत गरेको छ, त्यहाँको घरहरुको अवस्था । अब प्रदेश र स्थानीय सरकारले जोखिमपूर्ण बस्तीहरूको पुनः निर्माण गर्नुपर्ने सङ्केत हो । यो सङ्केतलाई बुझ्नुपर्छ । सङ्केतलाई बुझेनौँ र सामान्य रूपमा लियौँ भने भविष्यको क्षति ठुलो हुन सक्छ ।’ 

अहिलेको क्षति न्यूनीकरण गर्न पार्टीका सबै संयन्त्रलाई परिचालित हुन उनको अपिल छ । ‘पार्टीका तमाम साथीहरूलाई राहत र उद्धारमा खटिन अपिल गर्छु । स्थानीय सरकार र अरू सरकारलाई मद्दत गर्नुस्,’ थापाले भने । महामन्त्री थापा अन्नपूर्ण सर्किट अन्तर्गत घोरेपानी घान्द्रुक ट्रेकिङ गरेर फर्किएका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

सभाहल निर्माणमा विवाद : १ करोड बजेट फ्रिज हुने खतरा

कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्नेे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending