पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को समय राहत र उद्धारमा खटिनुपर्ने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले भीआइपीको भ्रमण बढी हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धारमा सघाउन आग्रह गरे ।
‘यतिखेर सबैको ध्यान राहत र उद्धारमा हुनुपर्छ । त्यहाँका मासिनहरु हामफालेर बाँच्यौँ भनेका छन् । अस्पताल भरिएको छ । भयावह अवस्था छ । कसरी चाँडो भन्दा चाँडो राहत प्राप्त गर्न सकिन्छ भनेर कुरेका छन्,’ उनले भने, ‘प्रधानमन्त्री जानुभएको छ । उहाँ जानु ठिक हो । त्यो सँगै सबै कुरा परिचालित पनि होस् । तर राहतको बेलाको हाम्रो नमिठो अनुभव पनि छ । अब मन्त्रीहरू जाने र मान्छे मात्रै पुग्ने ध्यान भयो भने सुरक्षा संयन्त्र भीआइपीको भिजिट म्यानेजमेन्टमा व्यस्त हुन्छन् । प्रधानमन्त्री जानु भनेको सिङ्गो देशको प्रतिनिधि जानु हो । अब त्यहाँ कामहरू हुनुपर्यो ।’
उनले प्रदेश सरकारले औचित्य पुष्टि गर्ने समय आएकोले सोही अनुसार आफूलाई प्रस्तुत गर्न आग्रह गरे । ‘कोभिडको बेलामा प्रदेशले औचित्य पुष्टि गर्ने समय गुमाएको छ । जिम्मेवारी र अवसर थियो नि । कर्णाली काठमाडौँबाट टाढा भयो भनेर सङ्घीयता मागेको होइन ? सङ्घीयताको अपेक्षामा कर्णाली धेरै लागेको हो । अव प्रदेश सरकारले भूमिका देखाउनुपर्छ,’ उनले अघि भने, ‘पश्चिम नेपालमा लामो समय भूकम्प नगएका कारण कुनै समय ठुलो क्षति पु¥याउन सक्छ भनेर चेतावनी दिइएको छ । आजको भुकम्पले सङ्केत गरेको छ, त्यहाँको घरहरुको अवस्था । अब प्रदेश र स्थानीय सरकारले जोखिमपूर्ण बस्तीहरूको पुनः निर्माण गर्नुपर्ने सङ्केत हो । यो सङ्केतलाई बुझ्नुपर्छ । सङ्केतलाई बुझेनौँ र सामान्य रूपमा लियौँ भने भविष्यको क्षति ठुलो हुन सक्छ ।’
अहिलेको क्षति न्यूनीकरण गर्न पार्टीका सबै संयन्त्रलाई परिचालित हुन उनको अपिल छ । ‘पार्टीका तमाम साथीहरूलाई राहत र उद्धारमा खटिन अपिल गर्छु । स्थानीय सरकार र अरू सरकारलाई मद्दत गर्नुस्,’ थापाले भने । महामन्त्री थापा अन्नपूर्ण सर्किट अन्तर्गत घोरेपानी घान्द्रुक ट्रेकिङ गरेर फर्किएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: