सर्लाही । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुन: निर्माण, मर्मत एवं पुन: स्थापना गर्न सुरु गरिएको छ । सशस्त्र प्रहरीले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भको पुन:निर्माण, मर्मत र पुन:स्थापना गर्न सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेशको पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मको करिब चार सय किलोमिटर लम्बाइमा रहेका एक हजार ७४ पिल्लरको पुन:निर्माण, मर्मत र पुन:स्थापना गर्न सुरु गरिएको हो । नेपाल–भारत सीमा क्षेत्रमा रहेका पिल्लरमा नेपाल पक्षले बिजोर नम्बरका पिल्लरको आवश्यकतानुसार पुन:निर्माण, मर्मत र पुन:स्थापनाको काम गर्न सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनका अनुसार विसं २०७७ साउन १९ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सीमा क्षेत्रमा रहेका स्तम्भको निर्माण, मर्मत सम्भार र पुन:स्थापनासम्बन्धी मापदण्ड २०८० बमोजिम बिजोर नम्बरका सीमा स्तम्भको पुन:निर्माण, मर्मत र पुन:स्थापनाको काम सुरु गरिएको छ ।
यस कार्यले सीमाको संरक्षण हुनाका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताए । उनले भने, “यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: